काठमाडौं- आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत त्रिदेशीय सिरिजमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दोस्रो विकेट गुमाएको छ।
त्रिवि क्रिकेट मैदानमा ब्याटिङ थालेको नेपालले दोस्रो विकेटको रुपमा कप्तान ज्ञानेन्द्र मल्ललाई गुमाएको हो। कप्तान ज्ञानेन्द्र २१ रनमा आउट भए। उनलाई क्यामरन स्टेभनसनले आउट गराए। यसअघि ३.१ ओभरमा सुवास खकुरेल ३ रन बनाएर आउट भएका थिए।
शरद भेषावकर घाइते हुँदै टिमबाट बाहिरिएपछि सुवासले मौका पाएका थिए। तर सुवास अमेरिकाविरुद्ध चल्न सकेनन्। अहिले क्रिजमा पारस खड्का र दीपेन्द्रसिंह ऐरी छन्।
अहिले नेपालको १४ ओभरको समाप्तिमा २ विकेटको क्षतिमा ४६ रन भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।