• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २७, २०८३ Sat, Sep 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

कन्हैयाको पुस्तकले ‘आतंककारी’ बनेका सुडल

64x64
नारायण अधिकारी शनिबार, माघ २५, २०७६  ०६:३०
1140x725

काठमाडौं– के अहिले नेपाल द्वन्द्वको चरम चरणमा छ? के नेपालमा शक्तिशाली आतंककारी संगठन छन्, जसले जुनसुकै बेला देशको जुनसुकै स्थानमा कब्जा जमाउन सकोस्? के अहिले संकटकाल लागेको बेला हो?

नेत्रविक्रम चन्द ‘विप्लव’ समूह छिटफुट विष्फोटका घटनामा सक्रिय छ। तर शान्ति सुरक्षाको अवस्था चरम द्वन्द्वकालको झैं पक्कै छैन। तर प्रहरीलाई मुड चल्यो भने अहिले जहाँ पनि, जुनसुकै बेलामा संकटकाल लाग्न सक्छ।

गत साता यस्तै झल्को दिनेगरी त्रिचन्द्र कलेजमा संकटकाल लाग्यो। र, सुडल राई झण्डै–झण्डै आतंककारी प्रमाणित भए। प्रहरीले द्वन्द्वकालकै शैलीले केरकार गर्‍यो, हिरासतमा राख्यो। धम्क्यायो, तर्सायो। तर उनी आतंककारी थिएनन् र जोगिए।

जिन्दगीका २१ सिँढीमा हिँड्दै गरेका राईले यी २१ वर्ष हाँसीखुँसीमै बिताए। तर, केही दिनअघिदेखि प्रहरी हिरासतमा पुगेपछि उनी केही निराश छन्।

०००

सरस्वती पूजाको भोलिपल्ट, माघ १७ गते। 

घन्टाघरस्थित त्रि-चन्द्र कलेजमा बिएससी जिओलोजी दोस्रो वर्षमा अध्ययनरत उनी अक्सर कलेज छुटाउँदैनन्। माघ १७ गते शुक्रबारको दिन उनी सधैं झैं कलेज गए। साथीभाइ, हाई-हेल्लो, गफगाफ।

Ncell 2
Ncell 2
nimb
nimb

‘बर्दी लगाएका एक महिला र तीन पुरुष प्रहरी कम्मरमा पेस्तोल भिरेरै भित्र छिरे। अरु त अश्रु ग्यास पनि छ भन्थे। तर मैले देखिनँ,’ ओठ थर्थर कमाउँदै,बोली लर्बराउँदै सुडलले नेपाल लाइभसँग भने।

कलेजको माहोल प्रायः यस्तैमा बित्छ। तर सुडल केही फरक सोच राख्थे। पढ्नु उनका लागि कोर्सको किताबमात्रै थिएन। उनी जीवन र जगत बुझ्न चाहन्थे। त्यसैले पढाइ सकिएपछि उनी घन्टौं लाइब्रेरीमा बिताउँथे। त्यो दिन पनि खाजा खाएर उनी कलेजकै लाइब्रेरीमा छिरे।

लाइब्रेरी छिर्ने बेलामा उनले घनश्याम प्रतिकलाई देखे। प्रतिक सुडलले प्लस टु पढेको दमकस्थित कलेजको प्रशासनमा काम गर्ने व्यक्ति हुन्। उनीहरुबीच पहिलैदेखि चिनजान थियो। 

क्याम्पस प्रमुखको कोठामा छिरेका प्रतिकलाई उनले लाइब्रेरी अगाडि केही समय पर्खिए। प्रतिक निस्किएपछि सुडल र उनीबीच सामान्य गफगाफ भयो। त्यसपछि उनी लाइब्रेरी छिरे।

०००

जीवन दर्शनमा चासो राख्ने उनको हातमा भारतीय युवा नेता कन्हैया कुमारको ‘बिहार से तिहाड’ पुस्तक थियो। उनी लाइब्रेरीमा बसेर त्यही  पुस्तकमा घोत्लिन थाले। 

