काठमाडौं- आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालविरुद्ध १९१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको अमेरिकाले सातौं विकेट गुमाएको छ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका कुशल मल्लले नेपाललाई सातौं सफलता दिलाएका हुन्। उनले इल्मोर हुचिन्सनलाई ३ रनमा आउट गराए।
कुशलले ब्याटिङतर्फ विश्व रेकर्ड राखेका छन्। उनले अर्धशतक बनाउँदै सबैभन्दा कान्छो उमेरमा अर्धशतक बनाउने विश्व रेकर्ड राखेका हुन्।
यसअघि छौटौं विकेटको रुपमा नेपालका सुशन भारीले अमेरिकाका करिमा गोरलाई १० रनमा आउट गराएका थिए। करिमालाई पारस खड्काले उत्कृष्ट क्याच आउट गराए। त्यस्तै, सुशनले पाँचौ विकेटको रुपमा अक्षय होमराजलाई ५ रनमा आउट गराका थिए।
करणले स्टेफन टाइलरलाई शुन्य र ज्याभियर मार्शसलाई २ रनमा आउट गराएका थिए। त्यस्तै, सन्दीप लामिछानेले मोहम्मद पटेललाई ४ र आरोन जोन्सलाई ५ रनमा एल्बिडब्लु आउट गराएका थिए।
योसँगै अमेरिकाको २२ ओभरको समाप्तिमा ७ विकेटको क्षतिमा ६७ रन भएको छ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेटको क्षतिमा १९० रन बनाएपछि अमेरिकाले सामान्य लक्ष्य पाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।