• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ २१, २०८३ Sun, Sep 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

त्रिदेशीय सिरिज : नेपालका लागि ‘हट एन्ड कुल’

नेपालको बलिङ, ओमानको ब्याटिङ
64x64
सराेज तामाङ बुधबार, माघ २९, २०७६  १८:०७
1140x725

काठमाडौं- नेपाली क्रिकेटको ‘लर्डस्’ अर्थात त्रिवि क्रिकेट मैदानमा आइसिसी विश्वकप क्रिकेट लिग-टु अन्तर्गत पहिलो एकदिवसीय सिरिज सकियो। अन्तिम खेलमा अमेरिकालाई ८ विकेटले हराएको नेपालको खेल सुखद देखियो। तर, पूरा सिरिज भने कस्तो रह्यो त? 

दुई खेलमा मिलेको जित, केही नयाँ खेलाडीको उदय, अमेरिकाविरुद्ध चलेको स्पिन बलिङ हेर्ने हो, या त २ सय ५० रनको लक्ष्य दिँदा पनि भोग्नुपरेको हार र भेट्न नसकेको १ सय ९८ रनको लक्ष्य हेर्ने! यी सबैका बीच दर्शकको उल्लेख्य समर्थन र त्रिवि मैदानमा एकदिवसीय खेल हुनु नै सबैभन्दा सुखद रह्यो।

क्रिकेट सामान्य अनुमान भन्दा बाहिरको खेल हो भनेर चलेको भनाइ नेपालको पहिलो एकदिवसीय सिरिज आयोजनामा पनि देखियो। बुधबार अमेरिकाविरुद्धको खेलमा त्यस्तै भयो। एकदिवसीय खेल दुवै इनिङमा गरेर जम्मा १७.२ ओभरमै सकियो।

घरेलु टिमले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा आएको अमेरिकाले अनपेक्षित ब्याटिङ गर्दै १२ ओभरमा आउआउट हुँदै ३५ रन मात्रै बनाउन सक्यो। जुन स्कोर एकदिवसीय क्रिकेटकै सबैभन्दा कम स्कोरसँग बराबरी हो। सन् २००४ मा घरेलु टोली जिम्बाब्वेविरुद्ध श्रीलंकाले ३५ रनमै अलआउट गरेको थियो। ३५ रनमा अमेरिकालाई अलआउट गर्ने क्रममा नेपालले एकदिवसीय क्रिकेटमा सबै भन्दा कम बलमा अलआउट गर्ने विश्व कीर्तिमान पनि बनायो।

अमेरिकाको पारी ध्वस्त पार्ने क्रममा नेपालका विश्व स्तरीय बलर सन्दीप लामिछाने र सुशन भारी घातक सावित भए। सन्दीप र सुशनको कसिलो बलिङमा अमेरिकाका ज्याभियर मार्सल बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

एकपछि अर्को विकेट लिएका सन्दीपले ६ ओभर बलिङ गर्दै १ मेडन राखेर १६ रन खर्चेर ६ विकेट लिए। यो सन्दीपको एकदिवसीय क्रिकेटमा सबैभन्दा राम्रो प्रदर्शन हो। ओमानसँगको २ खेलमा चल्न नसकेका सन्दीपले अमेरिकाविरुद्धकै पहिलो खेलमा पनि २ विकेट लिएका थिए।

सुशन भारीले ३ ओभर बलिङ गर्दै १ ओभर मेडनसहित ५ रन खर्चिएर ४ विकेट लिए।

Ncell 2
Ncell 2
nimb
nimb

वाह! सुशन...
सुशन भारीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यहि त्रिदेशीय सिरिजबाट डेब्यू गरे। डेब्यू प्रतियोगितामा थोरै मात्र खेलाडी चल्छन्, धेरैका प्रदर्शन उस्तै। तर नेपालका सुशन चले। 

सिरिजभर नेपाली बलरमा सबैको ध्यान तानिरहेका खेलाडी मध्ये एक थिए, सुशन। अवसरको पर्खाइमा रहेका सुशनले यो सिरिजमा आफूलाई सावित मात्रै गरेनन्, उनी सर्वाधिक विकेट लिने खेलाडी पनि बने। उनले ४ खेलबाट ११ विकेट लिए। 

यो त्रिदेशीय सिरिजमा सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा दोस्रो स्थानमा रहेका ओमानका अकिब इलियासले १० विकेट लिए। त्यस्तै, नेपालका सन्दीप लामिछाने, करण केसी र ओमनका मोहम्मद नदिमले समान ८ विकेट लिए।

