काठमाडौं- आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत त्रिदेशीय सिरिजमा ओमानविरुद्ध नेपालले पाँचौ विकेट गुमाएको छ।
नेपालले पाँचौ विकेटको रुपमा कुशल मल्ललाई गुमाएको हो। कुशल २४ बलमा २ छक्का र २ चौका प्र्रहार गर्दै २८ रन बनाएर आउट भए।
यसअघि चौथो विकेटको रुपमा अर्धशतक बनाएका कप्तान ज्ञानेन्द्र मल्ल आउट भएका थिए। कप्तान ज्ञानेन्द्रले ७६ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ५६ रन बनाएर आउट भए।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालका पारस खड्काले ३८, सुवास खकुरेलले २२ र दीपेन्द्रसिंह ऐरी शुन्य रनमा आउट भए। नेपालले २२.१ ओभरमा १ विकेटको क्षतिमा सय रन पूरा गरेको थियो। तर लगतै पारस खड्का आउट भए। त्यसपछि ब्याटिङमा आएका दीपेन्द्र शुन्य रनमै आउट भए। सुवास र ज्ञानेन्द्रले पहिलो विकेटका लागि ४८ रनको साँझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए।
अहिले नेपालको ३५ ओभरको समाप्तिमा ५ विकेटको क्षतिमा १६७ रन भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।