• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३, २०८३ Wed, Aug 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

ए डिभिजन लिग : १२६ खेलमा ६७ खेलाडीको ११८ गोल 

५६ खेल बाँकी रहँदा यस्तो छ अवस्था
64x64
नेपाल लाइभ शुक्रबार, माघ १७, २०७६  १७:४७
1140x725

काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा अब सबै १४ टिमले चार/चार खेल खेल्न बाँकी छ। नौं खेल सकिँदा २० अंकसहित त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा छ। मछिन्द्र र मनाङ मर्स्याङ्दी क्लबको समान १९ अंक छ। 

अंक तालिकामा चौथो स्थानमा रहेको न्यू रोड टिमको १५ अंक रहेको छ। पाँचौँ स्थानको नेपाल पुलिस क्लब र छैठौँ स्थानमा रहेको थ्री स्टारको समान १४ अंक छ। यसैले बाँकी रहेका खेलमा नै उपाधि के हुने भन्ने निक्यौल हुनेछ। 

छैठौँ स्थानबाट तल रहेका जावलाखेलको १२, संकटाको १२, फ्रेन्ड्सको ११, च्यासलको ९, बिग्रेड ब्वाइज क्लबको ८ साथै हिमालयन शेर्पाको ७ अंक रहेको छ।

१३औँ स्थानमा रहेको एपिएफको ५ अंक रहेको छ। एन्फाको एक टिम मात्र रेलिगेसन गर्ने नियम अनुसार अहिले जोनमा देखिएको सरस्वती युथ क्लबको ४ अंक रहेको छ। 

प्राय खेलमा आफूहरुको फिनिसिङ राम्रो हुन नसकेको र खेलमा तालमेल मिले पनि गोलमा बढ्दा कमजोरी भएकाले पछि पर्नुपरेको सरस्वती क्लबका प्रशिक्षक प्रदीप नेपाल बताउँछन्। 

‘हाम्रो फिनिसिङमा कमजोरी देखिएको छ। पाएको बल पनि गोल हार्न सकेका छैनौँ। अब कोशिस गर्ने नै हो। त्योबाहेक अरु उपाय पनि छैन। मेहनत गरेर खेल्ने नै हो’ सरस्वतीका प्रशिक्षक प्रदीप नेपालले बताए। 

महत्वपूर्ण खेलमा कसको खेल कोसँग?
सरस्वती युथ क्लबले अब दोस्रो स्थानमा रहेको मछिन्द्रसहित थ्री स्टार, संकटा र च्यासल युथ क्लबसँग खेल्न बाँकी रहेको छ। रेलिगेसनबाट बाँच्न आफ्नो खेलको नतिजासँगै अन्य खेलको नतिजाले पनि सरस्वतीलाई असर गर्नेछ। 

तालिकाको मध्यमा रहने टिमले समेत अझै उपाधिमा दाबेदारी दिन मिल्ने गरेर अघि बढेको लिगमा शीर्ष चार टिमको खेल उपाधिमा महत्वपूर्ण हुनेछ। शीर्ष स्थानमा रहेको नेपाल आर्मी क्लबले अब दोस्रो स्थानमा रहेको मछिन्द्रसहित पुलिस, बिग्रेड ब्वाइज र एपिएफसँग खेल्न बाँकी छ। यस्तै मछिन्द्रले आर्मीसहित संकटा, एपिएफ र सरस्वतीसँग खेल्न बाँकी छ। 

nimb
nimb
Ncell 2
Ncell 2

मछिन्द्र र आर्मीबीचको खेलले धेरै विषय प्रष्ट पार्ने भए पनि अहिलेसम्म एक खेल पनि नहारेको मनाङ मर्स्याङ्दीको अवस्था पनि बलियो बन्दै गएको छ। तेस्रो स्थानमा रहेको मनाङले अब एनआरटी, जावलाखेल, पुलिस र च्यासल युथ क्लबसँग खेल्न बाँकी छ। 

यस्तै थ्री स्टारले अब एनआरटी, संकटा, च्यासल र सरस्वती युथ क्लबसँग खेल्न बाँकी रहेको छ। सबै दाबेदार टिमका प्रशिक्षकहरु लिगमा के हुने भन्ने अनुमान कठीन भएको र कुनै टिमलाई कमजोर आँक्न नमिल्ने बताउँछन्।

