• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ १०, २०८३ Sun, May 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

आर्मीले देखाएको विजेता छबि

64x64
नेपाल लाइभ सोमबार, माघ २०, २०७६  ०६:१०
1140x725

काठमाडौं- ‘अब तीन खेल बाँकी छ, हरेक खेलमा ध्यान दिएर हामी उपाधिमा अघि बढ्ने छौँ’ त्रिभुवन आर्मी क्लबका प्रशिक्षक नवीन न्यौपानेले भनेको जस्तै खेल देखिएको पनि छ। पाँच खेल बाँकी हुँदा हरेक खेललाई एक खुड्किलोका रुपमा ब्याख्या गरेका उनी दुई खुड्किलोमा सफल भइसकेका छन्।

आर्मी लिगको आठौँ खेलमा न्यू रोड टिम (एनआरटी) सँग गोलरहित बराबरीमा रोकिए पनि नवौँ खेलमा आर्मीले हिमालयन शेर्पा क्लबलाई २-० ले हराएको थियो।

आइतबार दिउँसो त आर्मीले नेपाल पुलिस क्लबलाई ४-२ ले हराएन मात्र, आफ्नो विजेता बन्न सक्ने आफ्नो छबि नै बनायो। दुई पटक पछि परिसकेको खेलमा फर्किएर जित निकाल्यो। 

१० खेलमा २३ अंकसहित शीर्ष स्थान। त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको १०औँ चरणमा नेपाल पुलिस क्लबलाई हराउँदै फर्काएको शीर्ष स्थान २२ अंकसहित दोस्रोमा रहेको मछिन्द्र र १९ अंकसहित तेस्रोमा रहेको मनाङ मर्स्याङ्दीलाई विशेष चुनौती हुनेछ। 

हुन त जारी लिगमा पुलिस क्लबको सबैभन्दा राम्रो खेल कुन हो भनेर हेर्ने हो भने अगाडि आर्मीसँग हारेको खेल नै आउला।

२०औँ मिनेटमा बुद्ध बल तामाङको गोलमा पुलिसले बनाएको अग्रताले पनि उनीहरुको खेलमा देखिएको तीब्रतालाई संकेत गरेको थियो। 

पहिलो गोलको अग्रता १४ मिनेटपछि गुमाएको पुलिसले निकै राम्रा मुभहरु बनाउने र बल बढाउने शैली आर्मीविरुद्ध राम्रो देखिएको थियो। ३४औँ मिनेटमा आर्मीका लागि सुमन अर्यालले बराबरी गोल गरेपछि पहिलो हाफ १-१ गोलको बराबरीमा सकियो। 

nimb
nimb
Ncell 2
Ncell 2

खेलको ५८औँ मिनेटमा मान बहादुर परियारको गोलमा पुलिसले फेरि पनि अग्रता बनाउन सक्यो। तर तीन अंकका लागि बढेको पुलिस अग्रतापछि पनि डिफेन्सिभ भएर सम्हालिन सकेन। निरन्तर दबाब बढाइरहेको आर्मीका लागि ७७औँ मिनेटमा नवयुग श्रेष्ठले दोस्रो पटक खेल बराबरीमा लगे। 

दोस्रो अग्रता पनि गुमाएको पुलिसमा त्यसपछि डिफेन्समा कमजोरी देखिन सुरु भयो। ८५औँ मिनेटमा नवयुग श्रेष्ठले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई अगाडि बढाए। ८९औँ मिनेटमा पुलिस डिफेन्समा बिग्रिएको तालमेल आर्मीका लागि पुनः फाइदाजनक बन्यो। सुदिल राइले गोल गर्दै टिमलाई ४-२ को जित दिलाए। 

खेलभर आर्मी टिममा देखिएको जितको इच्छा बलियो पाटो बन्यो। दुई पटक पछि परिसकेको टिम कुनै पनि अवस्थामा हार मानेन। यसैले पुलिसका प्रशिक्षक अनन्त थापालाई पनि आर्मी टिमको खेलको तारिफ गर्न करै लाग्यो।

