काठमाडौं- आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत त्रिदेशीय सिरिजमा ओमानविरुद्ध नेपालका सुशन भारीले एकै ओभरमा २ विकेट लिएका छन्।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा ओमानका कप्तान जिसान मकसोदलाई सुशनले एल्बिडब्लु आउट गराएका थिए। सुशनले आफ्नो दोस्रो ओभरको चौथो बलमा जिसानलाई आउट गराएका थिए। त्यसपछि ओभरको अन्तिम बलमा सुरज कुमारलाई शुन्य रनमा क्याच आउट गराए।
सुशनले यो ओभरमा मात्र १ रन खर्चिएर २ विकेट लिए। यसअघि करण केसीले २ विकेट लिए भने अकिब लियास भने १६ रनमा रनआउट भए।
योसँगै ओमानको १९ ओभरको समाप्तिमा ५ विकेटको क्षतिमा ५७ रन भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।