काठमाडौं- आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले अमेरिकाविरुद्ध टस हारेर ब्याटिङ थालेको छ।
त्रिवि क्रिकेट मैदानमा अमेरिकाले टस हारेपछि नेपालले ब्याटिङ थालेको हो। ओपनिङमा कप्तान ज्ञानेन्द्र र सुवास खकुरेल आएका छन्। सुवास शरद भेषावकर घाइते हुँदै बाहिरिएपछि टिममा परेका हुन्।
आजको खेलमा अमेरिकालाई पराजित गर्दै लिग–टु मा विजयी सुरुवात गर्ने नेपालको लक्ष्य छ। त्यस्तै, कुशल मल्लले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन्। उनले रोहितकुमार पौडेलको स्थानमा टिममा अवसर पाएका हुन्।
नेपाली टिममा कप्तान ज्ञानेन्द्र मल्लसँगै, उपकप्तान दिपेन्द्रसिंह ऐरी, पारस खड्का, सुवास खकुरेल, विनोद भण्डारी, आरिफ शेख, सुशन भारी, अविनाष बोहरा, सन्दीप लामिछाने, करण केसी र कुशल मल्ल छन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।