• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, वैशाख २१, २०८३ Mon, May 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

कमरेड भीम रावललाई चिठ्ठी

64x64
नेपाल लाइभ आइतबार, माघ २६, २०७६  १४:२१
1140x725

डियर कमरेड भीम रावल,
राष्ट्रवादी अभिवादन ! 

यो प्रेमपत्र लेख्ने युग नभए पनि सार्वजनिक सरोकार, चासो र चर्चालाई पत्रमार्फत पब्लिकसम्म पुर्‍याउँदा सुरुचिपूर्ण होस् भन्ने हेतुले चर्चित मिडिया नेपाल लाइभको फोरम सदुपयोग गरेको छु। प्रणय दिवस १४ फेब्रुअरीकै आसपास पत्र कोरेर मातृभूमिको खातिर माटोको टीकालाई चन्दन सम्झने तपाईंको देशभक्तिको निष्ठा, सम्मान र निरन्तरतालाई आम नेपालीको तर्फबाट स्यालुट छ।

कमरेड भीम,

बालुवाटार, जहाँ  देशका प्रधानमन्त्री र तपाईंका अध्यक्षको निवास छ त्यहीँबाट तपाईंको ज्यान तलमाथि पार्ने धम्की आएको कुरा तपाईंकै मुखराबिन्दबाट सुन्नुपर्दा हृदय दर्वित भएको छ। यस्तो कसरी भयो र हुनसक्छ? प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापा र सरकारका प्रवक्ताले तपाईंलाई प्रयोग गरेका निम्न कोटीका शब्दसहित व्यङ्ग्यवाण सुन्दा असाध्यै नरमाइलो र नमीठो लाग्छ। किन यति असहिष्णु र अमर्यादित छ कमरेडली हार्दिकता? कुन स्वार्थले दूरी बढायो? जन्मजात शत्रुताजस्तै लाग्ने तिक्तता र कटुता जनमानसमा अपाच्य छ। आन्तरिक रडाको सधैं तँछाडमछाड गरेर सार्वजनिक गरेको परिदृश्य शोभनीय छैन।  दोमन पनि भएको छ। राष्ट्रनायक ओली प्रधानमन्त्री भएका बेला अर्का राष्ट्रवादी कमरेडलाई ओली निवासले धम्की दिएको, त्यो पनि ज्यान जोखिममा भनेर सुन्दा पत्याउन मुस्किल पर्‍यो। 

तर तपाईंले नै आरोपित गरेपछि नपत्याऊँ कसरी? अलिकता संशय, थोरै दुविधा, केही भ्रम र विष्मयसाथ पत्याउन कर लाग्यो।  संधै शीरमा राखेर उचित सम्मान गर्ने म एउटा विश्वास र आग्रह राख्दै अनुरोध गर्दछु। भन्नुस् कामरेड देशको पक्षमा बोल्दा, लेख्दा, सत्यको पक्षमा बहस पैरवी गर्दा तपाईलाई मार्ने धम्की दिने त्यो अपराधी, पापी को हो? कसको संरक्षण र कसको दूध-भात खाएर त्यो विष बमन गर्दैछ?

त्यो जो र जस्तो आवरणले ढाकिए पनि मातृघात गर्ने नरपिचास हो। त्यसको सक्कली मुखुण्डो खोल्न अप्ठ्यारो मान्नुपर्ने कारण छैन। देशभक्त भीमसेन थापा सेरिएर मर्नु परेको कारुणिक इतिहास पढेका हामी देशभक्त भीम रावल गुमाउन चाहँदैनौ। विगतमा पटक-पटक  अभिशप्त बनेको देशभक्तको इतिहास वर्तमानमा अभिशप्त बनाउने हाम्रो चाहना छैन। 

