एजेन्सी- नोभाक जोकोभिकले अष्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका छन्। आइतबार भएको फाइनलमा अष्ट्रियाका डोमिनिक थिमलाई पराजित गर्दै जोकोभिक च्याम्पियन बनेका हुन्।
जोकोभिकले पाँचौं वरियताका थिमलाई ६–४, ४–६,२–६,६–३ र ६–४ को सेटमा पराजित गरे। दुबै टेनिस खेलाडी अहिले सम्म ११ पटक आमनेसामने भएका छन्। यसमा जाेकभिक ७ पटक विजेता बनेका छन्।
जितसँगै जोकोभिकले आठौं पटक अष्ट्रेलियन ओपनको उपाधि जित्न सफल भए। उनको यो करियरको १७ औं ग्राण्डस्लाम उपाधि हो।
यसअघि सेमिफाइनलमा स्विस टेनिस स्टार रोजर फेडेररलाई हराएर जोकोभिक फाइनल पुगेका थिए। यस्तै थिमले एलेक्जेन्डर जेभरेभलाई हराएर फाइनलमा स्थान पक्का गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।