काठमाडौं- आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिदेशीय सिरिज बुधबारदेखि सुरु हुँदैछ।
त्रिवि क्रिकेट मैदानमा पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज सुरु हुन लागेकाे हाे। उद्घाटन खेल नेपाल र ओमानबीच बिहान १० बजे सुरु हुनेछ।
त्रिवि क्रिकेट मैदानमा सुरु हुने सिरिजमा कप्तान ज्ञानेन्द्र मल्लले घरेलु मैदानको फाइदा उठाउँदै जित हात पार्ने बताएका छन्। कप्तान ज्ञानेन्द्रले तयारी राम्रो रहेको भन्दै आफूहरुको लक्ष्य जित हात पार्ने नै भएको बताए।
यता, ओमानका कप्तान जिसान मकसोदले आफूहरु जित्नकै लागि नेपाल आएको बताए।
यसैबीच, अमेरिकाले आफ्नो पहिलो खेलमा ओमानसँग बिहीबार प्रतिस्पर्धा गर्दैछ। अमेरिकाका कप्तान सौरभ नेत्रभल्करले तयारी निकै राम्रो भएको बताए।
मंगलबार नै नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गरी सिरिजको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ। क्यानले मैदानदेखि दर्शकसम्मको राम्रो व्यवस्था गरेको दाबी गरेको छ। करिब ७ सय देखि ८ सय नेपाल प्रहरी खटिने भन्दै सुरक्षामा कुनै प्रश्न नरहेको पनि क्यानले जानकारी दिएको छ।
सांकेतिक तस्बिर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।