ओमानविरुद्धको एकदिवसीय डेब्यू खेलमा सुशनले ३ विकेट लिए। १० ओभर बलिङ गरेका सुशनले १ ओभर मेडन राख्दै मात्र १४ रन खर्चिए।

अमेरिकालाई नेपालले ३५ रनले पराजित गर्दा पनि सुशनको भूमिका मुख्य रह्यो। उनले १० ओभर बलिङ गर्दै १ ओभर मेडनसहित ४३ रन खर्चिएर ३ विकेट लिए। ओमानविरुद्धको दोस्रो खेलमा भने सुशनले १ विकेट लिए। अमेरिकासँग भएको अन्तिम खेलमा उनले ३ ओभर बलिङ गर्दै १ मेडन राखेर ५ रन दिँदै ४ विकेट लिए।

प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गरेका सुशनको तारिफ नेपाली टिमले मात्रै गरेनन् ओमानदेखि अमेरिकाका खेलाडीसम्मले गरे।

विश्वस्तरीय बलर सन्दीपलाई पनि सुशनको प्रदर्शनले मोहित बनायो। सुशनको तारिफ नगरी बस्न सकेनन्। ‘यो सिरिजमा मैले भन्दा राम्रो सुशनले गरेका छन्। अनुभव हुँदै जाँदा उनको खेल अझ राम्रो हुनेछ’, अन्तिम खेलपछि सन्दीपले भने।

नजिकबाट हरेक खेल नियालिरहेका पूर्वकप्तान विनोद दास पनि सुशनको प्रशंसा नगरी बस्न सक्दैनन्। भन्छन्, ‘सुशनले आफ्नो डेब्यू सिरिजमै यति राम्रो प्रदर्शन गरेको छ। साच्चै उनी स्तरीय बलरका रुपमा देखिए।’ 

कुशलको विश्व रेकर्ड
ओमानविरुद्ध सुशनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरे भने, अमेरिकाविरुद्धको खेलमा कुशल मल्लले। यु-१९ क्रिकेट टिमका सदस्य कुशलले रोहित कुमार पौडेलको स्थानमा डेब्यू गर्दै उनकै विश्व रेकर्ड तोडे।

१५ वर्ष ३ सय ४० दिन पुगेका कुशलले आफ्नो डेब्यु खेलमा अर्धशतक बनाउँदै सबै भन्दा कम उमेरमा अर्धशतक बनाउने विश्व कीर्तिमान राखे।

यसअघि रोहितले १६ वर्ष १ सय ४६ दिनमा युएईविरुद्धको एकदिवसीय खेलमा अर्धशतक बनाएर विश्व रेकर्ड राखेका थिए।

जब कुशल मैदानमा छिरे १८ ओभरको समाप्तिमा ४ विकेटको क्षतिमा नेपालको स्कोर ४७ रन थियो। अनुभवि ब्याट्सम्यान आउट भइसकेको अवस्थामा १५ वर्षे डेब्यू कुशलले आत्मविश्वासी भएर खेले। चौका छक्का हान्दै गए। अन्ततः उनले ४९ बलमा ४ चौका र ३ छक्काको मद्दतमा अर्धशतक बनाए।

त्यसपछि ओमानविरुद्धको खेलमा पनि कुशलले २८ रन जोडे। सिनियर ब्याट्सम्यानले डट बल खाइरहँदा आत्मविश्वासको कमी प्रष्टै देखिन्थ्यो। तर यस्तो कुशलमा फिटिक्कै देखिएन। उनी पिचमा निकै विश्वासिलो देखिन्थे। 

राष्ट्रिय टिमबाट खेल्ने हरेक खेलाडीको धोको हुन्छ। कुशलमा पनि थियो। खेल्न पाए प्रमाणित गर्नु सक्छु भन्ने पनि उनीमा थियो। ‘नेपाल टिमबाट खेल्ने सपना थियो। सपना नजिक आएपछि गर्न सक्छु भन्ने आत्मविश्वास पनि थियो। गरेँ पनि। टिमको लागि रन बनाउनु पर्छ भन्ने थियो। त्यही सोचेर खेलिरहेको थिएँ’, कुशलले भने।

कुशल साच्चिकै कुशल देखिएका छन्। उनको ब्याटिङ गर्ने शैली निकै राम्रो छ। टिम धरापमा परेको अवस्थामा पनि जित दिलाउने उनीमा साहस छ। नेपाली टिमलाई पनि यस्तै अलराउण्डर चाहिएको थियो भनेर उनको तारिफ गर्नु अहिले ज्यादा हुने छैन। 