आज पनि देशको माया गर्दा भीम रावलहरुको ज्यान जोखिममा पर्छ, मारिने धम्की आउँछ भने त्यो भीमसेनलाई गरिएको अपमान र बेइज्जत अनि मनोवैज्ञानिक दबाबभन्दा कम्तिको होइन। कमरेड रावल भनिदिनुस् तपाईं धम्कीको मात्रै शिकार हुनु भएको छ कि प्रलोभनको पनि? भक्ति थापाले झै प्रलोभनको पत्र र प्रस्ताव कुल्चेर, थुकेर फाल्ने र म बाघको डमरू हुँ सिनो खाने भुस्याहा कुकुर नसम्झ भनेर गर्जनु पनि भएको छ कि? म त्यो जान्न चाह्न्छु।  नत्र भने यहाँ ६ फीटको शरीरमा तीन फीटको राष्ट्रवादी बर्को ओढेर अर्धनग्न हुनेहरू धेरै छन्। तर कमरेडको राष्ट्रप्रेम ओठको नभएर मुटुको हो यद्यपि प्रश्नहरु उठछन् र त्यसको चित्तबुझ्दो जवाफ दिनु देशको माया गर्नु बराबर नै हो।

लोकको जिज्ञासा म आफ्नो लेखद्वारा प्रतिबिम्बित गर्दैछु। लोकतान्त्रिक पद्धतिको सुन्दरता र आकर्षण यसको पारदर्शिता पनि हो। तसर्थ कमरेडले भन्नुपर्ने हुन्छ। तपाईंको प्राणमा दागा धर्ने तपाईंको पार्टीको कुन जिम्मेवारी बहन गर्ने कुन तहको कमरेड हो?  देशको ठूलो नेताको ज्यान लिने कुरा गर्ने र त्यस्तो नियत राख्नेको पर्दाफास गर्दा पक्कै पार्टी अनुशासन मिचेको बात लाग्दैन, लाग्नुहुँदैन। 

nimb
nimb
Ncell 2
Ncell 2

उसो त पार्टी अनुशासनको घन, पार्टी सुधारका लागि मिच्दा, बोल्दा आजसम्म तपाईंको टाउकोमा बज्रेको छैन। जसले जे भने, गरे पनि देशभन्दा ठूलो पार्टी अनुशासन होइन। देशको माया गर्दा तपाईं मारिनु हुन्छ भने त्यो मरण रोज्न थुप्रै नेपाली तयार छन्। देशको माया गर्न नेकपा नै हुनुपर्दैन कुनै पनि पार्टीको सदस्य नभए पनि हुन्छ। पार्टी सदस्य भएर पनि फरक पर्दैन। तर देशको माया भने मुटुभरि, मस्तिष्कभरि हुनु जरुरी छ। नेपाली हुनु अनिवार्य छ। नेकपाभित्र तपाईं एकमात्रै त्यस्तो नेता हुनुहुन्छ, जसको राष्ट्रप्रेमको अघिल्तिर अरु लिलिपुट झैँ देखिन्छन्। 

अकबरी नम्बरी २४ क्यारेटको ओरिजिनालिटि छ तपाईंको देशभक्तिमा। जनताले यसैगरी बुझेका छन्। तर, तपाईंलाई तपाईंकै पार्टीका नेता-कार्यकर्ता पो सन्देह गर्छन् तपाईंको अठोट र नेपालप्रियतालाई? पद नपाएर विपक्षी झै चर्को विरोध र जुन कुराको पनि विरोध गर्ने आक्षेप र लान्छना तपाईंले आफ्नो पार्टीको तहबाट पाउनु भएको बक्सिस र उपहार हो। तपाईं थुप्रैपटक, थुप्रै प्रकारका मन्त्री र उपप्रधानमन्त्रीसमेत भैसक्दा विपक्षी पार्टीले लगाउने एक आरोपभन्दा अरु तपाईंको भागमा परेको कम्तिमा मलाई थाहा छैन।

प्रिय कमरेड,

प्रधानमन्त्री, मन्त्री भएपछि विभिन्न आरोपमा डामिने परम्परा अनुसार तपाईं पर्यटन मन्त्री भएका बेला सम्झौता भएको चाइना साउथ एयरवेज खरिद प्रकरणमा बाहेक आजसम्म भ्रस्टाचारको छिटा पनि परेको छैन भनेर तपाईंलाई सुक्ष्म रूपमा हेर्ने बुझ्नेहरुको दाबी छ। सबै आरोप सत्य नै हुन्छन् भन्ने छैन। यसर्थ तपाईंमाथिको त्यो आरोप पनि पुष्टि र अनुसन्धान नभएको आरोप हो। यद्यपि आरोप खारेज भइसकेको छैन।  उक्त प्रकरणपछि पटक-पटक मन्त्री भए पनि पुनः त्यस्तो आरोप कहीं कतै नलाग्नु तपाईंको शुद्धता नै हो भन्न अप्ठ्यारो लाग्दैन।

