काठमाडौं- आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत त्रिदेशीय सिरिजमा १९८ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ थालेको नेपालले तेस्रो विकेट गुमाएको छ।
नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरी ३६ रन बनाएर आउट भएका हुन्। उनलाई २०.३ ओभरमा मोहम्मद नदिमले एल्बिडब्लु धराबमा पारे। ५७ बलको सामना गरेका दीपेन्द्रले ५ चौका र १ छक्का प्रहार गरे।
यसअघि नेपालका ओपनर कप्तान ज्ञानेन्द्र मल्ल १ र पारस खड्का ३ रनमा आउट भएका थिए। नेपालका लागि दीपेन्द्र र शरद भेषावकरले ६२ रनको साझेदारी गर्दै उकासेका थिए।
अहिले नेपालको २१ ओभरको समाप्तिमा ३ विकेटको क्षतिमा ६७ रन भएको छ।
यसअघित्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा १९७ रन बनाएपछि नेपालले सामान्य चुनौती पाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।