काठमाडौं- आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत त्रिदेशीय सिरिजमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पहिलो विकेट गुमाएको छ।
त्रिवि क्रिकेट मैदानमा ब्याटिङ थालेको नेपालको अमेरिकाविरुद्ध पनि ओपनिङ राम्रो हुन सकेन। ३.१ ओभरमा सुवास खकुरेल ३ रन बनाएर आउट हुँदा नेपालको स्कोर ६ थियो।
शरद भेषावकर घाइते हुँदै टिमबाट बाहिरिएपछि सुवासले मौका पाएका थिए। तर सुवास अमेरिकाविरुद्ध चल्न सकेनन्।
अहिले क्रिजमा कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्का छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।