‘आर्मीले हानेको बलहरु सबै सक्सेस भएर उनीहरु राम्रो भए। गोलका अवसर उनीहरुले खेर फालेनन्। हाम्रो युवा खेलाडीको पनि स्पीड राम्रो देखिएको हो तर, लिगमा सबैभन्दा राम्रो स्पीड भएको टिम आर्मी नै हो’ पुलिस प्रशिक्षक अनन्तले भने। 

२०१४ सालमा आर्मी ११ टिमले लिग जितेपछि नेपाल आर्मीको उपस्थिति लिगमा विजेतासम्म पुग्न सकेको छैन। यसैले यसपटक प्रशिक्षक नवीन मात्र होइन खेलाडीहरु पनि विजेताको लक्ष्यमा सुरुदेखि नै लागिपरेका थिए। उनीहरुको उद्देश्य र सोचअनुरुप खेल बढीरहेको पनि छ। 

शीर्ष स्थानमा रहेको आर्मीले अब दोस्रो स्थानमा रहेको मछिन्द्रसहित बिग्रेड ब्वाइज र एपिएफसँग खेल्न बाँकी छ। यस्तै मछिन्द्रले आर्मीसहित संकटा र सरस्वतीसँग खेल्न बाँकी छ। 

मछिन्द्र र आर्मीबीचको खेलले धेरै विषय प्रष्ट पार्ने भए पनि अहिलेसम्म एक खेल पनि नहारेको मनाङ मस्र्याङ्दीको अवस्था पनि बलियो बन्दै गएको छ। तेस्रो स्थानमा रहेको मनाङले अब एनआरटी, जावलाखेल, पुलिस र च्यासल युथ क्लबसँग खेल्न बाँकी छ।

यसअघि लिगको पहिलो खेलमा फ्रेन्ड्स क्लबलाई २-१ ले हराएको आर्मी क्लबले दोस्रो खेलमा हार्न पुग्यो। मनाङ मर्स्याङ्दीसँग १-० ले हारेपछि तेस्रो खेलमा आर्मीले हिमालयन शेर्पा क्बललाई २-० ले हरायो।

चौथो खेलमा थ्री स्टारलाई पनि २-० ले नै हराएको आर्मीले पाँचौँ खेलमा सरस्वती युथ क्लबलाई १-० ले हरायो। छैठौँ खेलमा संकटासँग १-१ को बराबरी खेलेको आर्मीले सातौँ खेलमा च्यासल युथ क्लबलाई ३-० ले हराएको थियो।

आठौँ खेलमा आर्मी एनआरटीसँग गोलरहित बराबरीमा रोकियो। नवौँ खेलमा आर्मीले जावलाखेल युथ क्लबलाई १-० ले हराएको थियो।

लक्ष्य उपाधि नै हो - नवीन न्यौपाने (प्रशिक्षक, आर्मी क्लब)
मुख्य कुरा खेलाडीले गरेको कडा मेहनत देखिएको छ। कमब्याक गरेर जित्न सक्यौँ। पहिलो हाफमा पाएका अवसरहरु गोल गर्न सकेका थिएनौँ। दुई वटा गोल सेट बलमा नै भयो। म्यान टु म्यान चेकमा चुक्दा गोल खान पुगेका थियौँ। हाम्रो लक्ष्य भनेको नै जित हो। त्यसैले तीन अंकका लागि खेल्नुपर्छ भन्ने नै थियो। हामीले दोस्रो गोल गर्न सकेपछि त त्यो पनि मिलिहाल्यो।

