• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस ९, २०८२ Wed, Dec 24, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेकपाका क्रान्तिकारी ‘कमरेड’लाई यथार्थमा ओर्लन अध्यक्ष ओलीको निर्देशन

नाम कम्युनिस्ट भए पनि लोकतन्त्रको कसीमा कमजोर नभएको दाबी
64x64
डिबी खड्का बुधबार, माघ १५, २०७६  १६:१५
1140x725

राष्ट्रिय सभागृहमा बुधबारदेखि शुरु भएको नेकपा केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली बैठकलाई सम्बोधन गर्दै। साथमा नेकपाका अर्का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिर : प्रदीपराज वन्त/रासस


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका ‘क्रान्तिकारी’हरूलाई यथार्थमा ओर्लन निर्देशन दिएका छन्। क्रान्तिकारी कुरा गर्न मन लाग्नेले कति व्यवहारिक छन् भन्ने हेक्का राख्न उनले भनेका छन्। नेकपा केन्द्रीय कमटीको बैठकमा पार्टीको नाम ‘कम्युनिस्ट’ भएपनि आचरण लोकतान्त्रिक भएकाले त्यो अनुसार व्यवहार गर्न अन्तर्राष्ट्रिय शक्ति र आफ्नै नेता तथा कार्यकतालाई आग्रह गरेका छन्। 

उनले विगतसँग टाँसिएर होइन, अहिलेका यथार्थसँग जोडिएर भविष्यको विश्लेषण गर्नुपर्ने बताए। पार्टीका क्रान्तिकारीतर्फ लक्ष्य गर्दै उनले भने, ‘भावनामा बगेर क्रान्ति हुँदैन, उपलब्धि हुँदैन। यथार्थमा गएर परिस्थितिअनुसार अघि बढेर मात्रै सफलता प्राप्त गर्न सक्छौं।’

उनले कतिपय अवस्थामा आकर्षक कुरा भएर मात्रै नभई त्यसबाट कसरी गन्तव्यमा पुग्ने भन्ने विषयको समेत ख्याल गर्नुपर्ने बताए। कम्युनिस्ट पार्टीहरूले बाँड्ने साम्यवाद जस्ता विषयलाई लक्ष्य गरेर उनले थपे, ‘म कमरेडलाई आग्रह गर्न चाहन्छु । हामीले कतिपय अवस्थामा आकर्षक कुरा भएर मात्रै होइन, त्यसबाट गन्तव्यमा कसरी पुग्न सकिन्छ? भन्ने पनि बुझ्नुपर्छ। कहिलेकाहिँ हामीलाई क्रान्तिकारी कुरा गर्न मन लाग्छ, तर ती कति व्यवहारिक हुन्छन्?’

जनतामा पूरा नहुने सपना होइन, यथाथ कुरा  गर्न उनले सुझाएका छन्। आजको यथार्थलाई महसुस गरेर अहिलेको क्रान्तिलाई बुझेर अघि बढ्नुपर्ने बताउँदै उनले त्यो अनुसारका नीतिहरू निर्माण गर्ने र ती नितीलाई बोक्ने अभिव्यक्ति मात्रै दिनुपर्ने बताए । उनले भने, ‘आजको यथार्थअनुसार नीति निर्माण गर्ने, तीन नीतिलाई बोक्ने अभिव्यक्ति दिने गर्नुपर्छ। जसले जनतालाई भ्रमित र त्रसित नबनाओस्।’ जनतालाई भ्रमित र त्रसित नबनाइ सचेत र स्पष्ट पारेर ढुक्कको स्थिति बनाउन उनले निर्देशन दिए । 

