काठमाडौं- नेपाल प्रहरीले नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल आफ्ना खेलाडीलाई आइतबार नगदसहित सम्मान गरेको छ।
सागमा नेपाल प्रहरीमा आबद्ध खेलाडीले १६ स्वर्ण, १४ रजत र २६ कास्य जितेको थियो। व्यक्तिगत स्पर्धामा स्वर्णलाई १ लाख २५ हजार, रजतलाई ६० हजार र कास्यलाई ३० हजार नगदसहित सम्मान गरेको हो। त्यस्तै पुलिसले टिममा स्वर्णलाई ७५ हजार, रजतलाई ४० हजार र कास्यलाई २५ हजार नगदसहित सम्मान गरेको हो।
दोहोरो स्वर्ण जितेका मन्डेकाजी श्रेष्ठले सर्वाधिक २ लाख नगद पाए। उनले करातेको व्यक्तिगत र टिम कातामा स्वर्ण जितेका थिए। महाराजगञ्जस्थित नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित कार्यक्रममा संगठन प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले खेलाडीलाई पुरस्कृत गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।