काठमाडौं- स्पेनका महारथी टिम बार्सिलोना र रियल मड्रिड दुबै टिम स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा पराजित भएका छन्।
बिहीबार राति भएको क्वाटरफाइनलमा बार्सिलोना एथ्लेटिको विलबाओसँग पराजित हुँदा रियल मड्रिड रियल सोसाइडेडसँग आफ्नै घरेलु मैदानमा स्तब्ध बन्यो। बार्सिलानो आफ्नै खेलाडीको आत्मघाती गोलमा पराजित हुन पुग्यो।
खेल अवधिभर बल पोजिसन आफ्नो पक्षमा परेपनि बार्सिलोनाले अतिरिक्त समयमा गोल खान पुग्यो। सर्जियो बस्क्वटले अतरिक्त समयमा आत्मघाती गोल गर्न पुगे। योसँगै बार्सिलोना एथ्लेटिको विलबाओसँग १–० गोलले पराजित भएको हो।
बिहीबार राति नै भएको अर्को खेलमा रियल मड्रिड रियल सोसाइडेडसँग ४–३ गोलअन्तरले पराजित हुँदै क्वाटरफाइनलमै सीमित बनेको हो। पहिलो हाफमा १–० गोलअन्तरले पछि परेको रियल मड्रिडले दोस्रो हाफमा ३ गोल गरेपनि ३ गोल नै खान पुग्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।