• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

संसदको गेटमा ताल्चा कि बहस गरेर टेबल ठाेक्ने !

ललिता निवास प्रकरणमा बाटो बिराउँदै कांग्रेस
64x64
डिबी खड्का शुक्रबार, माघ २४, २०७६  १८:४०
1140x725

काठमाडौं- सभामुख चयनमा लामो समय गुजारेको प्रतिनिधि सभा राम्रोसँग सुचारु नभइ बिहीबारबाट अवरुद्ध भयो। अवराेधकाे कारण हो ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आरोप पत्र। 

विशेष अदालतमा १ सय १० जनाविरुद्ध दायर भएको आरोप पत्रमा नेकपामा दुई नेता माधवकुमार नेपाल र विष्णु पौडेलका छोरा नवीन परेनन्, कांग्रेसका उपसभापति विजय गच्छदार परे।

कांग्रेसले यसैलाई राजनीतिक पूर्वाग्रहको रुपमा हेर्‍यो र सडकदेखि संसदसम्मको संघर्ष रोज्यो। प्रतिपक्षीले संसदलाई संघर्षको मैदान बनाउँदा झन्डै तीन दर्जन कानुन पारित गर्ने जिम्मेवारीसहित सुरु भएको संसदको यो अधिवेशन दुईदिनदेखि अवरुद्ध छ। आगामी बैठकको मिति आइतबारका लागि तय गरिएको त छ तर अनिश्चित छ।

अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा तत्कालीन प्रधानमन्त्री नेपाल र जग्गा हासिल गर्ने पौडेलका छोरा नवीनलाई प्रतिवादी नबनाउनुको जुन कारण उल्लेख गरेको छ, त्यो विश्वसनीय देखिन्न। तर मुद्दा दायरसँगै सो विषय अदालतमा प्रवेश भइसक्यो। अख्तियारको काम पूर्वाग्रही हो भन्ने स्थापित गर्ने थलो संसद् बन्न सक्छ तर अवरोधबाट हैन बहसमार्फत्। निरन्तर संसद अवरुद्ध गर्नु भनेको बहसमार्फत् पूर्वाग्रह हो भन्ने सन्देस आम नागरिकमाझ  पुर्‍याउने आफ्नै बाटो बन्द गर्नु हो।

यतिबेला कांग्रेसले संसदमा आफ्नो पार्टीको नेतालाई भ्रष्टाचार मुद्दा लाग्यो भनेर होइन, दोषी उम्काइयो भन्ने कोणबाट जमेर सवाल उठाउन सक्थ्यो। जुन सवालका अगाडि सत्ताधारी दलका तर्क  फिक्का तुल्याउन सकिन्थे।  तर, बहसको बाटो समात्नुको  सट्टा संसद् अवरुद्ध पार्ने गलत बाटो अँगाल्यो उसले।

संसदमै भएको विषय भए वा बहुमतका आधारमा निर्णय गर्ने अवस्था रहे संसद अवरुद्ध गर्नुको अर्थ रहन्थ्यो । तर, यो अदालतमा दायर गरिएको मुद्दा हो । जसको निर्णय गर्ने अधिकार प्रतिनिधि सभासँग होइन, न्यायलयमा छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि सधैं एउटा आरोप लाग्ने गर्छ– ठूला माछा समाउन सकेन । ललिता निवास क्याम्पभित्रको जग्गा अपचलन प्रकरणमा अख्तियारले ‘ठूला माछा’  समात्ने कोशिस गरेको देखिन्छ। तर, मन्त्रिपरिषद्को प्रकृयागत निर्णयलाई नीतिगत भन्दै पूर्व प्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराईलाई उन्मुक्ति दिने अनि सरकारी जग्गाका खरिदकर्ता नेकपा महासचिव पौडेलका छोरा नवीनले जग्गा फिर्ता दिने भए भनेर प्रतिवादी नबनाउनुले अख्तियारको छानबीन पूर्वाग्रहरहित देखिएन।

प्रतिपक्षी दलको हैसियतले कांग्रेसले अख्तियारका ती कमजोरीविरुद्ध उठाएको आवाज जायज हो। तर, आफ्नो असहमति राख्दा अवरुद्धै गर्नुपर्ने अवस्था भने देखिन्न। ‘जग्गा फिर्ता गर्छु’ भनेपछि कारबाही नगरी छाडिएका विषयमा उसले संसदमै बलियोसँग आवाज उठाएर जनमत आफ्नो पक्षमा ल्याउन सक्छ। जनदबाब निर्माण गर्न सक्छ। तर, संसदै अवरुद्ध बनाउँदा कांग्रेसले आफ्ना धारणा राख्ने थलो समेत गुमाइरहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

