काठमाडौं- आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत त्रिदेशीय सिरिजमा अमेरिकाविरुद्ध नेपालले खराब प्रदर्शन गरेको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले अमेरिकाविरुद्ध पनि राम्रो प्रदर्शन गर्न सकिरहेको छैन। नेपालले एकपछि अर्को विकेट गुमाइरहेको छ। पाँचौ विकेटको रुपमा आरिफ शेख २ रनमा आउट भए।
२१ ओभरको समाप्तिमा नै नेपालले ५ विकेट गुमाउँदा ४९ रन मात्रै बनाएको छ।
यसअघि चौथो विकेटको रुपमा पारस खड्का आउट भएका थिए। उनी १९ रन बनाएर आउट भए। तेस्रो विकेटको रुपमा दीपेन्द्रसिंह ऐरी शुन्य रनमै आउट भएका थिए।
कप्तान ज्ञानेन्द्र मल्ल २१ रन बनाएर आउट भएका थिए। त्यस्तै, सुवास खकुरेलले ३ रन बनाएका थिए।
अहिले क्रिजमा विनोद भण्डारी र कुशल मल्ल रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।