पूर्वकप्तान तथा यु-१९ क्रिकेट टिमका मुख्य प्रशिक्षक विनोद दास कुशल दुरदर्शी खेलाडी रहेको देख्छन्। ‘कुशलले निकै राम्रो प्रदर्शन गरे। उनले विश्व रेकर्ड राखेका छन्। अर्को खेलमा राम्रो रन बनाएका छन्’, प्रशिक्षक दास भन्छन्।

ओमानको ब्याटिङबाट सिक्नु पर्छ
कुनै समय नेपालको लागि सधै बाधक बन्ने टिम थियो, अफगानिस्तान। २०१७ मा टेष्ट नेशन बन्दै अफगानिस्तान बढुवा भएपछि अहिले नेपालको लागि मुख्य तगारोको रुपमा ओमान देखा पर्दैछ।

ओमानको बलिङ ठिकै भए पनि ब्याटिङले सबैको ध्यान त्रिवि क्रिकेट मैदानमा तान्न सक्यो। विशेषगरी अकिब इलियास र कप्तान जिसान मकसोदको ब्याटिङ।

२५० रनको लक्ष्य दिएर पनि जित्न नसकेको नेपालको बलिङ खराब कि ओमानको ब्याटिङ राम्रो?

मुख्य गरी यो सिरिजमा ओमानका अकिब इलियास कप्तान जिसान मकसोद चम्किए। दुबै ब्याटिङ अलराउण्डर हुन्। अकिबले २ शतक बनाए। नेपालविरुद्ध अविजित १०९ रन बनाएका उनले अमेरिकाविरुद्ध १०५ रन बनाए। त्यस्तै, जिसानले पनि अमेरिकाविरुद्ध १०९ रन बनाए।

त्रिवि क्रिकेट मैदानमा ओमानी खेलाडीले ३ शतक हान्दा विनोद भण्डारीले बनाएको ५९ रन नै यो सिरिजमा नेपालका लागि उच्च स्कोर बन्यो।

अझै पनि नेपाली टिमको स्थिर ब्याटिङ अर्डर छैन। कुनै बेला पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्ल ओपनिङ आउँछन् त कुनै बेला अरु नै। एकपछि अर्को खेलमा परिक्षण गर्दा पनि नसुधारिएको ओपनिङ नै नेपालको हारको कारण बन्दै आएको छ।

ओमानको ब्याटिङ प्रदर्शनबाट नेपालले केही सिक्नु पर्ने कप्तान ज्ञानेन्द्र मल्ललाई पनि लाग्छ। ‘अब लिग टु को अरु खेलका लागि हामीले ब्याटिङमा नै सुधार गरेर अगाडि बढ्नुपर्छ। ब्याटिङलाई कसरी सुधार गर्ने र सानो सानो रनको साझेदारीलाई कसरी अगाडि बढाउने ठूलो साझेदारी गर्ने भन्ने सिक्नुपर्छ। त्यसका लागि हामीले ओमानका ब्याट्सम्यानबाट पनि धेरै कुरा सिक्न सक्छौँ’ कप्तान मल्लले भने।

४ अंकमै खुसी?
घरेलु मैदान आयोजक टिमको लागि सधैं जितको मुख्य आधार हो। नेपालले त्रिदेशीय सिरिजमा चार वटै खेलमा जित हात पार्दै आफूलाई बलियो रुपमा प्रस्तुत हुने मौका गुमाएको छ। नेपालमा आएर पनि ओमानले भने चार वटै खेल जित्यो।

ओमानले नेपालबाट ४ खेलमा जित हात पार्दै ८ अंक बटुल्यो। तर नेपाल भने ४ खेलमध्ये २ खेलमा जित र २ खेलमा हारसहित ४ अंकमा खुम्चिन बाध्य बन्यो।

नेपाली टिमका प्रशिक्षकबाट राजीनामा दिएर अन्तिम सिरिजमा रहेका प्रशिक्षक उमेश पटवाल भने दोस्रो स्थानमा रहेको टिमलाई हराएकोले खुसी हुनु पर्ने तर्क गर्छन्। 

प्रशिक्षक पटवाल भन्छन्- ‘नेपाल क्रिकेट टिम अहिले नयाँ जन्मिएको शिशु जस्तो नै हो। अगाडि बढ्न धेरै बाँकी छ। केही खेललाई हेरेर राम्रो गरेको या नराम्रो गरेको भनेर भन्न मिल्दैन। अहिले लिग टु मा अगाडि रहेको टिमलाई नै हराउन सकेका छौँ। त्यो राम्रो संकेत हो।’

