• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

‘पहिले मान्छे आउँदा डर लाग्थ्यो, अहिले मान्छे आइदिए हुन्थ्यो जस्तो लाग्छ’

‘क्यान्टोनमेन्ट’ उठेपछि सुनसान दहवन
64x64
नेपाल लाइभ बिहीबार, फागुन १, २०७६  १६:११
1140x725

रोल्पा‚ होलेरी- बृहत शान्ति सम्झौतापछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का लडाकु बसेको पाँचौं डिभिजन दहवन रोल्पामा अहिले नेपाली सेनाको खड्गदल गण सुरक्षा गुल्म बसेको छ। 

गुल्मको गेटअगाडि केही घर छन्, सबैभन्दा पुरानो घर हो सुखना घर्तीको। दहवनको काँडाहरूको जंगल फाँडेर माओवादी लडाकु बसेपछि ८/१० वटा घरहरु थपिए। त्यही बस्तीमा घर्तीको एउटा सानो पसल छ।

‘हामी माओवादी नबस्दै पहिलेदेखि नै बसेका हौं,’ घर्तीले भनिन्।

५५ वर्षीय घर्तीलाई अहिले सपनाजस्तो लाग्छ।

‘पहिलेजस्तो मान्छे आउँदैनन्, दिनभर नै सुनसान हुन्छ, कहिलेकाहीँ आउने मान्छेहरु पनि धेरै बेर बस्दैनन्, आर्मीले भित्र पस्न दिँदैन,’ हातले ब्यारेक देखाउँदै घर्तीले भनिन्, ‘यहाँ सबै काँडाको वन थियो, माओवादीले बस्ने बनायो।’

२०६४ सालमा क्यान्टोनमेन्ट बसेपछि दहवनमा मान्छेहरुको उपस्थिती बाक्लो बन्यो।

पाँचौं डिभिजनको मुख्यालय दहवनमा २ हजार ९ सय लडाकु बस्थे।

मानवअधिकारकर्मी, पत्रकारहरु र अनमिनको टोलीको कारण दहवनमा विकास हुँदै गरेको झल्को दिन्थ्यो। जंगलबाट क्यान्टोनमेन्टमा बस्न आएका लडाकुहरु हेर्नेहरुको भीडमा कहिल्यै कमी भएन। 

Ncell 2
Ncell 2
nimb
nimb

तर सेना समायोजनपछि माओवादीका केही लडाकू घर फर्किए, केही सेनामा समायोजन भए।

त्यसपछि सुनसान बनेको दहवन रोल्पाको चमक घटेको छ।

क्यान्टोनमेन्ट रहँदा निर्माण भएका केही संरचनाहरुको सुरक्षाका लागि नेपाली सेना त बसेको छ तर अवस्था फेरिएको छ।

Xtrem

Xtrem

‘तत्कालीन क्यान्टोनमेन्टका डिभिजन कमान्डर सुकबहादुर रोका (शरद) अहिले उपराष्ट्रपतिको सचिवालयमा कार्यरत हुनुहुन्छ,’ स्थानीय पत्रकार एलवी मगरले भने, ‘क्यान्टोनमेन्ट उठेपछि अहिले दहवन सुनसान छ, पुराना संरचनाहरु पनि जीर्ण बन्दै गएका छन्।’

लडाकूको रुपमा दहवनको क्यान्टोनमेन्टमा करीब ३ वर्ष बसेका नवीनलोचन मगर अहिले पत्रकार छन्। क्यान्टोनमेन्टको तालिम विभागमा काम गरेका नवीनले करीब ७/८ वर्षपछि त्यहि भूगोलमा उभिएर बन्दुक र कलमको तुलना गरे। ‘त्यतिबेला बन्दुक पनि निश्चित अवधीको लागि गह्रुँगो थियो, तर अहिले कलम नै गह्रुँगो भएको छ।’

पूर्वलडाकू नवीन लोचन मगरले राजनीतिक दर्शनले अगाडि बढेका मानिसहरु क्रमशः विलासीपनमा लिप्त बन्न थालेको बताए। ‘एउटा दर्शनका कारण मर्न तयार हुने मान्छे अब छैनन्, नातावादमा हराए। कमाउनतिर लागे,’ उनको बुझाइ छ।

