काठमाडौं- आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत त्रिदेशीय सिरिजमा अमेरिकाविरुद्ध नेपालले एकपछि अर्को विकेट गुमेको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले अमेरिकाविरुद्ध पनि राम्रो प्रदर्शन गर्न सकिरहेको छैन। नेपालका लागि चौथो विकेटको रुपमा पारस खड्का आउट भएका हुन्। उनी १९ रन बनाएर आउट भए। यसअघि तेस्रो विकेटको रुपमा दीपेन्द्रसिंह ऐरीलाई नेपालले गुमाएको थियो। दीपेन्द्र शुन्य रनमै आउट भए।
पारस आउट भएसँगै नेपाल पूर्णरुपमा दबाबमा आएको छ।
यसअघि कप्तान ज्ञानेन्द्र मल्ल २१ रन बनाएर आउट भएका थिए। त्यस्तै, सुवास खकुरेलले ३ रन बनाएका थिए।
अहिलेले क्रिजमा आरिफ शेख र कुशल मल्ल छन्। एकदिवसीय क्रिकेटमा कुशलको डेब्यु खेल हो।
अहिले नेपालको १८ ओभरको समाप्तिमा ४ विकेटको क्षतिमा ४७ रन भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।