काठमाडाैं- एआइपिएस स्पोर्ट्स मिडिया अवार्ड नेपाली पत्रकारले जितेका छन्।
पत्रकार प्रज्वल ओलीले उक्त अवार्ड जितेका हुन्। टप थ्रीमा पुगेका उनीसँगै अर्जेन्टिना र स्पेनका खेलकुद पत्रकार प्रतिस्पर्धामा थिए।
पत्रकार ओली नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव हुन्। उनी दि काठमाडौं पोस्टमा कार्यरत छन्।
ओली उत्कृष्ट कोलम विधामा पुरस्कृत भएका हुन्। हङगेरीको राजधानी बुडापेस्टमा भव्य कार्यक्रमबीच ओलीलाई विजेता घोषणा गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।