• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ १८, २०८२ Sun, Feb 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

सन्दीप लामिछाने भन्छन्- म आलोचनामा पनि सकारात्मक हुन्छु  

64x64
नेपाल लाइभ बुधबार, माघ २९, २०७६  १४:५९
1140x725

काठमाडौं- आइसिसी विश्व कप क्रिकेट लिग टु अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम खेलमा अमेरिकालाई ३५ रनमा नै अलआउट गर्दा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले ६ विकेट लिए। 

६ ओभरमा १६ रन खर्चेर ६ विकेट लिनु एकदिवसीय क्रिकेटमा राम्रो बलिङ आँकडा हो। ३६ रनको लक्ष्य पछ्याएको नेपालले अमेरिकालाई ८ विकेटले हरायो। तर पनि सिरिजमा ओमनविरुद्धको खेलमा विकेट लिन नसकेको भन्दै सन्दीपको आलोचना भने भयो नै। 

अमेरिकासँगकै पहिलो खेलमा सन्दीपले दुई विकेट लिएका थिए। ओमनसँग भने पहिलो खेल १८ रनले र दोस्रो खेल ८ विकेटले हार्दा सन्दीप विकेटविहीन थिए। 

सिरिजअघि नै आफ्नो एक विकेट बराबर चितवनमा धुर्मुस सुन्तली फाउन्डेसनले बनाइरहेको क्रिकेट रंगशालाका लागि ८ हजार ८ सय ४८ रुपैयाँ दिने घोषणा गरेका उनको ओमानसँगको खेलमा विकेटविहीन हुँदा आलोचना निकै बढेको थियो। 

त्यसमा सन्दीप क्रिकेट खेल नै त्यस्तै भएको र खेलाडीले हरेक अवस्थामा आलोचनाको सामना गर्नुपर्ने बताउँछन्। 

‘क्रिकेट भनेको नै यस्तै हो। हामीले अहिलेसम्म नौ एकदिवसीय खेल त खेलेका छौँ। त्यसले हरेक दिन केही सुधारहरु त हुँदै गएको छ। मैले ओमानविरुद्धको खेलमा विकेट लिन सकिनँ। तर त्यसमा पनि बलिङ नराम्रो गरेर भन्ने चाहिँ होइन। विकेटकै लागि बढेर बलिङ गरिरहेको थिएँ। त्यसमा ओमानका ब्याट्सम्यानले मेरो बलिङ राम्ररी बुझेर खेले जस्तो लाग्छ’ उनले भने। 

राम्रो गर्दा र नराम्रो गर्दा दर्शकबाट आउने हरेक कुरालाई आफूले सकरात्मक भएर हेर्ने उनको भनाइ छ। अमेरिकाविरुद्धको खेलमा व्यक्तिगत उच्च बलिङ प्रदर्शन गरेका सन्दीप आफ्नो खेलमा खुसी रहेको बताउँछन्।

Ncell 2
Ncell 2

‘आजको खेलमा ६ ओभरमा ६ विकेट लिन सक्दा निकै खुसी लागेको छ। यो आँकडालाई हेर्दा पनि एकदिवसीय क्रिकेटका लागि राम्रो बलिङ प्रदर्शन हो। टिमको जित नै विशेष महत्व राख्छ र मेरो खेलले टिमलाई जिताउन पाउँदा खुसी त लागि नै हाल्छ’ उनले भने।

पूरा सिरिजलाई हेर्दा आफ्नो भन्दा पनि सुशन भारीको बलिङ तारिफयोग्य रहेको सन्दीपले बताए। सुशनले सिरिजको ४ खेलमा ११ विकेट लिएका थिए। उनले अमेरिकाविरुद्धको अन्तिम खेलमा पनि ४ विकेट लिए। 

‘सुशनले निकै राम्रो गरेको हो। आजको खेलमा मात्रै होइन उसले यो सिरिजभर नै राम्रो बलिङ गरेको छ। अनुभव लिँदै जाँदा उसको अगाडिको खेल अझ राम्रो हुनेछ भन्ने लाग्छ’ सुशनको तारिफमा सन्दीपले भने। 

सुशन भारी

सन्दीपको भनाइ उनकै शब्दमा...
क्रिकेट भनेको नै यस्तै हो। हामीले अहिलेसम्म नौ एकदिवसीय खेल त खेलेका छौँ। त्यसले हरेक दिन केही सुधारहरु त हुँदै गएको छ। मैले ओमानविरुद्धको खेलमा विकेट लिन सकिनँ। तर त्यसमा पनि बलिङ नराम्रो गरेर भन्ने चाहिँ होइन। विकेटकै लागि बढेर बलिङ गरिरहेको थिएँ। त्यसमा ओमानका ब्याट्सम्यानले मेरो बलिङ राम्ररी बुझेर खेले जस्तो लाग्छ। 

टी२० खेल्नेवित्तिकै एकदिवसीयमा १० मा १० नै विकेट लिन सकिन्छ भन्ने होइन। खेलाडीको जीवनमा आलोचना त सधैँ रहिनै हाल्छ। राम्रो गर्दा पनि नराम्रो गर्दा पनि हामीले केही न केही त सुनिरहेका हुन्छौँ। आलोचनालाई पनि सकारात्मक रुपमा लिएर अगाडि बढ्ने मेरो बानी छ। 

अमेरिकासँगको आजको खेलमा मैले भन्दा पनि सुशन भारीले निकै राम्रो गरेको हो जस्तो लाग्छ। कप्तान ज्ञानेन्द्र मल्ल दाइसँग आज पनि स्पिन अट्याकमा नै बढ्ने भन्ने कुरा पहिले नै भएको थियो। त्यसमा सुशनले निकै राम्रो गरेको हो। आजको खेलमा मात्रै होइन उसले यो सिरिजभर नै राम्रो बलिङ गरेको छ। अनुभव लिँदै जाँदा उसको अगाडिको खेल अझ राम्रो हुनेछ भन्ने लाग्छ। 

आजको खेलमा ६ ओभरमा ६ विकेट लिन सक्दा निकै खुसी लागेको छ। यो आँकडालाई हेर्दा पनि एकदिवसीय क्रिकेटका लागि राम्रो बलिङ प्रदर्शन हो। टिमको जित नै विशेष महत्व राख्छ र मेरो खेलले टिमलाई जिताउन पाउँदा खुसी त लागि नै हाल्छ।
गएको दुई वर्षदेखि नयाँ बलमा स्पिन बलिङ गर्ने गरिरहेको छु। त्यसले पनि नयाँ बलमा कसरी बल फाल्नुपर्छ भन्ने ज्ञान मिलेको छ। त्यसमा कप्तानले विश्वास देखाएर समयमा बलिङ दिँदा राम्रो भइरहेको छ। 

प्रकाशित मिति: बुधबार, माघ २९, २०७६  १४:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१८ हजार ८०० सयले घट्यो सुन
१८ हजार ८०० सयले घट्यो सुन
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१५ जिल्लाको मतपत्र छपाइ सकियो आइतबार, माघ १८, २०८२
सर्लाहीमा सवारी दुर्घटना: छ महिनामा २९ जनाको मृत्यु, १९० घाइते आइतबार, माघ १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
आज यी तीन प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना आइतबार, माघ १८, २०८२
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग शनिबार, माघ १७, २०८२
बालेनलाई ओलीको कटाक्ष : बतासका खेती गरिरहेका छन् शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्