काठमाडौं- आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत त्रिदेशीय सिरिजमा नेपाललाई ओमानले १९८ रनको चुनौती दिएको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा १९७ रन बनाएपछि नेपालले सामान्य चुनौती पाएको हो। नेपालले जवाफी ब्याटिङ केही बेरमा थाल्नेछ।
खराब सुरुवात गरेको ओमानका लागि मोहम्मद नदिमले उत्कृष्ट प्रदर्शन गर्दै अविजित ६९ रन बनाए। सन्दीप गउदले ३३, नसिम खुशी २८, कप्तान जिसन माकसोदले २० र अकिब लियासले १६ रन बनाए।
बलिङतर्फ नेपालका करण केसीले सर्वाधिक ४ विकेट लिए। उनले ९ ओभर बलिङ गर्दै ४७ रन खर्चिएर एक ओभर मेडन राख्दै ४ विकेट लिए। त्यस्तै, नेपालका लागि सुशन भारीले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए। उनले पूरै १० ओभर बलिङ गर्दै १४ रन खर्चिएर १ ओभर मेडन राख्दै ३ विकेट लिए। त्यस्तै, एक विकेट दीपेन्द्रसिंह ऐरीको नाममा रह्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।