• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेकपाका क्रान्तिकारी ‘कमरेड’लाई यथार्थमा ओर्लन अध्यक्ष ओलीको निर्देशन

नाम कम्युनिस्ट भए पनि लोकतन्त्रको कसीमा कमजोर नभएको दाबी
64x64
डिबी खड्का बुधबार, माघ १५, २०७६  १६:१५
1140x725

राष्ट्रिय सभागृहमा बुधबारदेखि शुरु भएको नेकपा केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली बैठकलाई सम्बोधन गर्दै। साथमा नेकपाका अर्का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिर : प्रदीपराज वन्त/रासस


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका ‘क्रान्तिकारी’हरूलाई यथार्थमा ओर्लन निर्देशन दिएका छन्। क्रान्तिकारी कुरा गर्न मन लाग्नेले कति व्यवहारिक छन् भन्ने हेक्का राख्न उनले भनेका छन्। नेकपा केन्द्रीय कमटीको बैठकमा पार्टीको नाम ‘कम्युनिस्ट’ भएपनि आचरण लोकतान्त्रिक भएकाले त्यो अनुसार व्यवहार गर्न अन्तर्राष्ट्रिय शक्ति र आफ्नै नेता तथा कार्यकतालाई आग्रह गरेका छन्। 

उनले विगतसँग टाँसिएर होइन, अहिलेका यथार्थसँग जोडिएर भविष्यको विश्लेषण गर्नुपर्ने बताए। पार्टीका क्रान्तिकारीतर्फ लक्ष्य गर्दै उनले भने, ‘भावनामा बगेर क्रान्ति हुँदैन, उपलब्धि हुँदैन। यथार्थमा गएर परिस्थितिअनुसार अघि बढेर मात्रै सफलता प्राप्त गर्न सक्छौं।’

उनले कतिपय अवस्थामा आकर्षक कुरा भएर मात्रै नभई त्यसबाट कसरी गन्तव्यमा पुग्ने भन्ने विषयको समेत ख्याल गर्नुपर्ने बताए। कम्युनिस्ट पार्टीहरूले बाँड्ने साम्यवाद जस्ता विषयलाई लक्ष्य गरेर उनले थपे, ‘म कमरेडलाई आग्रह गर्न चाहन्छु । हामीले कतिपय अवस्थामा आकर्षक कुरा भएर मात्रै होइन, त्यसबाट गन्तव्यमा कसरी पुग्न सकिन्छ? भन्ने पनि बुझ्नुपर्छ। कहिलेकाहिँ हामीलाई क्रान्तिकारी कुरा गर्न मन लाग्छ, तर ती कति व्यवहारिक हुन्छन्?’

जनतामा पूरा नहुने सपना होइन, यथाथ कुरा  गर्न उनले सुझाएका छन्। आजको यथार्थलाई महसुस गरेर अहिलेको क्रान्तिलाई बुझेर अघि बढ्नुपर्ने बताउँदै उनले त्यो अनुसारका नीतिहरू निर्माण गर्ने र ती नितीलाई बोक्ने अभिव्यक्ति मात्रै दिनुपर्ने बताए । उनले भने, ‘आजको यथार्थअनुसार नीति निर्माण गर्ने, तीन नीतिलाई बोक्ने अभिव्यक्ति दिने गर्नुपर्छ। जसले जनतालाई भ्रमित र त्रसित नबनाओस्।’ जनतालाई भ्रमित र त्रसित नबनाइ सचेत र स्पष्ट पारेर ढुक्कको स्थिति बनाउन उनले निर्देशन दिए । 