पार्टीको नाम कम्युनिस्ट भएका कारण कतिमा वैचारिक पूर्वाग्रह हुन सक्ने बताउँदै काम तथा व्यवहारमा कुनै लोकतान्त्रिक शक्तिभन्दा कमजोर नभएको उनको दाबी थियो। लोकतान्त्रिक मूल्य र मान्यताबाट अघि बढ्दै गर्दा कहिलेकाहीँ ‘आइडोलोजिकल’ पूर्वाग्रहको चपेटामा पर्ने सकिने उल्लेख गर्दै उनले भने, ‘त्यसबाट हच्किने होइन, व्यवहारद्वारा पराजित गर्नुपर्छ। हामी असफल हुने बाटो होइन, सफल हुने बाटोबाट अघि बढ्नुपर्छ।’ वैचारिक स्पष्टता विना गन्तव्यमा पुग्न नसकिने बताउँदै त्यसका लागि अध्ययन गर्न सुझाएका छन्। विगतसँग टाँसिएर नभई आँखा खोलेर चल्न नेताकार्यकर्तालाई निर्देशन दिएका छन्।

पार्टीको नाम कम्युनिस्ट भएका कारण देशभित्र र विदेशीहरूमा वैचारिक पूर्वाग्रह हुन सक्ने बताए। तर, आफू कम्युनिस्ट पार्टीका वैचारिक आग्रह/पूर्वाग्रहबाट माथि उठेर आधुनिक समाजका व्यवहारिक मान्यताबाटै अघि बढिरहेको बताए। उनले भने, ‘एक्काइसौं शताब्दीमा मानव जातिले वैचारिक, व्यवहारिक र दार्शनिक क्षेत्रमा प्राप्त गरेका उपलब्धि, मूल्य र मान्यताहरूको दाँजोमा हामी रहेको दाबी प्रस्तुत गर्न चाहन्छु।’ 

उनले संयुक्त राष्ट्र संघले पहिल्याएका उच्च मापदण्ड, बडापत्र वा अरु अन्तर्राष्ट्रिय जगतले निकालेका अत्याधुनिक  र उच्चतम राजनीतिक प्रणाली  र सामाजिक सम्बन्ध अपनाइएको बताए। उनले अन्तर्राष्ट्रिय समुदायले पहिल्याएको सही बाटो र त्यसबाट अघि बढ्दा ठिक हुने भनेर निकालेका निष्कर्षमा आफूहरू सहमत रहेको बनाउँदै भने, ‘यो बाटो सही हो। यी लक्ष्यका साथ अघि बढ्दा ठिक हुन्छ भन्ने कुरामा सहमत भएर अघि बढिरहेका छौं। त्यस मापदण्डमा प्रतिष्पर्धा गर्न चाहन्छौं। त्यस कसीमा अघि बढ्न चाहन्छौं।’ 

Ncell 2
Ncell 2

लोकतन्त्र र लोकतान्त्रिक प्रणाली, प्रतिस्पर्धात्मक बहुदलीय प्रणाली र त्यसका अन्तर्गतका कुराहरूमा निष्ठाका साथ उभिएको बताए। उनले भने, ‘मानवअधिकारको प्रश्न, स्वतन्त्रताको हकको प्रश्न र परिवर्तनका लागि शान्तिपूर्ण बाटोको प्रश्न, यी तात्कालिक कार्यनीतिका रुपमा प्रयोग गरिएका होइनन्। यी  हाम्रो आदर्शका रुपमा र अनुभवका निष्कर्षका रुपमा अंगीकार गरिएका हुन्।’

शान्तिपूर्ण ढंगले अघि समाज परिवर्तन हुन सक्छ भन्ने मान्यतामा रहेको उनको दाबी थियो। नेपालका सन्दर्भमा कम्युनिस्ट पार्टीले मात्रै हतियार नउठाएको तर्क पेस गर्दै उदाहरण दिए, ‘नेपालको राजनीतिमा विभिन्नले विभिन्न समय हतियार उठाए। पछि निष्कर्षमा ती शान्तिपूर्ण बाटोमा आइपुगेका छन्। नेपाली कांग्रेसले २००७, २०२८०२९ र २०३१ सालमा हतियार उठायो। नेकपाले पनि विभिन्न समयमा उठयो। अरु विभिन्न समूहले पनि उठाए। त्यसका सान्दर्भिकता र अरु पक्षको बहस गर्न सकिएला। कति आवश्यक र अनावश्यक बहस गर्न सकिएला।’