‘हामीलाई खेल सजिलो छैन, कठीन नै छ। सबै टिमहरु माथि माथि आउँदै छन्। अहिलेसम्म गरेको भन्दा डब्बल मेहनत गर्नुपर्ने देखिन्छ। तर अहिलेको लागि हाम्रो सोच माथि टिकिराख्ने र उपाधिमा बढ्ने नै हो’ मनाङ मर्स्याङ्दीका प्रशिक्षक धनेश्वर प्रजापतिले भने।डिफेन्डिङ च्याम्पियन मनाङले गएको सिजन आठ अंकको अग्रता बनाएर कीर्तिमानी आठौँ पटक लिगको उपाधि जितेको थियो। यसपटक उपाधि जोगाउन भने गएको सिजनको जस्तो सहज देखिँदैन।  

आर्मीका प्रशिक्षक नवीन न्यौपाने र मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवाल पनि लिग उपाधि बढ्न सहज नरहेको बताउँछन्। ‘अब आउने हरेक खेल महत्वपूर्ण छ। हामीले प्रत्येक खेललाई हेर्दै अगाडि बढ्नुपर्ने छ। यसपटक उपाधि जित्ने योजनामा नै छौँ, हेरौँ के हुन्छ’ आर्मीका प्रशिक्षक न्यौपानेले भने। 

सर्वाधिक गोलमा साहुखल नै अघि
लिगमा सबै टिमको नौ खेल सकिँदा च्यासल युथ क्लबका कप्तान सन्तोष साहुखल ६ गोलसहित सर्वाधिक गोलको शीर्ष स्थानमा छन्। 

यसैगरी टिम रेलिगेसन नजिक देखिए पनि एपिएफका आशिष लामा गोल तालिकामा माथि छन्। उनले अहिलेसम्म पाँच गोल गरिसकेका छन्। 

मनाङ मर्स्याङ्दीका बिमल राना, फ्रेन्ड्सका उत्तम राई, पुलिस क्लबका सुमन लामा, आर्मी क्लबका नवयुग श्रेष्ठ सबैको समान चार गोल रहेको छ। 

लिगमा तीन गोल गरेका खेलाडीमाहरुमा सरस्वती युथका कजिम बुसारी, मछिन्द्रका सोमिडे एडेलेजा, आर्मीका भरत खवास, एनआरटीका दर्शन गुरुङ, मनाङ मर्स्याङ्दीका अन्जन बिष्ट र संकटा क्लबका अजय मार्टिन्स कायोडे रहेका छन्। 

लिगमा अहिलेसम्म १ सय २६ खेलमा १ सय १८ गोल भएको छ। ६७ जना खेलाडीले गोल गरेका छन्। त्यसमा दुई गोल गर्ने खेलाडी १८ जना छन् भने एक गोल गर्ने खेलाडी ३७ जना रहेका छन्। 

कुन क्लबको नतिजा कस्तो?

त्रिभुवन आर्मी क्लब
लिगको पहिलो खेलमा फ्रेन्ड्स क्लबलाई २-१ ले हराएको आर्मी क्लबले दोस्रो खेलमा हार्न पुग्यो। मनाङ मर्स्याङ्दीसँग १-० ले हारेपछि तेस्रो खेलमा आर्मीले हिमालयन शेर्पा क्बललाई २-० ले हरायो। 

लिगको चौथो खेलमा थ्री स्टारलाई पनि २-० ले नै हराएको आर्मीले पाँचौँ खेलमा सरस्वती युथ क्लबलाई १-० ले हरायो। छैठौँ खेलमा संकटासँग १-१ को बराबरी खेलेको आर्मीले सातौँ खेलमा च्यासल युथ क्लबलाई ३-० ले हराएको थियो। आठौँ खेलमा आर्मी एनआरटीसँग गोलरहित बराबरीमा रोकियो। नवौँ खेलमा आर्मीले जावलाखेल युथ क्लबलाई १-० ले हराएको थियो। 

मछिन्द्र क्लब
मछिन्द्र क्बलले लिगको पहिलो खेलमा बिग्रेड ब्वाइज क्लबलाई २-० ले हराएको थियो। दोस्रो खेलमा च्यासल युथ क्लबसँग १-१ गोलको बराबरी खेलेको थियो। तेस्रो खेलमा फ्रेन्ड्स क्लबलाई ३-० ले हराएको मछिन्द्रले चौथो खेलमा एनआरटीलाई १-० ले हरायो। 

लिगको पाँचौँ खेलमा मनाङ मर्स्याङ्दीसँग २-२ गोलको बराबरी खेलेको मछिन्द्रले छैठौँ खेलमा जावलाखेललाई १-० ले हराएको थियो। सातौँ चरणमा पुगेर पहिलो हार भोगेको मछिन्द्र हिमालयन शेर्पासँग २-० ले हारेको थियो। आठौँ खेलमा मछिन्द्रले पुलिस क्लबलाई १-० ले हराएको थियो। नवौं खेलमा मछिन्द्रले थ्री स्टारलाई २-० ले हराएको थियो। 