लाइब्रेरीमा उनीभन्दा पहिल्यै सोही कलेजमा अध्ययनरत रन्जन लिम्बू र सन्ध्या मगर अध्ययनमै मग्न थिए।

एक्कासी लाइब्रेरीको ढोका लाग्यो। प्रायः खुल्लै हुने ढोका खोल्न खोज्दा खुलेन। छक्क परे। बाहिरबाट कसैले ढोकामा चुकुल लगाइदिएछ।

त्यतिबेला सुडललाई कुनै साथी जिस्के जस्तो लाग्यो। उनले ढङढङ गरिरहे ढोकामा। केही मिनेटमा एक हुल प्रहरी लाइब्रेरीमा प्रवेश गरे हतियारसहित। उनको सात्तो गयो।

‘बर्दी लगाएका एक महिला र तीन पुरुष प्रहरी कम्मरमा पेस्तोल भिरेरै भित्र छिरे। अरु त अश्रु ग्यास पनि छ भन्थे। तर मैले देखिनँ,’ सुडलले नेपाल लाइभसँग भने, ‘त्यसपछि हामी तीनै जनालाई च्याप्प पाखुरामा समाएर घिसार्न थाले।’

‘किन समातेको? कहाँ लान खाजेको?’ सुडलले सोधे।

प्रहरीले भन्यो, ‘यहाँ भएका सबै जना हाम्रो रेकर्डमा छन्। यी पनि आतंककारी हुन्। त्यसैको लिस्ट हो यो। तँ पनि एउटा आतंककारी नै होस्। यिनीहरुको सबै डाटा भन्। अहिले कहाँ, के गर्दैछन्? आतंकवादीको सबै नाम लिस्ट दे। ठेगाना र सूचना दे।’

तर प्रहरीले घिसार्न छाडेन। चार जना प्रहरीको अगाडि उनीहरुको केही जोर चलेन। लाइब्रेरीबाट घिसार्दै कलेजको गेट बाहिर ल्याएर भ्यानमा हाल्यो।

कलेजभित्रैबाट तीन विद्यार्थीलाई बर्दीधारी प्रहरीले घिसार्दै लग्दा पनि कलेजमा रहेका अन्य कसैले प्रतिवाद गरेनन्। भ्यानमा हाल्दा पनि कसैले सोधेनन् ‘किन लैजान लागेको हाम्रो साथीलाई?’

दिउँसोको १ बजिसकेको थियो।

सुडलका लागि प्रहरीको भ्यान पहिलो अनुभव थियो। कहाँ लगेको? किन लगेको? के गर्ने हो? भ्यानभरि मनमा यस्तै प्रश्न आइरहे। तर प्रहरीसँग सोध्ने आँट गर्न सकेनन्। 

गाडीमा हालेको केही मिनेटमै प्रहरी कार्यालय अगाडि गाडी रोकियो। भ्यानबाट झार्दै गर्दा यसो मुन्टो उठाएर बोर्ड हेरे। लेखिएको थियो ‘महानगरीय प्रहरी वृत्त दरबारमार्ग’

०००

माओको चित्र अंकित पैसा देखाउँदै प्रहरीले भन्यो, ‘तँ आतंकवादी होस् भन्ने पुष्टि भइसक्यो। यो तिमीहरुले कम्युनिकेसनका लागि युज गर्ने पैसा हो। डायरीमा लेखिएका अक्षरहरु कोडभाषा हुन्।’

पक्राउ पूर्जीबिना छापामारी शैलीमा दरबारमार्ग पुर्‍याइएका तीनै जनालाई प्रहरीले एक तलामाथि लग्यो। त्यसपछि प्रहरीको खानतलासी सुरु भयो। जुत्ता खोल्नेदेखि शरीरका सबै अंग छामछुम पारिए। सुडलको झोलामा फेला पर्‍यो, उही कन्हैया कुमारको किताब र डायरी।