नागरिकता विधेयक, सी के रावतसँगको सम्झौता, फादर मूनको होली वाइन, भारतले आफ्नो नक्सामा नेपाली भूमि राखेर जारी गर्दा होस् या ५५ अर्बको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) जस्ता प्रसङ्गमा तपाईंको अडान अठोट र प्रस्तुति दमदार र तर्कसंगत छन्। यी इस्युमा पार्टीभन्दा माथि उठेर अटल देशप्रेमको भावना मुखरित गर्नु भएको छ। बौद्धिक नेता हुनुको धर्म पालन गर्नु भएको छ। गुट, पार्टीभन्दा देश महत्त्वपूर्ण र अमूल्य भनेर यहाँले तर्क गर्दैगर्दा यहाँको निष्ठाप्रति आफ्नै पार्टीका नेताहरूले औंला तेर्साएर विरोध गरेको र यहाँलाई आक्रमण गर्न अरिंगाल उत्रेको सुन्दा विडम्बना, विस्मय र खिन्नता जनताले अनुभूति गरेका छन्। 

यस्तोबेला तपाईं कतै विचलित र विलखबन्धनमा पर्नुहुन्छ कि डर लागेर आउँछ। हामी पार्टीबाहिरका शुभचिन्तक शुभेच्छुक प्रार्थना गर्छौं, गलत मानसिकता कहिल्यै हावी नहोस्। आधुनिक भीमसेन थापाको नियति हेर्ने हाम्रो मनसुवा छैन। अमेरिकाले चाह्यो भने सुलेमानी बनाइदिन्छ भन्ने सरकारका प्रवक्ताको वाणीमा अमेरिकी आतंकको गन्ध देख्दा मन अमिलो भएर आउँछ, छाती चिरिन्छ। लिविया, इराक  र  इरानको झझल्को आँखामा नाच्न थाल्छ।

रावल कमरेड,

 एमसिसीबारे जति बहस–पैरवी यहाँले गर्नुभयो, जति अध्ययन गरेर सम्भावित तथ्यको आँकलन गर्नुभयो ती सबै हेर्दा अरुले विना अध्ययन, विना खोज, पैसा देखेर सब कुरा बिर्सेर बोले झै लाग्छ। के अरु सब देशघाती मुर्ख मान्छेहरु मात्रै हुन? अमेरिकी सैन्य भित्र्याएर देशलाई जखमको खाल्डामा जाक्न उद्दत मनुवा हुन्? मैले नबुझेको, नजानेको अनि जान्न चाहेको कुरा यही हो। भीम कमरेडलगायत एमसिसीको विरोधमा बोल्नेले मात्रै यो सम्झौताको भाषा बुझे, यिनीहरू मात्रै देशभक्त हुन अरु सब मुलुकको अहित चाहने, मुलुकको सार्वभौमसत्ता नै अन्यत्र सुम्पने लेन्डुप दोर्जेमार्का स्वार्थमा लिप्त नेता र पार्टीहरु हुन्?

 एमसिसी अङ्ग्रेजी भाषामा लेखिएको हुनाले कतै नेपालीमा अनुवाद गर्दा गलत अर्थ र बुझाइ पो रहन गयो कि? अन्यथा पक्ष र विपक्षमा तर्क गर्ने घगडान विद्वानहरु एकले अर्कोलाई अङ्ग्रेजी नबुझेको जस्तो निम्छरो आरोप दुनियाँ हँसाउने मेलोमात्रै हो। भीम रावल र शंकर शर्माले अङ्ग्रेजी बुझ्दैनन् कसरी पत्याउनु?