कांग्रेसले संसदबाटै मुद्दा दायर गर्दा भएका कमजोरी औंल्याउने र आवाज उठाउने अपेक्षा धेरैको थियो। तर, कांग्रेस अनपेक्षित रुपमा आक्रामक भयो र यो मुद्दासँग सोझो सम्बन्ध नभएको प्रतिनिधि सभा अवरुद्ध गर्न पुग्यो।संसद, सत्तारुढ पार्टी र सरकारको विषय नभइ स्वतन्त्र संवैधानिक निकायको हो। जुन राजनीतिक दबाब बिना चल्ने अपेक्षा गरिन्छ। संसदमा सत्ताको छायाँ पर्नबाट रोक्ने दायित्व प्रमुख प्रतिपक्षी दलको पनि हो।

तर, कांग्रेसले अवरुद्ध गर्ने बाटो रोज्दा उसको असहमति नेकपाका नेतालाई जोगाएकोमा भन्दा पनि आफ्नो दलका नेता भ्रष्टाचारमा परेकोमा बढी चिन्तित भएको सन्देस गएको छ। कांग्रेसले प्रधानमन्त्रीय प्रणालीमा हुने मन्त्रिपरिषद्का निर्णयमा मन्त्रीमात्रै भ्रष्टाचारी नहुने तर्क गरेको छ, गच्छदारका हकमा। तर, त्यही प्रकृतिको मुद्दा चलेका अन्य दुई मन्त्री र तीन सचिवका विषयमा मौन छ। उसले नेकपा नेता माधव नेपाल र विष्णु पौडेलका छोरा नवीनको विषय उठाउँदा बाबुराम भट्टराईबारे मौन छ । जसले कांग्रेस विषय होइन, व्यक्तिका लागि लडिरहेको देखियो । जुन का‌ंग्रेसका लागि हितकर हुँदैन।

न्याय र न्यायालयमाथि विश्वास राख्ने लोकतान्त्रिक पार्टीले आरोप लाग्दैमा आत्तिहाल्नु पर्दैनथ्यो । आयोगले त अहिले आरोपमात्रै लगाएको हो । आरोपी कसुरदार भए/नभएको ठहर्‍याउने जिम्मा स्वतन्त्र अदालतको हो। गच्छादारले गल्ति नगरेको विश्वासमा कांग्रेस छ भने उनलाई कानुनी लडाइँ लड्न सघाउन सक्छ । सडकमार्फत् सत्ताको प्रभावमा अख्तियारले चालेको गलत कदमको पक्षमा जनमत निर्माण गर्न सक्छ। तर, उसले सडक तताउने जिम्मा भातृ संस्थालाई दिएर आफू संसदको ढोकामा ताल्चा ठोक्ने बाटोमा हिँडेको छ। जुन कानुनी राज्यको पक्षधर पार्टी सुहाउँदो कदम हुन सक्दैन। 

अदालतको क्षेत्राधिकारभित्र परिसकेको विषयलाई संसदमा बहस नगर्ने व्यवस्था संविधानमा छ। तर, कांग्रेसले अदालतमा प्रवेश गरेको विषयलाई संसदमा  ल्याएर अदालतमाथिको अविश्वास बढाउने काम गरेको छ। कानुनी विषय राजनीतिक आधारमा सल्टाउने उसको यो प्रयास स्वभाविक रुपमा लिन सकिँदैन। 

शक्ति पृथकीकरण लोकतन्त्रको आधार मानिन्छ । लोकतन्त्रमा विश्वास गर्ने पार्टीले अदालतमाथि अविश्वास गर्नु शोभनीय होइन। प्रधानमन्त्रीय प्रणालीमा मन्त्रिपरिषदबाट नीतिगत निर्णय गराएर मन्त्रीले भ्रष्टाचार गर्न सक्ने वा नसक्ने विषयको व्याख्या विशेष अदालतले गर्ला। यस विषयमा सर्वोच्च अदालतका केही नजिर पनि छन्। मुद्दाको छिनोफानो गर्ने क्रममा नजिर पनि पक्कै हेर्ला नै।

आज जसरी अख्तियार अनुसन्धानमा सत्ताधारी दलबाट प्रभावित देखियो, भोलि अदालत पनि प्रभावित हुनसक्छ। प्रमुख प्रतिपक्षी दलको रुपमा अदालतमा सत्ताको छायाँ पर्नबाट रोक्ने जिम्मेवारी बोकेको पार्टी कांग्रेसले चनाखो भएर भोलिका दिनमा यो प्रकरणमा अदालतले अगाडि बढाउने प्रक्रियाको निगरानी गर्नसक्छ।