‘यो आतंकवादीले पढ्ने किताब हो‚’ प्रहरीले भने। उनी छक्क परे। कन्हैया कुमार कहिलेबाट आतंककारी भएछन्। उनले डायरीमा झन्डै ६ पेजजति जिओ क्लबका विद्यार्थीको नाम लेखेका थिए। त्यसलाई प्रहरीले प्रतिबन्धित विप्लव पार्टीका सदस्यहरुको नामावली बनाइदियो।

जिओ क्लबका विद्यार्थीहरुको नामावली।

विद्यार्थीको नामावली देखाउँदै प्रहरीले भन्यो, ‘यहाँ भएका सबै जना हाम्रो रेकर्डमा छन्। यी पनि आतंककारी हुन्। त्यसैको लिस्ट हो यो। तँ पनि एउटा आतंककारी नै होस्। यिनीहरुको सबै डाटा भन्। अहिले कहाँ, के गर्दैछन्? आतंकवादीको सबै नाम लिस्ट दे। ठेगाना र सूचना दे।’

प्रहरीले उनलाई एकाएक आतंककारी संगठनको खुँखार नाइके बनाइदियो। उनी बोल्नै सकेनन्।

त्यसपछि उनको फेसबुक र इमेल आइडीहरु प्रहरीको निसानामा परे। 

‘त्यतिबेला मेरो व्यक्तिगत गोपनीयतामाथि नै चिरहरण भयो,’ दाहिने खुट्टाको बुढी औंलाले कार्पेट रगट्दै घोसेमुन्टो लगाएर उनले सुनाए। 

प्रहरीको प्रारम्भिक अनुसन्धान चल्दै थियो। त्यति नै बेला डायरीबाट फेला पर्‍यो माओको तस्बिर भएको १ चिनियाँ युआन।

उखु किसानको पक्षमा सुडलको डायरीमा लेखिएका नारा र उनको डायरीमा भेटिएको चिनियाँ युआन।

माओको चित्र अंकित पैसा देखाउँदै प्रहरीले भन्यो, ‘तँ आतंकवादी होस् भन्ने पुष्टि भइसक्यो। यो तिमीहरुले कम्युनिकेसनका लागि युज गर्ने पैसा हो। डायरीमा लेखिएका अक्षरहरु कोडभाषा हुन्।’

सुडलसँग त्यो दिन मोबाइल थिएन। प्रहरीले झनै शंका गर्‍यो। ‘लोकेसन थाहा पाउँछ भनेर तैंले मोबाइल नबोकेको,’ सुडललाई प्रहरीले आरोप लगायो।

दरबारमार्ग वृत्तको एक तलामाथि लगेर सादा पोसाकका प्रहरीले उनलाई करिब ३० मिनेट र्‍याखर्‍याख्ती पारे। मानसिक यातना दिँदै गल्ती स्वीकार गर भने। तर सुडलले आफूमाथि लागेको आरोपको प्रतिवाद गरिरहे। 

त्यसपछि प्रहरीको गाली सुरु भयो। ‘प्रहरीले यस्तो मुख छाड्छ भन्ने मैले कल्पना पनि गरेको थिइनँ, त्यस्तो मुख छाडे,’ गालीमा प्रयोग भएका कान टट्याउने शब्द उच्चारण नगर्ने भन्दै उनले यतिमात्रै भने।

०००

अब त छाड्ला भन्ने सोचेका सुडललाई आधा घन्टाको केरकारपछि प्रहरीले हिरासतमा पठायो। घरका कसैलाई पनि यसबारे केही थाहा थिएन। सुडललाई प्रहरीले कता लग्यो, किन लग्यो उनका साथीहरुलाई केही थाहा थिएन। सुडल सिनामंगलमा आन्टीसँग बस्दै आएका थिए। उनका साथी यतिश ओझाले सुडलकी आन्टीलाई उनलाई प्रहरीले लगेको सूचना दिए।

