काठमाडौं- आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत त्रिदेशीय सिरिजमा ओमानविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले तेस्रो विकेटको रुपमा उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई शुन्य रनमा गुमाएको हो। दीपेन्द्र शनिबार भएको अमेरिकाविरुद्धको खेलमा पनि शुन्य रनमै आउट भएका थिए। ओमानविरुद्ध पहिलो खेलमा भने दीपेन्द्रले ३६ रन बनाएका थिए।
यसअघि नेपालले २२.१ ओभरमा १ विकेटको क्षतिमा सय रन पूरा गरेको थियो। तर लगतै पारस खड्का ३८ रनमा आउट भएका थिए। त्यसपछि ब्याटिङमा आएका दीपेन्द्र शुन्य रनमै आउट भए। यसअघि सुवास खकुरेलले २२ रन बनाएर आउट भएका थिए।
अहिले नेपालको २४ ओभरको समाप्तिमा ३ विकेटको क्षतिमा १०८ रन भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।