काठमाडौं- आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत त्रिदेशीय सिरिजमा १९८ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ थालेको नेपालले एकपछि अर्को विकेट गुमाएको छ।
नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरी ३६ रनमा आउट भएसँगै नेपालका आरिफ शेख र रोहितकुमार पौडेल आउट भएका छन्। दीपेन्द्र २०.३ ओभरमा मोहम्मद नदिमले एल्बिडब्लु आउट बनाएका थिए। ५७ बलको सामना गरेका दीपेन्द्रले ५ चौका र १ छक्का प्रहार गरे।
२३.१ ओभरमा आरिफ शेख खराब सर्ट खेल्दा क्याच आउट हुन पुगे। आरिफ ६ रनमा आउट भए। त्यसपछि आएका ब्याट्सम्यान रोहिक कुमार पौडेल डकआउट भए।
यसअघि नेपालका ओपनर कप्तान ज्ञानेन्द्र मल्ल १ र पारस खड्का ३ रनमा आउट भएका थिए।
अहिले नेपालको २४ ओभरको समाप्तिमा ५ विकेटको क्षतिमा ७४ रन भएको छ।
यसअघित्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा १९७ रन बनाएपछि नेपालले सामान्य चुनौती पाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।