‘प्रहरीले त लग्यो। यत्रो धेरै पुलिस स्टेसन छ। कहाँ जाने केही आइडिया भएन। आन्टीलाई पनि केही थाहा रहेनछ,’ यतिशले नेपाल लाइभसँग भने, ‘एक-दुई जनालाई सोध्दा त्रि-चन्द्रबाट पक्राउ गरेको भनेपछि रानीपोखरी या दरबारमार्ग लगेको हुनुपर्छ भन्ने लाग्यो।’

यतिश र सुडलकी आन्टी रानीपोखरी प्रहरी कार्यालय गए। त्यहाँ सुडल थिएनन्। ‘१०० मा फोन गरेर त्रि-चन्द्र कलेजबाट पक्रेको सुडल राई नाम गरेको मान्छे कहाँ छ? भनेपछि दरबारमार्ग भन्ने जानकारी आयो,’ ओझा भन्छन्।

पीडित उखु किसानको पक्षमा भएको आन्दोलनका क्रममा सुडलको व्यक्तिगत विवरण टिप्दै एक प्रहरी।

केही मिनेटमै स्याँस्याँ गर्दै उनीहरु दुवै जना दरबारमार्ग वृत्त पुगे। त्यहाँ ६ नम्बर कार्य शाखामा सोध्नु भनेपछि उनीहरु ६ नम्बरमा पुगे। प्रहरीबाट जवाफ आयो, ‘राज्यले प्रतिबन्ध लगाएको समूहमा लागेको रहेछ, त्यही भएर पक्राउ गरेको हो। उहाँलाई हामी भोलि २५ दिनको म्याद थप गर्छौं। त्यसपछि अनुसन्धान सकेर मुद्दा दर्ता हुन्छ।’

‘त्यतिखेर मलाई के लाग्यो भने एउटा पढ्दै गरेको विद्यार्थीलाई कालो पट्टी बाँधेर आफ्नै देशभित्र एउटा आतंककारीको रुपमा किन लिइयो। यो कुराले एकदम चित्त दुख्यो। ’

प्रतिबन्ध गरेको समूह रे? मुद्दा दर्ता रे? कसरी यस्तो हुन्छ। सधैं कलेज गएर पढेर आउने सुडल कसरी प्रतिबन्धित समूहमा लाग्यो? उनीहरु दुवै जनाले आफैंलाई प्रतिप्रश्न गरे।

६ नम्बर कोठाबाट तल झरेर हिरासतमा रहेका सुडललाई उनीहरुले भेटे। पक्राउको कारण बुझ्न खोजे। ‘कन्हैयाको किताब आतंककारीले पढ्ने हो रे। माओको नोट कोड भाषाका लागि हो भन्छ, अरु थाहा छैन,’ सुडलले आन्टी र साथी ओझालाई यतिमात्रै भन्न सके। 

भेटका लागि प्रहरीले निश्चित समय छुट्याएको हुन्छ। उनीहरुको समय सकियो। सुडललाई हिरासतमै छाडेर आन्टी र साथी ओझा बिदा भए।

त्यो रात सुडलको हिरासतमै बित्ने पक्का भइसकेको थियो। उनको मनमा दुईवटा कुरा खेलिरह्यो। पहिलो चिन्ता थियो, घरमा कसरी कन्भिन्स गराउने? दोस्रो साथीभाइलाई कसरी कन्भिन्स गराउने? यिनै चिन्ता, अब के गर्छ, के हुन्छ? जस्ता प्रश्नले उनलाई रातभर चिमोटिरह्यो।

०००

जिओलोजी दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरु राजनीति गर्नेभन्दा पनि सचेत विद्यार्थीको हिसाबले कसैलाई केही अप्ठ्यारो पर्दा सहयोग गर्ने, राष्ट्रिय मुद्दामा खबरदारी गर्ने गरिरहन्थे। त्यसको केन्द्रमा थिए, सुडल। उखु किसानको आन्दोलन होस् या एमसिसी होस्, उनीहरुले यस विषयमा स्वतन्त्र रुपमा आन्दोलन गरेका थिए। विभिन्न प्लेकार्ड प्रदर्शन गरेका थिए। जसका कारण उनी प्रहरीको नजरमा पर्दै गए होलान्।

