काठमाडौं- आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत त्रिदेशीय सिरिजमा अमेरिकाले ओमानलाई २१४ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा २१३ रन बनाएपछि ओमानले मध्यम लक्ष्य पाएको हो।
इयन होल्यान्डले ६५ रन बनाउँदै अमेरिकाको पारी सम्हालेका थिए। त्यस्तै, अक्षय होमराजले ४४, मोनांक पटेलले १९ र तमिल पटेलले १६ रनको योगदान दिए।
बलिङतर्फ मोहम्मद नदिमले ३ विकेट लिदा बिलाल खान, जिसान मकसोद र अकिब लियासले समान २–२ विकेट लिए।
ओमानले बुधबार भएको पहिलो खेलमा नेपाललाई १८ रनले पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।