काठमाडौं- आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत त्रिदेशीय सिरिजमा ओमानविरुद्ध करण केसीले पहिलो ओभरमै नेपाललाई सफलता दिलाएका छन्।
त्रिवि क्रिकेट मैदानमा टस जितेर बलिङ गरेको नेपालले पहिलो ओभरमै ओमानका जतिन्दर सिंहलाई बोल्ड आउट गराएका हुन्। चौथो बलमा चौका खाएका करणले पहिलो ओभरको अन्तिम बलमा सिंहलाई बोल्ड आउट गराएका हुन्। करणले पहिलो ओभरमा मात्र ४ रन खर्चिएर १ विकेट लिन सफल भए।
नेपाल, ओमान र अमेरिका रहेको त्रिदेशीय सिरिजको उद्घाटन खेलमा नै जित हातत पार्दै सुखद सुरुवात गर्ने लक्ष्यमा नेपाल रहेको छ।
नेपाली टिममा सुशान भारी र अभिनाष बोहराले डेब्यु गरेका छन्। त्यस्तै नेपाली टिममा ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्रसिंह ऐरी (उपकप्तान), पारस खड्का, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, बिनोद भण्डारी, रोहितकुमार पौडेल र शरद भेषावकर छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।