कुवेतमा पुरिएर मृत्यु भएका ४ नेपालीको पहिचान, थप २ जनाको विवरण खुल्न बाँकी

नेपाल लाइभ | २०७६ फागुन १ बिहीबार | Thursday, February 13, 2020 २१:२३:०० मा प्रकाशित

कुवेत- कुवेतको अल-मुतला क्षेत्रको निमार्णस्थलमा बालुवा र ग्रोभलको ठूलो थुप्रोले पुरिँदा ६ जनाको मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले पुष्टि गरेको छ। 

४ जना मृतकको नामसमेत सार्वजनिक गरेको दूतावासले २ मृतकको भने विवरण खुलाएको छ। 

बुधबार भएको सो घटनामा पाल्पाका एकबहादुर गाहा, ताप्लेजुङका बसन्त गुरुङ, दाङका श्यामनारायण चौधरी र सिरहाका गंगाराम चौधरी छन्। 

२ मृतकको विवरण आउन बाँकी रहेको र १ जना उपचार पछि कम्पनी फर्केको समेत दूतावासले जानकारी दिएको छ।

घाइते एक जनाको भने स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा ८ नेपाली परेको दूतावासको भनाइ छ। 

दुर्घटनामा परेका नेपालीहरूप्रति दूतावासले आवश्यक सहयोग र समन्वय गरिरहेको बताएको छ।