काठमाडौं- आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत त्रिदेशीय सिरिजमा १९८ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालको सातौं विकेट पतन भएको छ।
सातौं विकेटको रुपमा करण केसी शुन्य रनमा आउट भए। यसअघि छैटौं विकेटको रुपमा नेपालका विनोद भण्डारी २६ रनमा आउट भएका थिए।
खराब सुरुवात गरेको नेपालले ४ रन हुँदा कप्तान ज्ञानेन्द्र मल्ललाई १ र पारस खड्कालाई ३ रनमा गुमाएको थियो। त्यसपछि ब्याटिङ गर्न आएका शरद भेषावकर र दीपेन्द्रसिंह ऐरीले राम्रो साँझेदारी गर्दै नेपाललाई उकासेका थिए। शरदसँग मिलेर ६२ रनको साँझेदारी गरेका दीपेन्द्र ३६ रनमा मोहम्मद नदिमबको बलमा एल्बिडब्लु आउट भए।
दीपेन्द्र आउट हुँदा नेपालको ६६ रन थियो। २३.१ ओभरमा आरिफ शेखलाई व्यक्तिगत ६ रनमा गुमाएको नेपालले रोहित कुमार पौडेललाई लगतै शुन्य रनमा गुमाउँदा स्कोर ७३ रन थियो। त्यसपछि ब्याटिङ गर्न आएका विनोद भण्डारी र शरदले मिलेर नेपाललाई १०० रन पार गराएका थिए।
अहिले नेपालको ३७ ओभरको समाप्तिमा ७ विकेटको क्षतिमा १२६ रन भएको छ।
यसअघित्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा १९७ रन बनाएपछि नेपालले सामान्य चुनौती पाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।