एमसिसीको विरोध जनाउँदै सुडललगायतका विद्यार्थी ।

०००

रात अनिँदोमै बित्यो। बिहान म्याद थप गर्छ या गर्दैन, उनलाई केही थाहा थिएन। सादा पोसाकका प्रहरी आएपछि हिरासतमै भएका अन्य अभियुक्तले टेकुबाट आएको हो, सोधपुछ गर्न त्यहाँबाट खतरा मान्छे आउँछन् भने। तिनै टेकुबाट आएका भनिएका प्रहरीले सुडललाई फेरि एक तलामाथि लग्यो। एकछिन अघिसम्म संसार चिहाएका उनका आँखामा कालो पट्टी बाँधियो।

‘यो तेरै अक्षर हो भनेर कम्युनिष्ट पार्टी १५ पटक लेख्न लगाए। १५ पटकसम्म पनि अक्षर नमिलेपछि लेख्न लगाइएन,’ सुडलले तितो विगत सुनाए।

‘कालो पट्टी बाँधेपछि कता लग्यो मलाई थाहा भएन,’ सुडल भावुक बन्छन्। उनका अनुसार अघिल्लो दिनजस्तो टेकुबाट आएका प्रहरीले यातना दिने कुरा चाहिँ गरेनन्। सोधपुछमात्रै गरे। ‘विप्लवको संगठनमा छस् कि छैनस्। को कहाँ छ? के गर्दैछ?,’ यिनै प्रश्न उनीमाथि तेर्सिए। विप्लवको कुनै संगठनमै नरहेका उनीबाट यस्तो प्रश्नको जवाफ आउने कुरै भएन।

यिनै प्रश्न उनको मनमा नराम्रोसँग गड्यो। ‘त्यतिखेर मलाई के लाग्यो भने एउटा पढ्दै गरेको विद्यार्थीलाई कालो पट्टी बाँधेर आफ्नै देशभित्र एउटा आतंककारीको रुपमा किन लिइयो। यो कुराले एकदम चित्त दुख्यो।’ त्यस दिनदेखि सुडलको हराएको हाँसो र खुसी अहिलेसम्म फर्किएको छैन। करिब २० मिनेट टेकुबाट आएको प्रहरीले सोधपुछ गरेपछि उनलाई फेरि हिरासतमै पठाइयो।

०००

पक्राउ परेदेखि बयान लिनेसम्म कुनै प्रहरीको नाम सुडललाई थाहा छैन। टेकुबाट आएका प्रहरीले बयान लिइसकेको केही समयपछि फेरि उनलाई एक तलामाथि लगियो। त्यसबेला कुममा एउटा खुकुरी चिह्न लगाएका प्रहरी अफिसरले बयान लिएको उनले सुनाए। सबैभन्दा कडा यातना उनलाई यतिबेलै लाग्यो।

‘विप्लव पार्टीको बुद्ध भन्ने मान्छे तँ हो। तेरो उपनाम बुद्ध होइन?,’ ती प्रहरी अधिकारीले प्रश्न गरे। एक झुटलाई हजार चोटी भनेको भन्यै गरेपछि सत्य हुन्छ भनेजस्तो सुडललाई धेरै चोटी तँ बुद्ध होस्, बुद्ध, बुद्ध, बुद्ध भनेर प्रहरीले भनिरह्यो। 

तिनै प्रहरी अधिकारीले कन्हैया कुमारको किताबमा जेएनयु, कम्युनिष्ट पार्टी भनेर कलमले लेखेको भेट्टाए। ‘त्यसपछि मलाई तैंले नै लेखेको हो। यो तेरै अक्षर हो भनेर कम्युनिष्ट पार्टी १५ पटक लेख्न लगाए। १५ पटकसम्म पनि अक्षर नमिलेपछि लेख्न लगाइएन,’ सुडलले तितो विगत सुनाए।

