काठमाडौं- आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले दिलएको १९१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको अमेरिकाले सुरुवातमै पहिलो विकेट गुमाएको छ।
नेपालका सन्दीप लामिछानेले आरोन जोन्सलाई ५ रनमा एल्बिडब्लु आउट गराए। १.४ ओभरमा सन्दीपले विकेट लिएका हुन्। सुरुवात मै अमेरिकाको विकेट लिदै सन्दीपले नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका छन्।
२ ओभरको समाप्तिमा १ विकेट गुमाएर ६ रन भएको छ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवात गर्दै ४९.२ ओभरमा सबै विकेटको क्षतिमा १९० रन बनाएपछि अमेरिकाले सामान्य लक्ष्य पाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।