कमरेड ओली र देउवा अमेरिकी दलाल नै हुन्? यसको जवाफ पनि अपेक्षित छ। काङ्ग्रेस युवा नेता गगन थापाप्रति पनि पेचिला प्रश्न र आलोचनाको तिर सोझिएको अवस्थामा उनको पनि स्टेटमेन्ट आएको छ– एमसिसीबारे गहिरिएर पढ्न र बुझ्न पाएको छैन। कतिपय नेताले झैं हेर्नासाथ बुझिहाल्ने क्षमता मेरो छैन। आफूभन्दा जान्ने बुझ्नेसँग सोध्नुपर्ला, बुझ्नुपर्ला। अनिमात्रै आफ्नो धारणा बनाउनु पर्ला।  देशहितको पक्षमा यो प्रोजेक्ट रहेनछ भने ५५ अर्ब त के १०० अर्ब नै भए पनि अस्वीकार्य छ। देशलाई चोट पुर्‍याएर कुनै पनि सहयोग, कसैको पनि सहयोग रकममा हात पसारिन्न। 

 गगन थापाजस्तो अध्यनशील तर्कशील र बौद्धिक नेतालाई यो बुझ्न पढ्न किन समय लाग्यो? डाक्टर रामशरण महत, डा. शंकर शर्मा र भीम रावलहरुको बुझाइमा किन एकरुपता आउन सकेन। एमसिसी सम्झौताबारे आवश्यकताभन्दा बढी बुझ्ने, नबुझ्ने  र बुझ्दै नबुझ्ने नेताहरुको असमान क्षमताबारे अनभिज्ञ हुनुपर्दा जनता अलमलमा छन्। त्यसैले कमरेड भीम, तपाईंको पार्टीको एमसिसी अध्ययन कार्य दलले जनताको अपेक्षा बुझ्न सकोस्। 

हामी आफैं अलमल, भ्रममा छौँ या कसैको दलाली गर्दैछौ? एमसिसी इन्डोप्यासिफिक सैन्य रणनीतिको अङ्ग हो या विकासोन्मुख देशका लागि गरिएको विशुद्ध सहयोग? यसको पक्ष र विपक्षमा व्यक्त तर्क र रायले जनताको दिमाग रनभुल्लमा परेको छ। आम मान्छे सबै र धेरै कुरा जान्ने, बुझ्ने र परख गर्ने क्षमता राख्दैनन्। तर जनता यति बुझ्न् सक्छन्– कुनै पनि सहयोग देशहित प्रतिकूल नहोस्, राष्ट्रिय अस्मिता र स्वाभिमानमा आँच आउने नहोस्। सहयोग मित्रवत होस्। सहयोग दिनेको मात्रै होइन लिनेको पनि शिर ठाडो  रहोस्।

अरु दस्तावेज र सम्झौतामा के छ, त्यो सुक्ष्म निरीक्षण विषयविज्ञ र सम्बन्धित अधिकारी, कूटनीतिज्ञ र राजनीतिज्ञको हो। सम्झौता जसले गरे पनि त्यो देशको मर्यादा र सम्मानभन्दा बाहिर जानुहुँदैन। देशहितको पक्षमा भएका हर सकारात्मक कुराको परिणाम नकारात्मक हुँदैन। 

एमसिसी प्रोजेक्ट महाकालीजस्तै नहोस्, अरुण जस्तै नबनोस्। राजनीतिक दलको खिचातानी, ईगो प्रोब्लेम र खोक्रो आदर्शले कुनै पनि दुर्घटना निम्त्याउनु हुन्न। राष्ट्रको पक्षमा हुने हर निर्णय जनता खुल्ला हृदयले स्वागत गर्द्छ्न। श्रेय कसले पाउने र लिने होडबाजीको शिकार वैदेशिक सहयोगमा पारेर आफ्नो स्वार्थ अनुकूल व्याख्या र विश्लेषण गर्ने परम्परा तोडनु पर्छ। 

