काठमाडौं- आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत त्रिदेशीय सिरिजमा २५० रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको ओमानले पहिलो विकेट गुमाएको छ।
नेपाललाई पहिलो विकेट कुशल मल्लले दिलाए। उनले ओमानका जतिन्दर सिंहलाई २३ रनमा बोल्ड आउट गराए।
११.२ ओभरमा ओमानले पहिलो विकेट गुमाउँदा ४९ रन बनाएको हो।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले उत्कृष्ट सुरुवात गर्दै निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २४९ रनाएको थियो। नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक बनाए। कप्तान ज्ञानेन्द्रले ७६ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ५६ रन बनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।