काठमाडौं- रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा ६ अंकको अग्रता बनाएको छ। कुनै बेला बार्सिलोना भन्दा फराकिलो अंकमा पछि परेको रियलले पछिल्लो खेलमा उत्कृष्ट पुनरागमन गर्दै ६ अंकको अग्रता कायम गरेको हो।
शनिबार राति भएको खेलमा रियलले एथ्लेटिको मड्रिडलाई १–० गोलको जित निकाल्यो। यो जितमा करिम बेञ्जिमाले गोल गरे। घरेलु टोली रियलले पहिलो हाफसम्म एथ्लेटिकोसँग गोलरहित बराबरी खेलेको थियो। सुरुवाती समयदेखि नै बल आफ्नो पकडमा राखेपनि गोलको गर्न चुकेको रियलका लागि खेलको ५६औं मिनेटमा बेन्जिमा भने गोल गर्न सफल भए। उनको गोलसँगै १–० गोलको अग्रता कायम गरेको रियलले आफ्नो अग्रतालाई जोगाउँदै जित सुनिश्चित गरेको हो।
‘डर्बी’ भिडन्तमा जित हात पारेसँगै रियलले दोस्रो स्थानमा रहेको बार्सिलोनासँग ६ अंकको अग्रता बनाएको छ।
रियलले २२ खेलबाट ४९ अंक बनाउँदा दोस्रो स्थानमा रहेको बार्सिलोनाको ४३ अंक छ। तर बार्सिलोनाले २१ खेल मात्र खेलेको छ। त्यस्तै, लिगको तेस्रो स्थानमा भने सेभिया रहेको छ। उसको २१ खेलबाट ३८ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।