काठमाडौं- आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत त्रिदेशीय सिरिजमा ओमानविरुद्ध नेपालले छैटौं सफलता पाएको छ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा ओमानका छैटौं विकेटको रुपमा सन्दीप गउदले ३३ रन बनाएर आउट भए। उनलाई सुशन भारीले आउट गरेका हुन्।
योसँगै सुशनले ३ विकेट लिएका छन्। यसअघि उनले कप्तान जिसान मकसोदलाई एल्बिडब्लु आउट गराएका थिए। त्यस्तै सुशनले सुरज कुमारलाई शुन्य रनमा क्याच आउट गराएका थिए।
यसअघि करण केसीले २ विकेट लिए भने अकिब लियास भने १६ रनमा रनआउट भए।
योसँगै ओमानको ३९ ओभरको समाप्तिमा ६ विकेटको क्षतिमा ११८ रन भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।