काठमाडौं- साविक विजेता नेपाल एपिएफ क्लब र न्यू डायमन्ड स्पोट्स क्लब, त्रिभुवन आर्मी क्लब र रारा क्लबले १५ औं संस्करणको ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा विजयी शुरुवात गरेका छन्।
नयाँ बसपाकस्थित ढोरपटान क्लबको कोर्टमा बिहीबारदेखि शुरु भएको खेलमा एपिएफले चुली युवा क्लबमाथि २५–६, २५–५ र २५–१३ को एकपक्षीय जित निकाल्दै विजयी शुरुवात गरेको हो।
यस्तै न्यू डायमन्ड स्पोट्र्स क्लबले पारामाउन्ट स्कूलमाथि ३–१ को सेटमा जित निकाल्दै विजयी सुरुवात गरेको हो। चोटका कारण आफ्ना स्टार खेलडी प्रतिभा मालीविनै मैदान उत्रिएको डायमन्डले पहिलो सेट २५–५ ले सोझै आफ्नो पक्षमा पारेको थियो।
दोस्रो सेटमा दोस्रो रोजाईका खेलाडीलाई कोर्टमा तार्दा डायमन्डले २१–२५ ले नतिजा पारामाउन्टलाई सुम्पिएको थियो। अन्तिम समयतिर पहिलो रोजाइका खलोडीलाई यतारे पनि डायमन्ड खेलमा फर्कन सकेन। त्यसपछि डायमन्डले तेस्रो र चौथो सेटमा कुनै जोखिम नमोली पहिलो रोजाईका खोडीलाई कोर्टमा उतारेपछि २५–७ र २५–७ ले सेट आफ्नो पक्षमा पार्दै विजयी हुन सफल भयो।
बिहीबारकै अर्को खेलमा विभागीय त्रिभुवन आर्मी क्लबले समाखुशी इंग्लिस बोर्डिङ स्कूल (सेब) लाई २५–७, २५–४ र २५–८ को सोझो सेटमा हरायो।
अर्को खेलमा बुलबुले रारा क्लबले चुली युवा क्लबलाइ २५–१४,२५–१४ र २५–१७ ले पराजित गर्दै वियजी सुरुवात गरेको हो। प्रतियोगिताको पहिलो दिन चुली युवा क्लबले दोहोरो हार भोग्यो। प्रतियोगिताको दोस्रो दिन ६ खेल हुनेछ।
त्यसअघि प्रतियोगिताको ढोरपाटन नगरपालिकाका मेयर देव कुमार नेपाली, नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जनरमण शर्मा, महासचिव जितेन्द्र चन्द, संघका सचिव तथा ढोरपाटन क्लबका अध्यक्ष मनवीर छन्त्यालले ढोरपाटन महिला भलिबल आयोजना भएको १५ वर्षको उपलक्ष्यमा दिप प्रजलन र केक काट्दै उद्घाटन गरेका थिए।
ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा जारी १५ औं संस्करणको लिगमा १० टोलीको सहभागिता रहेको छ। १५औं संस्करण (माघ १६ देखि २८)मा सम्म चल्ने प्रतियोगितामा १० टोलीले प्रतिस्पर्धा गर्नेछन्। हरेक १० टोलीले एक अर्कासँग एक–एक खेल खेल्नेछन्। पहिलो राउन्ड २४ माघसम्म चल्नेछ। त्यसपछि शीर्ष अंक जोड्ने ७ टोलीले दोस्रो राउन्डमा प्रतिस्पर्धा गर्नेछन्। बढी अंक जोड्ने टोली च्याम्पियन बन्ने छ।
प्रतियोगितनको विजेताले ४ लाख ५ हजार रुपैयाँ जित्नेछन्। दोस्रो हुनेले २ लाख ५ हजार तथा तेस्रो हुनेले १ लाख ५ हजार पाउनेछन्। यस्तै चौथौ देखि सातौ सम्मले क्रमश ७५ हजार, ५५ हजार, ४५ हजार र ३५ हजार रुपैया पाउनेछन्।
गतवर्ष जस्तै यो वर्ष पनि विभिन्न चार विधा (उत्कृष्ट खेलाडी, उदियमान, बर्ष खेलाडी र प्लेयर अफ द सिरिज) बन्ने खेलाडीले यु एम स्कुटर पाउनेछन्। त्यस्तै भाग्यशाली एक दर्शक र ग्रेट एचिभमेन्ट अवार्ड विजेतालाई एक एक थान मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ। व्यक्तिगत विधातर्फको विजेताले जनही ७ हजार रुपैयाँ जित्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।