काठमाडौं- आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले ओमानको सातौं विकेट लिएको छ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा ओमानका सातौं विकेटको रुपमा बादल सिंह ५ रनमा आउट भएका हुन्। उनलाई दीपेन्द्रसिंह ऐरीले रोहितकुमार पौडेलको हातबाट क्याच आउट गराए।
ओमानका लागि सन्दीप गउदले ३३, कप्तान जिसन माकसोदले २० र अकिब लियासले १६ रन बनाए।
बलिङतर्फ नेपालका सुशन भारीले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए। उनले पूरै १० ओभर बलिङ गर्दै १४ रन खर्चिएर १ ओभर मेडन राख्दै ३ विकेट लिए। त्यस्तै, २ विकेट करण केसीले लिएका छन्।
योसँगै ओमानको ४२ ओभरको समाप्तिमा ७ विकेटको क्षतिमा १२४ रन भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।