धरातलीय यथार्थमा आधारित सहयोग÷अनुदान स्वीकार गर्नुपर्छ। अतिरन्जित गरिने राष्ट्रवाद, मौसमी देशभक्ति र खोक्रो आदर्शले खाली पेट भरिन्न। राष्ट्रियता प्रायोजनमा मिल्ने कुरा होइन। राष्ट्रको मायाको नाममा जडता र अन्धविश्वास कुनै पनि आवरणमा स्विकार्नु बेठिक हुनेछ। एमसिसीबारे व्यापक अध्यन, समग्र खोज दस्तावेज र पुरक दस्तावेजको अध्ययन गरेर निष्कर्ष निकाल्नु पर्छ। आग्रह, संकोच र निराधार प्रचारप्रसार छाडेर सत्यापान देशको आवश्यकता हो। हात थाप्ने नाममा जे पनि हात थाप्ने र स्वाभिमानको नाममा विसुद्द सहयोग रकमलाई पनि अयथार्थको चस्माले हेर्ने अतिवादी सोच र चिन्तन फेर्न , बदल्न आवश्यक छ । अतिवाद जसले बोकेर हिंडे पनि त्यो समस्याको सामधान हुन सक्तैन ।  राजनीतिक फाइदाका लागि एमसिसीबारे दलहरुले, नेताहरूले आ–आफ्नो पोजिसन बनाउन नहुने तर देशको हितार्थ सबैले सोच्नुपर्ने कुरा कमरेड रावललगायत सबैले हृदयांगम गर्न सकियो, स्वार्थमा देशमात्रै हेरियो भने निचोड देशको पक्षमा निस्कने छ। 

देश दुख्दा सबैलाई दुख्नु पर्छ । 

आदरणीय कमरेड , यतिलामो र ऊर्जाशील समय कम्युनिस्ट आन्दोलन र प्रजातान्त्रिक आन्दोलनमा खर्च गर्नु भएको यहाँको जीवन भावनात्मक र भ्रमात्मक पक्कै छैन। यथार्थ र ग्राउन्ड रियालिटि तथ्य विश्लेषणले सत्य भेट्नैपर्छ। मिथ्या र भ्रममा रहन साहस चाहिँदैन। तर सत्यमा टिक्न साहस र धैर्यता अपरिहार्य हुन्छ। सत्य कठिन तर सुन्दर चिज हो। यहाँको सत्य छुने अभिलाषा पूर्ण बनोस् शुभकामना। सार्वजनिक सामयिक जवाफको अपेक्षा राख्दै पत्र अन्त्य गरें।  

तपाईंको भलो चाहने रैती 
सन्जीव कार्की 
 

प्रकाशित मिति: आइतबार, माघ २६, २०७६  १४:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रवि लामिछानेले भने : ‘अध्यादेश फिर्ता गरिएको विषयमा पूर्ण जानकारी लिएपछि मात्र धारणा सार्वजनिक गर्छु’
खोला किनाराका सुकुम्वासीको सुरक्षित स्थानान्तरण गर्न चैत मसान्तसम्म योजना अघि बढाउन रास्वपाको सुझाव
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता
सम्बन्धित सामग्री
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
रवि लामिछानेले भने : ‘अध्यादेश फिर्ता गरिएको विषयमा पूर्ण जानकारी लिएपछि मात्र धारणा सार्वजनिक गर्छु’ आइतबार, वैशाख २०, २०८३
खोला किनाराका सुकुम्वासीको सुरक्षित स्थानान्तरण गर्न चैत मसान्तसम्म योजना अघि बढाउन रास्वपाको सुझाव आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
नदी किनारका विस्थापितलाई सम्पर्कमा आउन सरकारको आग्रह आइतबार, वैशाख २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी शनिबार, वैशाख १९, २०८३
रवि लामिछानेले भने : ‘अध्यादेश फिर्ता गरिएको विषयमा पूर्ण जानकारी लिएपछि मात्र धारणा सार्वजनिक गर्छु’ आइतबार, वैशाख २०, २०८३
शंखमुल क्षेत्रमा १५० वटा पक्की घर भत्काइयो शनिबार, वैशाख १९, २०८३
आज सातै प्रदेशमा असिना पानीको सम्भावना आइतबार, वैशाख २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्