मनाङ मर्स्याङ्दी क्लब
जारी लिगमा अपराजित टिम मनाङ मर्स्याङ्दी क्लब मात्रै हो। मनाङले लिगको पहिलो खेलमा एपिएफलाई २-० ले हराएको थियो। दोस्रो खेलमा आर्मीलाई १-० ले हराएको मनाङले तेस्रो खेलमा बिग्रेड ब्वाइज क्लबलाई पनि १-० ले नै हरायो। मनाङले त्यसपछि लगातार चार खेल बराबरी खेल्यो।

चौथो खेलमा फ्रेन्ड्ससँग १-१ गोलको बराबरी खेलेको मनाङले लिगको पाँचौँ खेलमा मछिन्द्रसँग पनि २-२ गोलको बराबरी नै खेल्यो। छैठौँ खेलमा हिमालयन शेर्पा क्लबसँग गोलरहित बराबरी खेल्यो। सातौँ खेलमा थ्री स्टार क्लबसँग २-२ गोलको बराबरी खेल्यो। आठौँ खेलमा सरस्वती क्लबलाई १-० ले हरायो। मनाङले नवौँ खेलमा संकटालाई ३-० ले हराएको थियो। 

न्यू रोड टिम (एनआरटी)
जारी लिगमा एनआरटीले पहिलो खेलमा सरस्वती युथ क्लबलाई ४-० को फराकिलो अन्तरले हराएको थियो। दोस्रो खेलमा संकटा क्लबसँग १-० ले हारेको एनआरटीले तेस्रो खेलमा च्यासल युथ क्लबलाई २-१ ले हरायो। चौथो खेलमा मछिन्द्रसँग १-० ले पराजित भयो।

लिगको पाँचौँ खेलमा जावलाखेलसँग गोलरहित बराबरी खेलेको एनआरटीले छैठौँ खेलमा पुलिस क्लबलाई १-० ले हराएको थियो। सातौँ खेलमा एपिएफलाई ३-२ ले हराएको एनआरटीले आठौँ खेलमा आर्मी क्लबसँग गोलरहित बराबरी खेलेको थियो। नवौँ खेलमा एनआरटीले बिग्रेड ब्वाइजलाई २-० ले हराएको थियो। 

नेपाल पुलिस क्लब
लिगको पहिलो खेलमा नेपाल पुलिस क्लबले हिमालयन शेर्पा क्लबसँग गोलरहित बराबरी खेल्यो। दोस्रो खेलमा थ्री स्टारसँग १-० ले पराजित पुलिसले तेस्रो खेलमा सरस्वती युथ क्लबलाई २-० ले हरायो। चौथो खेलमा संकटालाई २-१ ले हरायो।

पुलिस क्लबले लिगको पाँचौँ खेलमा च्यासल युथ क्लबसँग २-२ गोलको बराबरी खेल्यो। छैठौँ खेलमा एनआरटीलाई १-० ले हराएको पुलिसले सातौँ खेलमा जावलाखेललाई २-० ले हराउन सक्यो। आठाँै खेलमा पुलिस क्लब मछिन्द्रसँग १-० ले पराजित हुन पुग्यो। नवौँ खेलमा पुलिसले एपिएफलाई १-० ले हराएको थियो। 

थ्री स्टार क्लब
लिगको पहिलो खेल जावलाखेल युथ क्लबसँग बराबरी खेलेको थ्री स्टारले दोस्रो खेलमा पुलिस क्लबलाई १-० ले हराएको थियो। तेस्रो खेलमा एपिएफलाई १-० ले नै हराएको थ्री स्टार चौथो खेलमा आर्मीसँग २-० ले पराजित भएको थियो। 

लिगको पाँचौँ खेलमा बिग्रेड ब्वाइज क्लबलाई ३-१ ले हराएको थ्री स्टार छैठौँ खेलमा फ्रेन्ड्ससँग १-० ले पराजित भएको थियो। सातौँ चरणको खेलमा थ्री स्टारले मनाङ मर्स्याङ्दीसँग २-२ गोलको बराबरी खेलेको थियो। आठौँ खेलमा थ्री स्टारले हिमालयन शेर्पा क्लबलाई ३-१ ले हरायो। नवौँ खेलमा थ्री स्टार मछिन्द्रसँग २-० ले पराजित भएको थियो। 

