काठमाडौं- न्युजिल्यान्डसँगको पाँच खेलको टि–२० क्रिकेट सिरिज पाहुना टोली भारतले क्लिन स्विप गरेको छ।
आज भएको पाँचौ तथा अन्तिम खेलमा न्युजिल्यान्डलाई भारतले ७ रनको झिनो अन्तरले पराजित गरेसँगै सिरिज ५–० ले आफ्नो पक्षमा पारेको हो। १६४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १५६ रन मात्रै बनाउन सक्यो।
न्युजिल्यान्डका लागि रोस टायलरले ५३ र टिम सेफर्टले ५० रन बनाउन बाहेक अन्य खेलाडीले उच्च रन जोड्न सकेनन्। बलिङतर्फ भारतका जसप्रित बुमराहले ३ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा मात्र ३ विकेटको क्षतिमा १६३ रन बनाएको थियो। भारतका लागि कप्तान रोहित शर्माले रिटार्यट हर्ट हुनुअघि ६० रन जोडे। त्यस्तै, केएल राहुलले ४५ र श्रेयस ऐयरले अविजित ३३ रन बनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।