काठमाडौं- आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत त्रिदेशीय सिरिजमा ओमानविरुद्ध करण केसीले नेपालका लागि दोस्रो विकेट लिएका छन्।
त्रिवि क्रिकेट मैदानमा टस जितेर बलिङ गरेको नेपालका लागि करणले दोस्रो विकेटको रुपमा खवार अलीलाई ५ रनमा आउट गराएका हुन्। करणले आफ्नो चौथो ओभरको चौथो बलमा विकेट लिएका हुन्।
यसअघि करणले पहिलो ओभरमै ओमानका जतिन्दर सिंहलाई बोल्ड आउट गराएका थिए। करणले ४ ओभर बलिङ गर्दै मात्र ९ रन खर्चिएर १ ओभर मेडन राख्दै २ विकेट लिएका छन्।
ओमानको अहिले ७ ओभरको समाप्तिमा २ विकेटको क्षतिमा १९ रन भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।