काठमाडौं- नेपाल भारोत्तोलन संघको अध्यक्षमा रामकृष्ण श्रेष्ठ निर्वाचित भएका छन्।
संघको शनिबार ढिलो गरि सम्पन्न चुनावी साधारणसभाबाट श्रेष्ठ आफ्ना प्रतिद्वन्दी बिजेन्द्र बिक्रम शाहलाई २ मत अन्तरले पराजित गर्दै चार वर्षका लागि संघको नयाँ अध्यक्षमा निर्वाचित भएका हुन्। श्रेष्ठ यसअघि संघको उपाध्यक्ष थिए।
श्रेष्ठले ३० मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी शाहले २८ मत पाए। संघको पाँच उपाध्यक्ष, महासचिव, सहसचिव र कोषाध्यक्ष भने निर्विरोध निर्वाचित भए। उपाध्यक्षमा पार्थसारथी सेन गुप्त, जगदिश प्रधान, समसुद्दिन सिद्धिकी, राजनकुमार बड्गामी र रुकेश तण्डुकार चयन भए। यस्तै महासचिवमा तिलकबहादुर राउत, सहसचिवमा रामेश्वर श्रेष्ठ र कोषाध्यक्षमा रुद्रबहादुर न्यौपाने चयन भए। सचिवमा भने कुमारमान श्रेष्ठ निर्वाचित भए। उनले ३३ मत पाउँदा उनका प्रतिद्वन्द्वी विपेन्द्र महर्जनले २४ मत प्राप्त गरे।
१० सदस्यका लागि भएको मतदानमा सदस्यमध्ये गीता श्रेष्ठ निर्विरोध निर्वाचित भइन्। उनी महिला सदस्यतर्फ निर्विरोध भएकी हुन्। अन्य सदस्यहरुमा शिवनारायण चौधरी ५१, गोपालबहादुर श्रेष्ठ ५०, रत्नमान माली ४४, महेशप्रसाद यादव ४३, शत्रुघन यादव ३९, दीपेन्द्रकुमार ठाकुर ३६, प्रेमकुमार कौशल ३६, राजेन्द्र प्रधान ३५ र अजय शाहीले ३४ मत ल्याउँदै निर्वाचित भए। अजय र उमेश सिकेको ३४÷३४ मत प्राप्त भएकोमा गोला प्रथाबाट अजयले सदस्यमा चुनिए।
साधारण सभामा २३ कार्य समिति सदस्य, ३ प्राविधिक, १ ओलम्पियन र २१ जिल्लाका ४२ गरि ६९ प्रतिनिधीहरु रहेकोमा ६० मत खसेको थियो। जसमा २ मत बदर भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।