तर, आरोप पत्र दर्ता भएकै आधारमा ऊ जसरी उग्र रुपमा संसदमा प्रस्तुत भएको छ, यसले अदालतमा प्रमुख प्रतिपक्षीको छाँया पार्न ऊ आफैं सक्रिय भएको सन्देस गएको छ। सुशासनका सन्दर्भमा सबैजसो पार्टी र नेताहरु जनताको शंकाको घेरामा छन्। उनीहरुले भ्रष्टाचार गरेको कुरालाई सर्वसाधारणले अविश्वास गर्ने वतावरण पक्कै छैन। पूर्व प्रधानमन्त्री नेपाल, भट्टराई अनि नेकपा महासचिव पौडेलका छोरा नवीनलाई अख्तियारले गरेको नरम व्यवहारबारे आम नागरिक सन्तुष्ट छैनन्। प्रश्न उठाइरहेका छन्। तर, ललिता निवास प्रकरणमा परेका गच्छादारको पृष्ठभूमिले पनि उनीमाथि लागेको आरोप पूर्वाग्रहबाट प्रेरित हो भन्ने पक्षमा पनि जनमत देखिन्न।

प्रमुख प्रतिपक्षी दलको जिम्मेवारी आफ्नो दलको नेताको पक्षमा मात्र बोल्ने पक्कै हैन। उसले समग्र प्रक्रिया र प्रणालीबारे बोल्नुपर्छ। अख्तियारले ललिता निवास प्रकरणमा अदालतमा बुझाएको आरोप पत्रमा तटस्थता छैन भने उसले त्यो तटस्थताको अभावमा मार परेका अन्यका बारेमा पनि बोल्न सक्नुपर्छ। यो उसको दायित्व पनि हो ।

तर, त्यसका लागि उसले भ्रष्टाचारको आरोप लागेका आफ्नो उपसभापतिलाई राजनीति दाउपेचका आधारमा फसाइएको तर्क गर्नतर्फ भन्दा सोही निर्णयका साझेदारहरु उम्काइएको विषयलाई प्रमुखताका साथ उठाउन सक्नुपर्छ। उनीहरुको इमान परीक्षणको जिम्मेवारी पाएको अदालत सत्ताबाट प्रभावित नहोस् भन्नेमा सचेत हुनुपर्छ। 

त्यसको विकल्प संसदलाई बन्धक बनाउनु पक्कै होइन। संसद अवरुद्ध गरेर भन्दा संसदमा बहस गरेर मात्र बाटो बिराएको अख्तियारलाई लिकमा ल्याउन सकिन्छ। त्यसैले संसदको गेटमा ताल्चा ठोकेर होइन, संसद सुचारु गरेर भित्रै टेवल ठोकेर सत्ताधारी दललाई सचेत गराउने बाटो रोज्नु नै प्रमुख प्रतिपक्षका लागि हितकर देखिन्छ।
 

प्रकाशित मिति: शुक्रबार, माघ २४, २०७६  १८:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी सबैभन्दा गम्भीर पक्ष उद्धारका लागि सुरुदेखि नै विदेशी मुलुकहरूले देखाएको सहयोगको तत्परता हो। बाह्रवटा देशले आफ्ना फसेका नागरिकहरूको... बिहीबार, भदौ १८, २०८३
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? नेपाली सेनाले मात्र विभिन्न क्षेत्रमा स्थल तथा हवाई माध्यमबाट उेको छ। त्रिशूली क्षेत्रमा अस्पतालको पहुँचसमेत प्रभावित भएपछि सैनिक ब्... आइतबार, भदौ १४, २०८३
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? आगामी रजिष्ट्रारको सबैभन्दा ठूलो चुनौतीमध्ये एउटा प्रतिष्ठानलाई दीर्घकालीन रुपमा आर्थिक तथा संस्थागत रुपमा बलियो बनाउनु हुनेछ । यसका... शनिबार, भदौ १३, २०८३
ताजा समाचारसबै
रसुवा र नुवाकोटमा आकस्मिक बाढीको उच्च जोखिम, उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्क रहन आग्रह शुक्रबार, भदौ १९, २०८३
१० मिनेटमा बदलिएको लामुसोती शुक्रबार, भदौ १९, २०८३
शाही भन्छन्, ‘मान्छेहरू जिउँदै छन्, सुरुङभित्र छन् भन्दा गाली गरियो’ शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट अर्का व्यक्तिको पनि जीवित उद्धार शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार गरियो शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्