काठमाडौं- आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत त्रिदेशीय सिरिजमा ओमान र नेपालबीचको खेल सुरु भएको छ।
त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर बलिङ थालेको छ भने ओमान ब्याटिङमा छ। करण केसीले ओपनिङ बलिङ गरेका छन्।
नेपाल, ओमान र अमेरिका रहेको त्रिदेशीय सिरिजको उद्घाटन खेलमा नै जित हात पार्दै सुखद सुरुवात गर्ने लक्ष्यमा नेपाल रहेको छ।
नेपाली टिममा सुशान भारी र अभिनाष बोहराले डेब्यु गरेका छन्। त्यस्तै नेपाली टिममा ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्रसिंह ऐरी (उपकप्तान), पारस खड्का, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, बिनोद भण्डारी, रोहितकुमार पौडेल र शरद भेषावकर छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।