पाल्पा- तानसेन नगरपालिका–५ बतासेडाँडास्थित पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा तानसेन नगरपालिका–११ बन्दीपोखराका १३ वर्षीय मनीष विक छन् । त्रिभुवन बहुमुखी क्याम्पसको छात्रावास अगाडिको पोखरीमा पौडी खेल्ने क्रममा बिहान करिब ११ बजे उनी डुबेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
डुबेको करिब ४५ मिनेटपछि उद्धार गरिए पनि अस्पताल लैजाने क्रममा बाटामा नै उनको मृत्यु भएको बताइएको छ । विक तानसेनस्थित पद्म पब्लिक माविमा कक्षा ६ मा अध्ययनरत थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।