अहिले नेकपाले अन्तर्राष्ट्रिय मापदण्डअनुसारका मूल्य र मान्यताहरू अंगीकार गरेको बताए। उनले नेकपाको राजनीतिक प्रणालीमा लोकतान्त्रिक विशेषताहरू रहेको बताए। जुन विशेषतालाई नेकपाले जनताको जनवाद भनेर नामाकरण गरेको उल्लेख गरे। 

कम्युनिस्ट सरकार भएकाले अधिनायकवादको आशंका गर्नेलाई समेत उनले उत्तर दिए। बहुदलीय राजनीतिक प्रणाली, स्वतन्त्र न्यायालय, आवधिक निर्वाचन, जनतामा निहित सार्वभौम सत्ताका विषयमा आफू इमान्दार रहेको बताए। यसैगरी शक्ति पृथकीकरणका सिद्धान्तलाई अपनाएको मात्रै होइन, कार्यकारी अधिकार पनि शक्ति विभाजन र विकेन्द्रित गरिएको बताए। जुनकुरा पारदर्शी ढंगले बढाएको उल्लेख गरे।

प्रेस स्वतन्त्रता र स्वतन्त्रताको हकका बारेमा कुरा उठ्नु निरर्थक रहेको उनले स्पष्ट पारे। उनले भने, ‘यसका लागि हामी लडेका छौं। मानवअधिकारको प्रश्नलाई गम्भीरताका साथ अपनाएका छौं। पूर्ण लोकतन्त्रका रुपमा अघि बढाएका छौं । सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक अधिकार, समानता सहितको समृद्धिको पक्षपोषण गरेका छौ।’

लोकतन्त्रलाई छोटो समयमै अघि बढाएको कुरामा विश्व खुसी हुनुपर्ने उनको धारणा छ। आफ्नो पार्टीको सरकार विकास, समृद्धि र सुशासनको बाटोमा रहेको समेत बताए। 
 

प्रकाशित मिति: बुधबार, माघ १५, २०७६  १६:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
चुनाव सम्पन्न गर्न वातावरण बनाउन सरकार र तीन दलबीच समझदारी राष्ट्रपति भवन शीतल निवासमा मंगलबार अपराह्न प्रधानमन्त्री सुशीला कार्कीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्म... मंगलबार, पुस ८, २०८२
प्रधानमन्त्री निस्किएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्ड पुनः छुट्टै छलफलमा अहिले राष्ट्रपति पौडेल, काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक... मंगलबार, पुस ८, २०८२
महाधिवेशन केही समय पर धकेलिन सक्ने डा. शेखर कोइरालाको संकेत उनले काँग्रेसको अधिवेशनबारे सबैमा चासो देखिएको भन्दै महाधिवेशन कुनै नौलो कुरा नभएको बताए । मंगलबार, पुस ८, २०८२
ताजा समाचारसबै
चुनाव सम्पन्न गर्न वातावरण बनाउन सरकार र तीन दलबीच समझदारी मंगलबार, पुस ८, २०८२
प्रधानमन्त्री निस्किएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्ड पुनः छुट्टै छलफलमा मंगलबार, पुस ८, २०८२
महाधिवेशन केही समय पर धकेलिन सक्ने डा. शेखर कोइरालाको संकेत मंगलबार, पुस ८, २०८२
सामान्य अंकले बढ्यो नेप्से मंगलबार, पुस ८, २०८२
सद्‌भावना पार्टीका नेता बद्री मण्डलको निधन मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला सोमबार, पुस ७, २०८२
रवि र बालेनबीच ६ घण्टा लामो छलफलमा के के भयो? मंगलबार, पुस ८, २०८२
जाँचबुझ आयोगले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलायो मंगलबार, पुस ८, २०८२
प्रधानमन्त्री निस्किएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्ड पुनः छुट्टै छलफलमा मंगलबार, पुस ८, २०८२
सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
एमालेको केन्द्रीय पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म कसले कति भोट ल्याएर जिते ? (सूचीसहित) बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्