• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २७, २०८३ Sat, Sep 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

एक काबिल अफिसरको कोमामै बढुवा, कोमाबाटै अवकाश

नारायण अधिकारी/ऋग्वेद शर्मा मंगलबार, माघ २८, २०७६  ०६:३०
1140x725

काठमाडौं- राजेन्द्रमान श्रेष्ठका आँखा एकोहोरिएका छन्। बितेका साढे तीन वर्षदेखि। बेलाबेला यताउति चलेका उनका आँखाले केही बुझेको छ या छैन, थाहा छैन। उनका आँखा अहिले एक टकले भित्ताको एउटा तस्बिरमा परेका छन्। निकै बेरदेखि।

प्रहरी अस्पतालको भित्तामा रहेको तस्बिरमा तत्कालीन आइजिपी प्रकाश अर्यालले उनलाई डिआइजीको फुली लगाइदिँदैछन्। त्यही फ्रेममा छ उनको प्रहरी बर्दीको अर्को तस्बिर पनि। थाहा छैन उनी तस्बिर हेरिरहेका हुन् या त्यहाँ आँखा पर्नु संयोग मात्र हो। 

अस्पतालमै रहँदा आफू डिआइजीमा बढुवा भएको पनि उनले बुझेका छन् या छैनन् थाहा छैन। उनले आज अवकाश पाउँदैछन्। त्यो उनलाई याद छ कि छैन, अरुलाई थाहा छैन। जे होस्, उनी आज अवकाश पाउँदै छन्। तर, प्रहरी सेवाबाट नचाहेको अवकाश लिनुपर्ने बाध्यता परेका उनलाई यो अवकाश एउटा औपचारिकता मात्र होला। या त्यति पनि होइन कि! 

अवकाश लिने बेला एक प्रहरी अधिकारीको मनमा के चलिरहेको हुन्छ होला। जागिरे जीवनबाट विश्रामको खुसी, कामका केही याद, निर्धक्क पारीवारिक समयमा रमाउन पाउने उत्साह, साथीभाइको यादमा केही भावुक क्षण र अरु पनि यस्तै केही। तर सँगै अवकाश पाउने आइजी, तीन एआइजी र १७ डिआइजीको जस्तै मनस्थिति राजेन्द्रमानको कसरी होओस्। 

शब्द ननिस्कने उनको बेलाबेलाको चिच्याहटलाई आवाज मान्नुपरेको छ। पसिनाले निथ्रुक्क भिजेका बेला, एकपछि अर्को कोल्टे फेर्दा या केही अप्ठ्यारो पर्दा निस्कने उनको आवाज नै नजिक हुनेका लागि उनको बोली बनेको छ। त्यसलाई बुझेर उनको सजिलोका लागि काम गरिदिनु परेको छ। तर साढे तीन वर्षदेखि अस्पतालको बेडमा अचेत जस्तै भएकालाई के गरिदिँदा कसरी सजिलो होला? 

राजेन्द्रमान डिआइजीमा बढुवा हुँदाको समय।

०००
२०४६ माघ २९ गते राजेन्द्रमान प्रहरी इन्स्पेक्टरमा भर्ना भएका थिए। फुर्तिला राजेन्द्रमान केही किलोमिटर दौडने र ब्याडमिन्टन खेलेर हरेक दिनको सुरुवात गर्थे। 

२०७३ साउन १५ गतेको बिहान कोशी अञ्चल प्रहरी कार्यालय धरानमा तत्कालीन एसएसपी राजेन्द्रमान उसैगरी ब्याडमिन्टन खेलिरहेका थिए। खेलिरहेकै बेला एक्कासी थचक्क भुँइमा बसे। साथीहरु खेलभित्रकै केही मजाक सम्झेर हाँसे पनि। तर उनको अवस्था सामान्य थिएन।  

अचेत भएका उनलाई साथीहरुले नै बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिहाले। हृदय गति अचानक बन्द भएको थियो। डाक्टरका अनुसार केहीबेर रक्तसञ्चार नै रोकिएकाले उनको मस्तिष्कसम्म अक्सिजन पुग्न सकेन। त्यसले उनी डाक्टरी भाषामा ‘लक्ड इन सिन्ड्रोम’मा बाँच्न विवश छन्। शरीर नचले पनि उनी दृश्य देख्छन् र केही कुरा बुझ्छन् भन्ने विश्वास डाक्टरमा छ। 

Ncell 2
Ncell 2
nimb
nimb
पुलिस अस्पतालमा राजेन्द्रमान।

अहिले प्रहरी अस्पतालमा राजेन्द्रमानको स्याहारमा दिनरात लागिरहेकी श्रीमती आराधना राणा त्यसअघि प्रेसरबाहेक उनमा अरु बिरामी नभएको सम्झिन्छिन्। २०६६ सालमा पर्सा प्रहरी प्रमुख रहेका बेला गाँजा तस्करीविरुद्ध काम गर्दा उनमा प्रेसर बढ्ने समस्या देखिएको थियो। डाक्टरले त्यति बेलै केही औषधी चलाएका थिए। अरु त राजेन्द्रमान खेलाडी स्वभावमै फुर्तिला थिए। 

