काठमाडौं- गैर आवासीय नेपाली संघ र पिपुल्स लिगल एसोसियट्स बीच गैरआवसीय नेपालीलाई कानुनी परामर्श दिने विषयमा सम्झौता भएको छ।
गैरआवसीय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत डा. हेमन्तकुमार दवाडी र पिपुल्स लिगल एसोसियट्सका प्रबन्ध निर्देशक अधिवक्ता रामचन्द्र पौडेल (आरसी विमल)ले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार गैरआवसीय नेपाली संघका सदस्यलाई पिपुल्स लिगल एसोसियट्सले निःशुल्क कानुनी परामर्श दिनेछ।
नेपालीका लागि नेपाली अभियान अन्तर्गत विदेशमा रहेका नेपालीलाई नेपालमा सहयोग गर्ने व्यवस्था मिलाउन निःशुल्क कानुनी परामर्श दिने सम्झौता गरिएको गैरआवासीय नेपाली संघका पदाधिकारी तथा युरोपका उपसंयोजक शुक्रराज न्यौपानको भनाइ छ।
पिपुल्स लिगल एसोसियट्स सम्बद्ध अधिवक्ता विष्णुप्रसाद अधिकारीले एकपटकका नेपाली सँधैका नेपाली हुन् भन्ने भावनालाई टेवा पुर्याउने बताए।
कार्यक्रममा पिपुल्स लिगल एसोसियट्सका प्रबन्ध निर्देशक पौडेलले गैरआवसीय नेपालीको आवश्यकताअनुसार नेपालको कानूनी विषयमा सम्झौताअनुसार निःशुल्क परामर्श दिइने प्रतिबद्धता व्यक्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।