कुवेत- कुवेतको अल-मुतला क्षेत्रको निमार्णस्थलमा बालुवा र ग्रोभलको ठूलो थुप्रोले पुरिँदा मृत्यू हुने नेपाली श्रमिकको संख्या ६ पुगेको छ।
कुवेतस्थित नेपाली दूतावासका अनुसार अन्य ३ जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ।
दूतावासकी सूचना अधिकारी जानकी ओझाका अनुसार घाइतेमध्ये दुई नेपाली र एक भारतीय छन्।
कार्यस्थलमा थुप्रै श्रमिकहरु पुरिएको आशंका गरिएको छ। पुरिएकाहरुको उद्धार गर्ने क्रम जारी रहेकाले दुर्घटनामा मृत्यू हुने नेपाली श्रमिकको संख्या तत्काल यकिन गर्न सकिने अवस्था नभएको दूतावासले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।