तर, त्यो किताब सुडलको थिएन। उनलाई टियुमा पढ्दै गरेका संघर्ष दाहाल नाम गरेका व्यक्तिले पत्रकार नरेश ज्ञवालीसँग मागेर पढ्न दिएका थिए। ती अक्षर उनै पत्रकार ज्ञवालीका थिए। जसकारण सुडलसँग मिल्ने कुरै भएन। ‘यदि मिलेकै भए पनि नेपाल कम्युनिष्ट पार्टी लेख्न नपाइने भन्ने त होइन होला नि?’ उनको प्रश्न छ।

त्यसपछि अनेक डर देखाउँदै प्रहरीले विप्लवको पार्टीमा भएको स्वीकार्न दबाब दियो। ‘तेरो सबै विवरण हामीले पहिलादेखि नै संकलन गरिरहेका छौं। फोटाहरु पनि छन्। हामीलाई रिपोर्टिङ पनि भइरहेको छ। छिटो स्वीकार,’ प्रहरीले उनीमाथि दबाब दियो। तर सुडलले स्वीकारेनन्।

‘यो आतंककारीले पढ्ने किताब हो। तँ पनि आतंककारी नै होस्। तँलाई फसाउन यति नै काफी छ,’ प्रहरीले किताब देखाउँदै उनलाई थ्रेट दियो।

०००

प्रहरीले उनको कलेजको आइडी पनि खोसिसकेको थियो, जुन अहिले पनि फिर्ता गरेको छैन। आइडीमा सिफ्टको ठाउँमा मर्निङ लेखिएको थियो। त्यसलाई प्रहरीले मोरङ बनायो। ‘तेरो घर मोरङ रहेछ। झापा भनेर ढाँट्छस्?,’ यो प्रश्न सोधेपछि सुडललाई भने प्रहरीले पढ्दैनन् कि जस्तो लागेछ। उनले भने, ‘मर्निङ लेखेकोलाई मोरङ भन्छन्। बिएससी लेखेको बिएसी लेख्छन्। उल्टै किन ढाँट्छस् भन्दै गाली गर्छन्। प्रहरीले पढ्दैनन् कि जस्तो लाग्यो मलाई।’

अन्तिममा माओको फोटो भएको पैसा, विद्यार्थीको नाम भएको डायरी देखाउँदै प्रहरीले भन्यो, तँलाई फसाउनका लागि यो किताब, डायरी र पैसा नै काफी छ। ‘आरोप स्वीकार। साइन्स पढ्ने मान्छेले राजनीति बुझ्नु पनि हुँदैन। पढ्ने चासै राख्नु हुँदैन। तिमीहरु भनेको पढेर विदेश जाने हो,’ के पढ्ने के नपढ्ने कहाँ जाने भन्ने आदेश पनि प्रहरीले नै दिए।

करिब ३० मिनेटको गालीगलोज, धम्की र सोधपुछपछि उनलाई पुनः हिरासतमा पठाइयो। पहिलो पटक हिरासत पुगेका उनी अत्यासमा थिए। केही सान्त्वना मिल्ने खबर एक जना प्रहरीले ल्याए– फोन गरेर आफ्नो मान्छे बोलाऊ तिमीहरु छुट्छौं। त्यसपछि कलेजकै महेन्द्र चन्द नाम गरेका दाइ उनको अभिभावक बनेर दरबारमार्ग प्रहरी पुगे।

‘आन्दोलनमा नहिँड्न र किताब नपढ्न भन्दै परिवारले सम्झाइरहेका छन्। तर मनै मान्दैन। अझै पढ्दैछु कन्हैया कुमारको किताब,’ उनले भने।

‘हस्ताक्षर गर्न लगायो। त्यसपछि दैनिक हाजिर गर्न आउने गरी चन्द दाइको जिम्मा लगाएर छाड्यो,’ सुडलले घटनाको बेलिविस्तार लगाए। उनीसँगै पक्राउ परेका अन्य दुई जना पनि छुटे। तर आफूलाई किन पक्राउ गरियो र किन छाडियो, सुडलले थाहा पाउन सकेनन्। 