जावलाखेल युथ क्लब
लिगको पहिलो खेलमा जावलाखेलले थ्री स्टार क्लबसँग गोलरहित बराबरी खेलेको थियो। दोस्रो खेलमा सरस्वती युथ क्लबलाई १-० ले हराएको जावलाखेलले तेस्रो खेलमा संकटासँग १-१ गोलको बराबरी खेलेको थियो। लिगको चौथो खेलमा च्यासललाई २-० ले हराएको जावलाखेलले पाँचौँ खेलमा एनआरटीसँग गोलरहित बराबरी खेलेको थियो। 

छैठौँ खेलमा पहिलो हार भोगेको जावलाखेल मछिन्द्रसँग १-० ले हारेको थियो। त्यसपछि सातौँ खेलमा जावलाखेल पुलिस क्लबसँग २-० ले हार्न पुग्यो। आठौँ खेलमा जावलाखेलले एपिएफलाई १-० ले हराएको थियो। नवौँ खेलमा जावलाखेल आर्मी क्लबसँग १-० ले पराजित भएको थियो। 

संकटा क्लब
लिगको पहिलो खेलमा संकटा क्लब च्यासल युथ क्लबसँग २-० ले पराजित भएको थियो। दोस्रो खेलमा एनआरटीलाई १-० ले हराएको संकटा तेस्रो खेलमा जावलाखेलसँग १-१ गोलको बराबरीमा रोकियो। चौथो खेलमा संकटा नेपाल पुलिस क्लबसँग २-१ ले हारेको थियो। 

लिगको पाँचौँ खेलमा संकटा क्लबले एपिएफलाई ४-२ ले हराएको थियो। छैठौँ खेलमा संकटाले आर्मी क्बलसँग १-१ गोलको बराबरी खेल्यो भने सातौँ खेलमा बिग्रेड ब्वाइज क्लबसँग गोलरहित बराबरी भएको थियो। आठौँ खेलमा संकटाले फ्रेन्ड्स क्लबलाई १-० ले हरायो। नवौँ खेलमा संकटा मनाङ मर्स्याङ्दीसँग ३-० ले पराजित भएको थियो। 

च्यासल युथ क्लब
लिगको पहिलो खेलमा च्यासल युथ क्लबले संकटा क्लबलाई २-० ले हराउँदै विजयी सुरुवात गरेको थियो। दोस्रो खेलमा मछिन्द्रसँग १-१ गोलको बराबरी खेलेको च्यासल तेस्रो खेलमा एनआरटीसँग २-१ ले हारेको थियो। च्यासल चौथो खेलमा जावलाखेलसँग २-० ले पराजित भयो। 

लिगको पाँचौँ खेलमा पुलिस क्लबसँग २-२ गोलको बराबरी खेलेको च्यासलले छैठौँ खेलमा एपिएफसँग गोलरहित बराबरी खेलेको थियो। सातौँ खेलमा भने च्यासल आर्मी क्लबसँग ३-० ले पराजित भयो। आठौँ खेलमा च्यासलले बिग्रेड ब्वाइज क्लबलाई १-० ले हरायो। नवौँ खेलमा च्यासल फ्रेन्ड्ससँग १-० ले पराजित भएको थियो।

बिग्रेड ब्वाइज क्लब
बिग्रेड ब्वाइज क्लब लिगको पहिलो खेलमा मछिन्द्र क्लबसँग २-० ले हारेको थियो। दोस्रो खेलमा फ्रेन्ड्ससँग २-० ले नै हारेको बिग्रेड ब्वाइज तेस्रो खेलमा मनाङ मर्स्याङ्दीसँग १-० ले पराजित भएको थियो। चौथो खेलमा हिमालयन शेर्पा क्लबलाई १-० ले हराउँदै बिग्रेड ब्वाइजले पहिलो जित निकालेको थियो। 

लिगको पाँचौँ खेलमा थ्री स्टार क्लबसँग ३-१ ले हारेको बिग्रेड ब्वाइजले छैठौँ खेलमा सरस्वती क्लबसँग गोलरहित बराबरी खेलेको थियो। बिग्रेड ब्वाइजले सातौँ खेलमा संकटा क्लबसँग गोलरहित बराबरी खेलेको थियो। आठौँ खेलमा बिग्रेड ब्वाइज क्लब च्यासलसँग १-० ले पराजित भयो। नवौँ खेलमा ब्रिगेड ब्वाइज एनआरटीसँग २-० ले पराजित भएको थियो। 

