काठमाडौं- किताब यात्रा फाउन्डेसनले आयोजना गरेको ‘किताब जात्रा- २०२०' सुरु भएको छ। शनिबार एक कार्यक्रमका बीच किताब जात्रा सुरु भएको हो।
उपत्यकाका चार्डपर्वमा मनाइने जात्राहरुमा गरिने नेपालको मौलिक नाच ‘लाखे नाच’मार्फत् र पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै विशेष अतिथि हरिवंश आचार्यले पछिल्लो समय पठन संस्कृतिको विकास भएको बताउँदै किताब जात्राले नयाँपन भित्र्याएको बताए। ‘किताब जात्रा नेपालमा एकदमै राम्रो हुन्छ। काठमाडौंमा घर घरमा खाना डेलिभरी गर्ने धेरै छन्। किताब घरघरमा पुर्याउने काम थाहा थिएन। यो साहित्यको सेवा पनि हो। यसबाट म एकदमै खुसी छु।’
किताब यात्राका अध्यक्ष ऋषिराम अधिकारीले आफूले पठन संस्कृतिको विकास गर्न सबैमा पुर्याउने र साहित्यलाई जोड्ने उद्देश्यले किताब जात्राको आयोजना गरिएको बताए।
प्रेम सससाहित्य ससम्मान सरुभक्तलाई
यात्रा फाउन्डेसनले २०२० को ‘प्रेम साहित्य सम्मान’ लेखक सरुभक्तलाई प्रदान गरेको छ।
प्रेमप्रसाद अधिकारीको स्मृतिमा यस वर्षदेखि प्रदान गर्न लागिएको उक्त पुरस्कारको राशि ५५ हजार ५ सय ५५ रहेको छ।
२०१२ को भाद्रमा पोखरामा जन्मेका सरुभक्तले उपन्यास, नाटक, मुक्तकलगायतक विभिन्न विधामा सशक्त कलम चलाउँदै आएका छन्।
पुरस्कार प्राप्त ग्रहण गर्दै लेखक सरुभक्तले अतिरिक्त मौलिक साहित्य सिर्जना गर्नमा आफू सदैव लागिरहेको बताए।
‘हामी धेरै ज्ञान, दर्शन, विज्ञानबाट पीडित छौँ। जसबाट हामी बाहिर निस्केर मौलिक चिन्तन गर्न सकिरहेका छैनौँ, ’ उनले भने, ‘हामी यही पोखरीभित्र रहने हो भने अतिरिक्त मौलिक साहित्य कसरी सिर्जना गर्न सक्छौँ?’ यस्तो अवपस्थामा आफूले पाठकको अपेक्षालाई पूरा गर्ने मौलिक प्रयत्न गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।