राजेन्द्रमान त्यसरी बिरामी पर्दा आराधना धरान पुगेर फर्किएको एक हप्ता मात्रै भएको थियो। छोरा पढाइका लागि अमेरिका जाने तयारीमा थिए। छोरा पठाउने समय राजेन्द्रमान पनि काठमाडौं आउने कुरा थियो। तर नसोचेको बिमारले उनी अस्पताल पुगे र अहिलेसम्म अस्पतालमै रहिरहे। 

२०७४ भदौ ५ गते विशेष व्यवस्था गरेर राजेन्द्रमानलाई अस्पतालमै डिआइजी बढुवा गरिएको थियो। आफू बढुवा हुँदाको त्यही तस्बिरमा अहिले उनको आँखा परिरहेको छ। 

एसएसपी भएपछि पहिलो जिम्मेवारी पाएको ललितपुरमा युनिटीका मालिक काशी गुरुङलाई भारतदेखि पक्रेर ल्याएको, पर्सा प्रहरी प्रमुख हुँँदाको काम, सशस्त्र युद्धका बेला गोर्खा, म्याग्दी, लमजुङ, दोलखामा गरेका काम, भारत नयाँदिल्लीस्थित नेपाली दूतावासको सुरक्षा प्रमुख हुँदा र त्यसपछि विराटनगरस्थित तालिम केन्द्रमा प्रमुख रहँदाको दिन अहिले उनको सम्झनामा होला या नहोला। याद छ भने, अवकाशको दिनमा उनलाई सबैभन्दा बढी के सम्झना भइरहेको होला? 

राजेन्द्रमान एसएसपी रहँदा।

आराधनालाई याद छ, राजेन्द्रमान सधैँ कामलाई पहिलो प्राथमिकता दिन्थे। त्यसैले राजेन्द्रमानको सरुवा भएका कति ठाउँमा त आराधना सँगै पनि गइनन्। छोराछोरी काठमाडौंमा नै पढ्ने भएकाले आराधना सबैतिर जान सम्भव पनि भएन। अहिले राजेन्द्रमान छाड्ने अवस्थामा छैनन्। एकैछिन पनि आराधना उनको समिपबाट टाढा हुन सक्दिनन्। 

०००
अस्पतालको बेडमा पनि राजेन्द्रमानको दिन जागिरे जीवनको जस्तै बिहान ५ बजे नै सुरु हुन्छ। होइन, बिहान ५ बजे नै सुरु गरिदिनुपर्छ। त्यसमा श्रीमती आराधनासँगै छोरीले सहयोग गर्छिन्। 

बिहान ५ बजे औषधी खुवाउने। सरसफाइ गरिदिने। पेटमा जडान गरिएको ‘पेग’मार्फत झोलिलो खानेकुरा खुवाउने। नुहाइदिने। लुगा फेरिदिने। पाउडर लगाइदिने। फेरि खानेकुरा खुवाउने। सफा गरिदिने। कोल्टे फेरिदिने। केहीबेर ह्विलचेयरमा राखेर अस्पताल बाहिर खुला ठाउँमा लैजाने। मालिस गरिदिने। औषधीदेखि खानासम्म पाइपमार्फत खुवाउँदा कहिँलेकाहिँ मुख सुख्खा भयो भने मुखमा थोपा पानी राखिदिने। हरेक दिन उही क्रियाकलाप। 

एउटै कोल्टेमा धेरैबेर सुतिरहँदा शरीर दुखेर होला राजेन्द्रमान कराउँछन्, अनि अर्को कोल्टे फर्कादिनु पर्छ। केहीबेरमा त्यो कोल्टे फेरि फेर्न परिहाल्यो। श्रीमानको स्याहारमा अस्पतालको बासले आराधना नर्सिङमा पोख्त जस्तै भइसकिन्। फुर्तिला राजेन्द्रमान चिन्नेले उनको यो अवस्था देख्दा आँखा रसाइहाल्छ।  

आज राजेन्द्रमानलाई खाना खुवाउन पेटमा राखेको ‘पेग’ फेरिदिनुपर्ने थियो। आराधना एकैछिन बाहिर निस्कँदा डाक्टर आएकाले त्यो काम पनि छुटिहाल्यो। स्वास फेर्न सजिलो होस भनेर घाँटीमा पनि ‘ट्राक्योस्टोमी’ गरिएको छ। त्यसबाट नै बेलाबेला खकारसमेत निस्कन्छ।  

राजेन्द्रमानलाई ‘पेग’मार्फत खुवाउने झोल खानेकुरा।

राजेन्द्रमानको जाँचमा डाक्टरहरु नियमति आउँछन्। प्रहरी अस्पतालका डाक्टरसँगै ग्रान्डी अस्पताल र वीर अस्पतालबाट पनि बेलाबेला डाक्टर आइरहेका हुन्छन्। हातखुट्टा चलाउन सजिलो होस् भनेर भारतबाट ल्याइएको ‘ब्याक्लोफेन’ नामको औषधी चलाइएको छ। 

