काठमाडौं- आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत त्रिदेशीय सिरिजमा अमेरिकाले महत्वपूर्ण चार विकेट गुमाएको छ।
नेपालले दिलएको १९१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको अमेरिकाले सुरुवातमै महत्वपूर्ण ४ विकेट गुमाएको हो। तेस्रो ओभर बलिङ गर्न आएका करणले २.४ र २.६ बलमा क्रमशः स्टेफन टाइलरलाई शुन्य र ज्याभियर मार्शसलाई २ रनमा आउट गराए।
त्यस्तै, सन्दीप लामिछानेले फेरि अर्को विकेट लिएका छन्। सन्दीपले चौथो विकेटको रुपमा मोहम्मद पटेललाई ४ रनमा एल्बिडब्लु आउट गराए।
यसअघि सन्दीपले आरोन जोन्सलाई ५ रनमा एल्बिडब्लु आउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए।
योसँगै अमेरिकाको ४ ओभरको समाप्तिमा ४ विकेट गुमाएर १३ रन भएको छ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवात गर्दै ४९.२ ओभरमा सबै विकेटको क्षतिमा १९० रन बनाएपछि अमेरिकाले सामान्य लक्ष्य पाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।