तर, नेपालले सबै खेलमा जित हात पार्ने ठूलो अवसर गुमाएको पूर्व कप्तान विनोद दास भन्छन्- ‘हामीलाई घरेलु मैदानमा चार वटा खेल जित्ने राम्रो अवसर थियो। हाामीले अमेरिकालाई दुबै खेलमा पराजित गर्यौं तर ओमानसँग हार्न पुग्यौं। त्यसैले यो प्रतियोगिता हट एन्ड कुल थियो हाम्रो लागि।’

२०२२ सम्म चल्ने लिग-टु मा १० खेल मध्ये शीर्ष स्थानमा रहेको ओमानले ८ खेलमा जित र २ खेलमा हार ब्यहोर्दै १६ अंक बनाएको छ। लिगको दोस्रो स्थानमा रहेको अमेरिकाको १२ खेलबाट १२ अंक छ। त्यस्तै, ८ खेलबाट स्कटल्यान्डको ९ अंक हुँदा ७ खेलबाट नामिवियाले ८ र ७ खेल नै खेलको युएईले ७ अंक बनाएको छ।

सबै भन्दा कम ४ खेल खेलेको नेपालको भने ४ अंक छ। लिगको पुछारमा रहेको पपुवा न्युगिनीले ८ खेलमा कुनै पनि खेल जित्न सकेको छैन।

नेपालले अझै पनि ३२ खेल खेल्न बाँकी छ। खेल्नु पर्ने अझै ५ सिरिजमध्ये २ वटा सिरिज आफ्नै घरेलु मैदानमा नेपालले खेल्नेछ।

यो पहिलो सिरिजमा पाएको औषत नतिजालाई सुधार गर्दै आगामी सिरिजको लागि योजना बनाउनु पर्ने दासको सुझाव छ।

‘यो लिगको संरचना यति गाह्रो छ कि घरेलु मैदानमा चार खेलमा चारै जित निकाल्न सकेन भने अरुको घरमा गएर उनीहरुलाई हराउन त्यतिकै गाह्रो हुन्छ,’ दास अघि थप्छन्, ‘अझै हामीसँग समय छ। टिमलाई बलियो बनाउनु पर्छ। यो लिग-टु मा हामी फरक-फरक मौसममा खेल्दै छौं। त्यसैले फरक फरक विकेटमा खेल्न सक्ने टिम बनाउनु पर्छ।’

यो पनि पढ्नुहोस्-

ब्याटिङमा हामीले ओमानबाट सिक्नुपर्छ : ज्ञानेन्द्र मल्ल

क्यानसँगको बेमेलले राजीनामा दिएको होइन : प्रशिक्षक पटवाल

सन्दीप लामिछाने भन्छन्- म आलोचनामा पनि सकारात्मक हुन्छु 

जितविहीन सिरिजपछि अमेरिकाका प्रशिक्षक भन्छन् - तयारी नै भएन

प्रकाशित मिति: बुधबार, माघ २९, २०७६  १८:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
वैकल्पिक मार्गबाट दुई दिनमा भित्रिए ५८ हजार बढी सिलिन्डर आइतबार, भदौ २१, २०८३
क्यासिनोमा जुवा खेलिरहेका गाउँपालिका अध्यक्ष र प्रहरी इन्स्पेक्टरसहित ८ जना पक्राउ आइतबार, भदौ २१, २०८३
एसीसी प्रिमियर कप: साउदी अरेबियाले दियो नेपाललाई १ सय ९१ रनको लक्ष्य आइतबार, भदौ २१, २०८३
मैथिली साहित्यका वरिष्ठ साहित्यकार तथा समालोचक डा रेवतीरमण लालको निधन आइतबार, भदौ २१, २०८३
रसुवा–तातोपानी नाका बन्द भएपछि कोरला बन्यो चीनसँगको वैकल्पिक प्रवेशद्वार आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका चार सांसद निष्कासित भएपछि : लुम्बिनी सरकारको सत्ता समीकरण अब कोसँग ? शनिबार, भदौ २०, २०८३
बेत्रावतीमा घरभित्रै फसेकी महिलाको बोल्न सक्ने अवस्थामा जीवितै उद्धार शनिबार, भदौ २०, २०८३
कुशको शव बनाएर काजकिरिया चल्दै थियो, ११औँ दिन चण्डिका जीवितै भेटिइन् ! शनिबार, भदौ २०, २०८३
‘रगत बगिरहेको शवको दृश्यले भावुक बनायो’ आइतबार, भदौ २१, २०८३
माथिल्लो त्रिशुली १ को सुरुङमा दुई जनाको शव भेटियो शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्