पार्टीको नाम कम्युनिस्ट भएका कारण कतिमा वैचारिक पूर्वाग्रह हुन सक्ने बताउँदै काम तथा व्यवहारमा कुनै लोकतान्त्रिक शक्तिभन्दा कमजोर नभएको उनको दाबी थियो। लोकतान्त्रिक मूल्य र मान्यताबाट अघि बढ्दै गर्दा कहिलेकाहीँ ‘आइडोलोजिकल’ पूर्वाग्रहको चपेटामा पर्ने सकिने उल्लेख गर्दै उनले भने, ‘त्यसबाट हच्किने होइन, व्यवहारद्वारा पराजित गर्नुपर्छ। हामी असफल हुने बाटो होइन, सफल हुने बाटोबाट अघि बढ्नुपर्छ।’ वैचारिक स्पष्टता विना गन्तव्यमा पुग्न नसकिने बताउँदै त्यसका लागि अध्ययन गर्न सुझाएका छन्। विगतसँग टाँसिएर नभई आँखा खोलेर चल्न नेताकार्यकर्तालाई निर्देशन दिएका छन्।

पार्टीको नाम कम्युनिस्ट भएका कारण देशभित्र र विदेशीहरूमा वैचारिक पूर्वाग्रह हुन सक्ने बताए। तर, आफू कम्युनिस्ट पार्टीका वैचारिक आग्रह/पूर्वाग्रहबाट माथि उठेर आधुनिक समाजका व्यवहारिक मान्यताबाटै अघि बढिरहेको बताए। उनले भने, ‘एक्काइसौं शताब्दीमा मानव जातिले वैचारिक, व्यवहारिक र दार्शनिक क्षेत्रमा प्राप्त गरेका उपलब्धि, मूल्य र मान्यताहरूको दाँजोमा हामी रहेको दाबी प्रस्तुत गर्न चाहन्छु।’ 

उनले संयुक्त राष्ट्र संघले पहिल्याएका उच्च मापदण्ड, बडापत्र वा अरु अन्तर्राष्ट्रिय जगतले निकालेका अत्याधुनिक  र उच्चतम राजनीतिक प्रणाली  र सामाजिक सम्बन्ध अपनाइएको बताए। उनले अन्तर्राष्ट्रिय समुदायले पहिल्याएको सही बाटो र त्यसबाट अघि बढ्दा ठिक हुने भनेर निकालेका निष्कर्षमा आफूहरू सहमत रहेको बनाउँदै भने, ‘यो बाटो सही हो। यी लक्ष्यका साथ अघि बढ्दा ठिक हुन्छ भन्ने कुरामा सहमत भएर अघि बढिरहेका छौं। त्यस मापदण्डमा प्रतिष्पर्धा गर्न चाहन्छौं। त्यस कसीमा अघि बढ्न चाहन्छौं।’ 

Ncell 2
Ncell 2
nimb
nimb

लोकतन्त्र र लोकतान्त्रिक प्रणाली, प्रतिस्पर्धात्मक बहुदलीय प्रणाली र त्यसका अन्तर्गतका कुराहरूमा निष्ठाका साथ उभिएको बताए। उनले भने, ‘मानवअधिकारको प्रश्न, स्वतन्त्रताको हकको प्रश्न र परिवर्तनका लागि शान्तिपूर्ण बाटोको प्रश्न, यी तात्कालिक कार्यनीतिका रुपमा प्रयोग गरिएका होइनन्। यी  हाम्रो आदर्शका रुपमा र अनुभवका निष्कर्षका रुपमा अंगीकार गरिएका हुन्।’

शान्तिपूर्ण ढंगले अघि समाज परिवर्तन हुन सक्छ भन्ने मान्यतामा रहेको उनको दाबी थियो। नेपालका सन्दर्भमा कम्युनिस्ट पार्टीले मात्रै हतियार नउठाएको तर्क पेस गर्दै उदाहरण दिए, ‘नेपालको राजनीतिमा विभिन्नले विभिन्न समय हतियार उठाए। पछि निष्कर्षमा ती शान्तिपूर्ण बाटोमा आइपुगेका छन्। नेपाली कांग्रेसले २००७, २०२८०२९ र २०३१ सालमा हतियार उठायो। नेकपाले पनि विभिन्न समयमा उठयो। अरु विभिन्न समूहले पनि उठाए। त्यसका सान्दर्भिकता र अरु पक्षको बहस गर्न सकिएला। कति आवश्यक र अनावश्यक बहस गर्न सकिएला।’

