काठमाडौं- नेपाली खेलाडी अनिता बस्नेत आबद्ध सेथु एफसीले हिरो इन्डियन महिला लिग फुटबलमा जित हात पारेको छ।
आइतबार बेंग्लोर फुटबल रंगशालामा भएको खेलमा सेथुले किकस्टार एफसीलाई ३–० गोलअन्तरले पराजित गरेको हो। सेथुको जितमा सन्ध्याले गरिन् भने एक गोल सुमित्राले गरिन्।
सुरुवाती समयदेखि नै दबाबमा राखेको किकस्टारमाथि खेलको १२औं मिनेटमा नै सेथुले अग्रता बनायो। सन्ध्याले गोल गर्दै सेथुलाई अग्रता दिलाएकी थिइन्। खेलको ३९औं मिनेटमा सुमित्राले गोल गर्दै सेथुलाई पहिलो हाफसम्म २–० गोलको अग्रता दिलाइन्।
खेलको ९०औं मिनेटमा सन्ध्याले नै व्यक्तिगत दोस्रो गोल गर्दै सेथुलाई ३–० गोलको जित दिलाइन्। नेपाली राष्ट्रिय टिमकी मिडफिल्डर अनिता बस्नेतले पूरै समय खेलेकी थिइन्।
यो जितसँगै समूह ‘ए’ मा रहेको सेथु शीर्ष स्थानमा उक्लिएको छ। सेथुले ४ खेलमध्ये ३ खेलमा जित एक खेलमा हार ब्यहोर्दै ९ अंक बनाएको छ। यता, समूह ‘ए’ को दोस्रो स्थानमा रहेको क्रिफ्साको पनि समान ९ अंक नै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।