फ्रेन्ड्स क्लब
लिगको पहिलो खेलमा फ्रेन्ड्स क्लब त्रिभुवन आर्मी क्लबसँग २-१ ले पराजित भएको थियो। फ्रेन्ड्स दोस्रो खेलमा बिग्रेड ब्वाइज क्लबसँग २-० ले पराजित भयो। तेस्रो खेलमा मछिन्द्रसँग ३-० ले हार्न पुग्यो। चौथो खेलमा पहिलो अंक जोडेको फ्रेन्ड्सले मनाङ मर्स्याङ्दी क्लबसँग १-१ गोलको बराबरी खेलेको थियो।

लिगको पाँचौँ खेलमा हिमालयन शेर्पासँग पनि फ्रेन्ड्सले गोलरहित बराबरी खेल्दै एक अंक जोड्यो। छैठौँ खेलमा थ्री स्टार क्लबलाई १-० ले हराएर पहिलो जित निकालेको फ्रेन्ड्सले सातौँ खेलमा सरस्वती युथ क्लबलाई ४-१ ले हरायो। आठौँ खेलमा फ्रेन्ड्स संकटा क्लबसँग १-० पराजित भयो। नवौँ खेलमा फ्रेन्ड्सले च्यासललाई १-० ले हराएको थियो। 

हिमालयन शेर्पा क्लब
लिगको पहिलो खेलमा पुलिस क्लबसँग गोलरहित बराबरी खेलेको हिमालयन शेर्पा क्लबले दोस्रो खेलमा एपिएफसँग १-१ गोलको बराबरी खेलेको थियो। तेस्रो खेलमा आर्मीसँग २-० ले हारेको शेर्पा चौथो खेलमा बिग्रेड ब्वाइजसँग १-० ले हारेको थियो। 

हिमालयन शेर्पाले लिगको पाँचौँ खेलमा फ्रेन्ड्ससँग र छैठौँ खेलमा मनाङ मर्स्याङ्दीसँग गोलरहित बराबरी नै खेलेको थियो। सातौँ खेलमा भने हिमालयन शेर्पा मछिन्द्रसँग २-० ले पराजित भएको थियो। आठौँ खेलमा हिमालयन शेर्पा क्बल थ्री स्टार क्लबसँग ३-१ ले पराजित भयो। नवौँ खेलमा हिमालयन शेर्पा सरस्वतीसँग ४-३ ले पराजित भएको थियो। 

एपिएफ क्लब
लिगको पहिलो खेलमा मनाङ मर्स्याङ्दीसँग २-० ले हारेको एपिएफले दोस्रो खेलमा हिमालयन शेर्पासँग १-१ गोलको बराबरी खेलेको थियो। तेस्रो खेलमा थ्री स्टार क्लबसँग १-० ले हारेको एपिएफले चौथो खेलमा सरस्वती युथ क्लबलाई २-१ ले हराएको थियो।

लिगको पाँचौँ खेलमा संकटा क्लबसँग ४-२ ले हारेको एपिएफले छैठौँ खेलमा च्यासल युथ क्लबसँग गोलरहित बराबरी खेलेको थियो। सातौँ खेलमा एपिएफ एनआरटीसँग ३-२ ले हारेको थियो। आठौँ खेलमा एपिएफ जावलाखेलसँग १-० ले हारेको थियो। नवौँ खेलमा एपिएफ पुलिसँग १-० ले पराजित भएको थियो। 

सरस्वती युथ क्लब
सरस्वतीको खेल राम्रो हुन सकेको छैन। पहिलो खेलमा एनआरटीसँग ४-० ले हारेको सरस्वती दोस्रो खेलमा जावलाखेलसँग १-० ले पराजित भयो। तेस्रो खेलमा पुलिस क्लबसँग २-० र चौथो खेलमा एपिएफसँग २-१ ले पराजित भयो।

लिगको पाँचौँ खेलमा आर्मीसँग १-० ले हारेको सरस्वतीले छैठौँ खेलमा बल्ल एक अंक जोड्न सक्यो। जसमा बिग्रेड ब्वाइज क्लबसँग गोलरहित बराबरी खेलेको सरस्वती सातौँ खेलमा फ्रेन्ड्स क्लबसँग ४-१ ले पराजित भयो। सरस्वती आठौँ खेलमा मनाङ मर्स्याङ्दीसँग १-० ले पराजित भएको थियो। नवौँ खेलमा पुगेर पहिलो जित पाएको सरस्वतीले हिमालयन शेर्पालाई ४-३ ले हराएको थियो। 

प्रकाशित मिति: शुक्रबार, माघ १७, २०७६  १७:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्