पछिल्लो समय त हामीले राम्रो दबाब दिन सक्यौँ। विङ्गरमा खेल्ने खेलाडीहरुको क्रस पास राम्रो भइरहेको छ। त्यसैले प्राय गोलहरु त्यसरी नै बनिरहेको छ। हामीलाई जसरी पनि जित्नु छ भन्ने सोचले गोलमा बढ्न सहयोग पनि गरेको हो। मछिन्द्र, आर्मी र मनाङ नै अगाडि देखिएको छ। हामीले पाँच खेल बाँकी हुँदा अब पाँच स्टेप छ हरेक स्टेपलाई सोचेर बढ्नुपर्छ भनेका थियौँ। दुई स्टेप सोचेको जस्तो भयो अब तीन स्टेप बाँकी छ। त्यसमा पनि पार गर्दै गएर उपाधि जित्ने सपना बनाएका छौँ। लिग च्याम्पियन यसै बनिँदैन। सामूहिक रुपमा बढ्दै जाँदा राम्रो हुनेछ। 

हाम्रो खेल राम्रो थियो - अनन्त थापा (प्रशिक्षक, पुलिस क्लब)
आजको खेल हामीले ३ अंकको लागि खेल्ने भनेर अट्याकिङ शैलीमा जाने सोचेका थियौँ। त्योअनुसार गोल पनि समयमा नै भएको थियो। त्यसपछि पनि हामीले अट्याकमा नै बढीरहेका थियौँ। तर पहिलो गोल निकै नराम्रो गल्तीका कारण खान पुग्यौँ। पूरै खेललाई हेर्दा हामीले राम्रो नै खेलेको हो। गोल संख्याले जे बताएको भए पनि आज हामीले मैदानमा राम्रो खेल नै खेलेको हो। आजको खेलबाट धेरै कुरा सकरात्मक देखिएको छ।

आर्मीले हानेको बलहरु सबै सक्सेस भएर उनीहरु राम्रो भए। हाम्रो युवा खेलाडीको स्पीड राम्रो देखियो। लिगमा सबैभन्दा राम्रो स्पीड भएको टिम आर्मी हो। उसलाई पनि हामीले स्पीडले बिट गर्न सक्नु भनेको राम्रो कुरा हो। यसले आउने दिनका लागि राम्रो संकेत गरेको छ। हाम्रो पछिल्लो दुई गोल डिफेन्समा देखिएको कमजोरीले खायौँ। अरु खेलमा पनि हाम्रो डिफेन्समा कमजोरीहरु देखिइरहेको छ। च्यासलसँग पनि लिड लिएपछि बिग्रिएको थियो। डिफेन्सिभमा देखिएको समस्या आउँदो दिनमा सुधार गर्दै जानुपर्छ।

प्रकाशित मिति: सोमबार, माघ २०, २०७६  ०६:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ
आयकर छुटको सीमा परिमार्जन गरी १२ लाखसम्म पुर्‍याउन अर्थ मन्त्रालयलाई सुझाव
लुम्बिनीका मुख्यमन्त्री आचार्य र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
आयकर छुटको सीमा परिमार्जन गरी १२ लाखसम्म पुर्‍याउन अर्थ मन्त्रालयलाई सुझाव शनिबार, जेठ ९, २०८३
लुम्बिनीका मुख्यमन्त्री आचार्य र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता शनिबार, जेठ ९, २०८३
बारामा रास्वपाको बैठकमा लफडाः आफ्‌नै कार्यकर्ताबाट लखेटिए सांसद शनिबार, जेठ ९, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण रिट खारेज शुक्रबार, जेठ ८, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर कास्की अदालतले फिर्ता गर्‍यो शुक्रबार, जेठ ८, २०८३
काभा महिला भलिबल च्याम्पियनसिप :  नेपालले आज किर्गिस्तानसँग खेल्दै शनिबार, जेठ ९, २०८३
बारामा रास्वपाको बैठकमा लफडाः आफ्‌नै कार्यकर्ताबाट लखेटिए सांसद शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण रिट खारेज शुक्रबार, जेठ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्