०००

बिना कसुर एक रात हिरासतमा बिताएका सुडलको अहिले हाँसो खोसिएको छ। खुसी लुटिएको छ। उनमा अझै यतिसम्म भय छ कि, छुटेपछि  मोबाइल समेत बोकेका छैनन्।

‘छुटिसकेपछि पनि उनीहरुले मेरो जिमेल पासवर्ड हानेर खोल्न खोजेका रहेछन्। तेरो आइडी लगइन गर्न खोज्यो तर अनरिकग्नाइज्ड डिभाइस भएकाले हामीले एक्सेस दिएनौं भन्दै म्यासेज आइरहेको थियो। फेरि फोन रेकर्ड गर्लान् भनेर मोबाइल बोकेको छैन,’ भय मिश्रित भावमा उनले भने।

झापाको कमल गाउँपालिका–४ का सुडलको परिवारमा एक भाइ र आमाबुबा छन्। बिनाकसुर कन्हैया कुमारको किताब पढेको र आन्दोलनमा देखेकै भरमा पक्राउ परेपछि उनको परिवार पनि अहिले त्रसित छ। ‘आन्दोलनमा नहिँड्न र किताब नपढ्न भन्दै परिवारले सम्झाइरहेका छन्। तर मनै मान्दैन। अझै पढ्दैछु कन्हैया कुमारको किताब,’ उनले भने।

लाइब्रेरीबाटै विद्यार्थी सुडल पक्राउ परेपछि उनी सहितको टोलीले गत मंगलबारमात्रै क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ।

क्याम्पसभित्र प्रहरी किन छिर्‍यो? कसले अनुमति दियो? बर्दी लगाएर, हतियार भिरेर क्याम्पस छिर्न र विद्यार्थी पक्राउ गर्न क्याम्पस प्रमुखले अनुमति दिएको हो कि होइन? विद्यार्थी पक्राउ परिसकेपछि क्याम्पस प्रशासनले किन परिवारलाई जानकारी गराएनजस्ता प्रश्न उनीहरुको ज्ञापनपत्रमा समेटिएका छन्। 

क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै।

जवाफमा क्याम्पस प्रमुखले अबदेखि यस्तो घटना दोहोरिन नदिने मौखिक प्रतिबद्धता जनाए। ‘यो घटनाले मलाई पनि दुःख लागेको छ। पहिले पनि प्रहरीले मलाई खबर गरिरहन्थ्यो। तपाईंहरुको सुरक्षाको विषयमा जे गरे पनि गेटबाहिर निस्केपछि गर्नुस् भन्ने गरेको थिएँ। यसपाली चाहिँ पक्राउ गरेर लगिसकेपछिमात्रै जानकारी आयो,’ प्रमुखको भनाइ उद्धृत गर्दै सुडलले भने, ‘क्याम्पस प्रमुखले अब यस्तो नहुने प्रतिबद्धता जनाउनुभएको छ।’

प्रकाशित मिति: शनिबार, माघ २५, २०७६  ०६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
रसुवा जोड्ने वैकल्पिक मार्गमा यात्रुलाई सास्ती राजमार्ग क्षतिग्रस्त बनेसँगै स्थानीय बासिन्दाले यातायात पहुँच कायम राख्न वैकल्पिक मार्ग निर्माण तथा सञ्चालनमा ल्याउने प्रयास गरिरहेक... बुधबार, भदौ २४, २०८३
जेनजी शहीद गोपालका बुबाआमाको कामना– गोपालहरू मर्नुपर्ने गरी फेरि कुनै आन्दोलन नहोस् आन्दोलनका क्रममा गोपालले ज्यान गुमाएको एक वर्ष पुग्न लाग्दा उनका ८३ वर्षीय बुबा धनपति सेढाईंको मनमा भने छोराको सम्झना अझै ताजा छ। छो... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक शुक्रबार, भदौ २६, २०८३
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्