अहिले नेकपाले अन्तर्राष्ट्रिय मापदण्डअनुसारका मूल्य र मान्यताहरू अंगीकार गरेको बताए। उनले नेकपाको राजनीतिक प्रणालीमा लोकतान्त्रिक विशेषताहरू रहेको बताए। जुन विशेषतालाई नेकपाले जनताको जनवाद भनेर नामाकरण गरेको उल्लेख गरे। 

कम्युनिस्ट सरकार भएकाले अधिनायकवादको आशंका गर्नेलाई समेत उनले उत्तर दिए। बहुदलीय राजनीतिक प्रणाली, स्वतन्त्र न्यायालय, आवधिक निर्वाचन, जनतामा निहित सार्वभौम सत्ताका विषयमा आफू इमान्दार रहेको बताए। यसैगरी शक्ति पृथकीकरणका सिद्धान्तलाई अपनाएको मात्रै होइन, कार्यकारी अधिकार पनि शक्ति विभाजन र विकेन्द्रित गरिएको बताए। जुनकुरा पारदर्शी ढंगले बढाएको उल्लेख गरे।

Xtrem

Xtrem

प्रेस स्वतन्त्रता र स्वतन्त्रताको हकका बारेमा कुरा उठ्नु निरर्थक रहेको उनले स्पष्ट पारे। उनले भने, ‘यसका लागि हामी लडेका छौं। मानवअधिकारको प्रश्नलाई गम्भीरताका साथ अपनाएका छौं। पूर्ण लोकतन्त्रका रुपमा अघि बढाएका छौं । सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक अधिकार, समानता सहितको समृद्धिको पक्षपोषण गरेका छौ।’

लोकतन्त्रलाई छोटो समयमै अघि बढाएको कुरामा विश्व खुसी हुनुपर्ने उनको धारणा छ। आफ्नो पार्टीको सरकार विकास, समृद्धि र सुशासनको बाटोमा रहेको समेत बताए। 
 

प्रकाशित मिति: बुधबार, माघ १५, २०७६  १६:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
गगनलाई विश्वप्रकाशको शुभकामना : ‘यात्राको सुरुवात हो, लक्ष्य प्राप्ति होइन’ शुभकामनासँगै शर्माले पार्टीभित्रका भिन्न मत र मनहरूलाई जोड्नुपर्ने, विगतका कमजोरी सच्याउँदै देशलाई गन्तव्यमा पुर्‍याउनुपर्ने बताएका... शनिबार, असोज २४, २०८३
सीजेपीको प्रदर्शन रोक्न दिल्लीमा कडा सुरक्षा, ४५ मेट्रो स्टेसन बन्द प्रदर्शनलाई ध्यानमा राख्दै दिल्ली प्रहरीले विभिन्न सीमा नाकामा सुरक्षाकर्मी परिचालन गरेको छ। अप्सरा र बदरपुरलगायतका सीमा क्षेत्रमा न... शनिबार, असोज २४, २०८३
प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता भेटका क्रममा कार्यवाहक राजदूत बोल्डिनले विपद्का कारण बेपत्ता भएका अमेरिकी नागरिक तथा अन्य पीडितको खोजी, उद्धार र पहिचानमा नेपाल प्रह... शनिबार, असोज २४, २०८३
ताजा समाचारसबै
पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध शनिबार, असोज २४, २०८३
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान शनिबार, असोज २४, २०८३
गगनलाई विश्वप्रकाशको शुभकामना : ‘यात्राको सुरुवात हो, लक्ष्य प्राप्ति होइन’ शनिबार, असोज २४, २०८३
१४ लाखभन्दा बढीका सामान र इ–लोडर बरामद शनिबार, असोज २४, २०८३
सीजेपीको प्रदर्शन रोक्न दिल्लीमा कडा सुरक्षा, ४५ मेट्रो स्टेसन बन्द शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्