नवीन क्यान्टोनमेन्टमा बस्दा आफूले तालिम गरेको मैदान, हतियार राख्ने घरहरु हेरे। ‘पहिलेभन्दा धेरै जीर्ण भैसकेछ‚’उनले भने। 

सेना बसेको ७/८ वर्ष भयो। नयाँ संरचना बनेका छैनन्। माओवादी लडाकूले निर्माण गरेका संरचनामा सेना बसेको छ। बाँकी संरचनाहरु जीर्ण बन्दै गएका छन्। अनमिनका कर्मचारीहरु बसेका संरचनाहरु पनि जीर्ण छन्। धेरै जसो संरचना प्रयोगविहीन अवस्थामा छन्।

बंकरहरु पुरिन थालेका छन्, सुरक्षा घरबाट टिनका पाता निस्किएका छन् भने ढुंगामाटोले बनेका घरहरु वर्षौंदेखि बन्द छन्।

सेनाले पर्याप्त संरक्षण गर्न सकेको छैन। ५० देखि ६०को संख्यामा नेपाली सेना बसेको छ। जनशक्तिको कमीका कारणले संरक्षणमा समस्या परेको गुल्मका एक अधिकारीले बताए। 

स्थानीय सरकारले युद्ध पर्यटनको रुपमा विकास गर्ने सोच त बनाएको छ, तर योजनाहरु छैनन्।

‘नेपाली सेनाले दहवन छोडेपछि के हुने?’ स्थानीय जानकार तथा पत्रकार खेम बुढा प्रश्न गर्छन्।

पाँचौं डिभिजन दहवनअन्तर्गत रहेको उघाबाट नेपाली सेनाले हात झिकेको बताउँदै बुढाले यहाँबाट पनि सेना निस्कियो भने युद्धको इतिहास हराउँदै जाने बताए। 

‘लडाकू बस्नका लागि बनाएका संरचना पनि हराउँदै गएका छन्। राज्यले संरचनाको संरक्षण गरेर भावी पुस्तालाई देखाउन सक्ने वातावरण बनाउनुपर्ने हो,’ बुढा भन्छन्, ‘लडाकु बसेपछि मुहार फेरिएको दहवन अहिले फेरि पुरानै अवस्थामा गएको छ।’

युद्ध पर्यटनको चर्चा लामो समयदेखि हुँदै आएको छ। तर पर्याप्त योजना बनिसकेका छैनन्। पहिलेजस्तै मान्छेहरु आइदिए हुन्थ्यो भन्ने लाग्छ दहवनकी सुखना घर्तिलाई। ‘पहिले मान्छे आउँदा डर लाग्थ्यो, अहिले मान्छेहरु आइदिए हुन्थ्यो जस्तो हुन्छ।’ उनले भनिन्। 

पर्यटनको क्षेत्रमा काम गर्न धेरै बाँकी रहेको रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा मगरले बताए।

‘प्राकृतिक, धार्मिक पर्यटकीय स्थलहरुको साथसाथै युद्ध पर्यटनको विकासका लागि हामीले काम गर्ने योजना बनाएका छौं।’ 

प्रकाशित मिति: बिहीबार, फागुन १, २०७६  १६:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
क्रिकेटको नयाँ गन्तव्य बन्दै जुम्ला, २४ सय मिटर उचाइमा पहिलो ‘हाई अल्टिच्युड’ प्रतियोगिता
नेपाली सेनाले डीडीसीबाट दैनिक १० हजार लिटर दूध किन्ने
इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
क्रिकेटको नयाँ गन्तव्य बन्दै जुम्ला, २४ सय मिटर उचाइमा पहिलो ‘हाई अल्टिच्युड’ प्रतियोगिता बुधबार, असोज २१, २०८३
नेपाली सेनाले डीडीसीबाट दैनिक १० हजार लिटर दूध किन्ने बुधबार, असोज २१, २०८३
इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा बुधबार, असोज २१, २०८३
संविधान जोगाउन युवालाई आन्दोलनका लागि तयार रहन महेन्द्र यादवको आग्रह बुधबार, असोज २१, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्