काठमाडाैं- आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले आज अमेरिकासँग खेल्दैछ।
त्रिवि क्रिकेट मैदानमा नेपाल र अमेरिकाबीचको खेल बिहान साढे ९ बजे सुरु हुनेछ। नेपाल र अमेरिका त्रिकोणात्मक सिरिजमा पहिलो जितको खोजीमा मैदान उत्रने छन्।
नेपाल र अमेरिका पहिलो खेलमा ओमानसँग पराजित भएका थिए। नेपाल ओमानसँग १८ रनले पराजित भएको थियो भने अमेरिकालाई ओमानले ६ विकेटले पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।