काठमाडौं- आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत त्रिदेशीय सिरिजमा १९८ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ थालेको नेपालले खराब सुरुवात गरेको छ।
नेपालका लागि ओपनिङमा आएका कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्का नै आउट भएका छन्। ३.५ ओभरमा कलिम उल्लाहको बलमा कप्तान ज्ञानेन्द्र मल्ल १ रनमा आउट भए। त्यस्तै, ४.३ ओभरमा सुरज कुमारले पारस खड्कालाई ३ रनमा आउट गराए।
योसँगै नेपाल पूरै दबाबमा आएको छ। अहिले क्रिजमा नेपालका शरद भेषावकर र दीपेन्द्रसिंह ऐरी छन्।
अहिले नेपालको ५ ओभरमा २ विकेटको क्षतिमा ४ रन भएको छ।
यसअघित्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा १९७ रन बनाएपछि नेपालले सामान्य चुनौती पाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।