उनलाई खुवाउने झोलिलो खाना अस्पतालले नै दिइरहेको छ। कोठाको सुविधा र सबै औषधीहरु पनि अस्पतालले नै दिन्छ। अब अवकाशपछि केही औषधीमा भने कटौती हुनेछ। अरु सबै सुविधा पहिले जस्तै रहने विश्वास आराधनालाई छ। 

प्रहरी अस्पताल प्रमुख आशा सिंहले पनि आफू एआइजी भएपछि राजेन्द्रमानलाई भेट्न गएकी थिइन्। उनले राजेन्द्रमानले अहिले पाउने सुविधा अवकाशपछि पनि पाउने विश्वास दिलाएकी थिइन्। आराधनालाई थाहा छ- घर लगेर स्याहार गर्न मिल्ने रोग पनि त होइन। 

‘परेपछि भोग्नुपर्ने रहेछ’ आफ्नो निराश अनुहार यसअघि कहिले खुलेको थियो आराधनालाई थाहा छैन। बिहानदेखि रातिसम्म अस्पतालमा नै हुन्छिन्। राति सुत्न केहिबेर घर पुग्छिन्। दिन श्रीमानको स्याहारमा बित्छ। 

बेला बेला रसाएका आफ्ना आँखा राजेन्द्रमानले देखेका छन् कि छैनन् आराधनालाई थाहा छैन। हरेक समय श्रीमानलाई हेरेर बसिरहँदा उनले कति कुरा बुझेका होलान् भन्ने अनुमान पनि कठीन छ। कहिँलेकाहिँ घुमेमा राजेन्द्रमानका आँखाका नानी आफैलाई केही भन्न खोजेजस्तो आराधनालाई लाग्छ। तर त्यसको अर्थ ठीक कसरी बुझिन्छ थाहा छैन। 

पुलिस अस्पतालमा राजेन्द्रमान।

पहिलेभन्दा सुधार भएका केही संकेतहरु भने देखिन्छन्। पहिले छुँदा, कोल्टे फेराउँदा कुनै प्रतिक्रिया नदेखिने राजेन्द्रमानका आँखामा अहिले केही भाव देखिन्छ। विशेषतः आराधना त्यो बुझ्छिन्। 

अहिले सुतिरहेका बेला सिरानी उठाएर यताउता सार्दा राजेन्द्रमानको आँखा झस्किएर खुल्छन्। केही तातो छुवाइदिँदा चलमलाउँछन्। पहिले त त्यति पनि प्रतिक्रिया हुँदैन थियो। यसैले आराधनालाई लाग्छ- अहिले राजेन्द्रमानले आफ्नो लागि केही थाहा पाइरहेका छन् तर हाम्रा लागि केही थाहा पाएजस्तो लाग्दैन। 

अहिले अलि बढी पसिना आउँदा राजेन्द्रमान जोडले कराउँछन्। पसिना पुछिदिएपछि सुत्छन्। ओड्ने मिलेन भने कराउँछन्। मिलाइदिएपछि सुत्छन्। कोल्टे फेर्नुपर्दा कराउँछन्। फेरिदिएपछि सुत्छन्। साथीहरु आएर बोलाउँदा राजेन्द्रमानले हेरेजस्तो आराधनालाई लाग्छ। 

हरेक दिन उनी राजेन्द्रमानको अगाडि एक्लै बोलिरहन्छिन्। एक्लै गफ गर्छिन्। गीत सुनाइदिन्छिन्। समाचार सुनाइदिन्छिन्। टिभी खोलेर राखिदिन्छिन्। यी सबै कुराले आराधनालाई विश्वास छ, राजेन्द्रमानलाई पक्कै थाहा हुनुपर्छ उनी आज अवकाश पाउँदै छन्। तर आराधनालाई थाहा छैन राजेन्द्रमानले अस्पतालको बेडबाट अवकाश पाएर फुर्तिलो हुँदै घर कहिले फर्कनेछन्। 

प्रकाशित मिति: मंगलबार, माघ २८, २०७६  ०६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
रसुवा जोड्ने वैकल्पिक मार्गमा यात्रुलाई सास्ती राजमार्ग क्षतिग्रस्त बनेसँगै स्थानीय बासिन्दाले यातायात पहुँच कायम राख्न वैकल्पिक मार्ग निर्माण तथा सञ्चालनमा ल्याउने प्रयास गरिरहेक... बुधबार, भदौ २४, २०८३
जेनजी शहीद गोपालका बुबाआमाको कामना– गोपालहरू मर्नुपर्ने गरी फेरि कुनै आन्दोलन नहोस् आन्दोलनका क्रममा गोपालले ज्यान गुमाएको एक वर्ष पुग्न लाग्दा उनका ८३ वर्षीय बुबा धनपति सेढाईंको मनमा भने छोराको सम्झना अझै ताजा छ। छो... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक शुक्रबार, भदौ २६, २०८३
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्