काठमाडौं- आउँदो चैत १ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) टी ट्वान्टी क्रिकेटमा टिमहरुले केही नयाँ खेलाडी भित्र्याउनेसँगै पुराना केही खेलाडी ‘रिलिज’ गरेका छन्।
गएको पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटमा राम्रो खेल देखाएका युवा खेलाडी अनिल खरेल र अनुभवी खेलाडी अमृत भट्टराईले इपिएल खेल्ने भएका छन्। यसका साथै रित गौतम, पृथु बास्कोटा, बिवेक कुमार यादव, विपिन रावल, शेर मल्ल, दिपेन्द्र रावत विभिन्न टिममा अनुबन्ध भएका छन्।
अनिललाई विराटनगर वारियर्सले १ लाख २७ हजार रुपैयाँमा अनुबन्ध गरेको छ। यस्तै विराटनगरले नै बिक्रम भुसाललाई १ लाख १७ हजार रुपैयाँमा र सौरभ खनाललाई १ लाख ७ हजार रुपैयाँमा अनुबन्ध गरेको छ। विराटनगरले पुष्प थापा, बिनोद लामा र रोबिन क्षेत्रीलाई रिलिज गरेको छ।
भैरहवा ग्लाडियटर्सले विकास अग्रीलाई ५० हजार रुपैयाँमका अनुबन्ध गरेको छ। यस्तै हिमांशु दत्तलाई ५५ हजार रुपैयाँमा अनुबन्ध गरेको छ। भैरहवाले प्रकाश केसी र भुपेन्द्र थापा क्षेत्रीलाई रिलिज गरेको छ।
काठमाडौं किंग्स इलाभेनले शेर मल्ललाई ८६ हजार रुपैयाँमा, अमृत भट्टराईलाई ५१ हजार रुपैयाँमा साथै दिपेन्द्र रावतलाई ५१ हजार रुपैयाँमा अनुबन्ध गरेको छ। काठमाडौंले सिद्धान्त लोहनी, बिक्रम कुमार भुसाल र पुरन विश्वकर्मालाई रिलिज गरेको छ।
पोखरा राइनोजले रित गौतमलाई १ लाख २० हजार, पृथु बास्कोटालाई ७५ हजार, बिवेक कुमार यादव ६० हजार र विपिन रावललाई ५० हजार रुपैयाँमा अनुबन्ध गरेको हो। पोखराले राजेश पुलामी मगर, सौरभ खनाल र शुभेन्दु पाण्डेलाई रिलिज गरेको छ।
चितवन टाइगर्सले खडक बोहरालाई ५० हजार रुपैयाँमा अनुबन्ध गरेको छ। पोखराले अनुबन्ध गरेको पृथुलाई चितवनले रिलिज गरेको हो।
ललितपुर प्याट्रियोट्सले श्रीलंकन खेलाडी उपुल थारङ्गा र भैरहवा ग्लाडियटर्सले ड्वायन स्मिथ जस्ता अन्तर्राष्ट्रिय ख्यातीप्राप्त खेलाडीसमेत ल्याइसकेको छ। इपिएलले आफ्नो आधिकारिक वेवसाइटमा हसिम अमला, मोहमद साहजाद, लियाम प्लङकेट, सेकुगे प्रसन्ना, केसरिक विलियम्स जस्ता खेलाडी पनि खेल्ने जनाएको छ।
अहिलेसम्म कुन टिममा को को छन्?
भैरहवा ग्लाडियटर्स
शरद भेषावकर, प्रदीप ऐरी, ड्वायन स्मिथ, आरिफ शेख, कृष्ण कार्की, भुवन कार्की, दिपेश श्रेष्ठ, रोहित कुमार पौडेल, हरि शंकर साह, अभिनाश बोहरा, कुशल मल्ल, विकास गिरी, हिमांशु दत्ता
विराटनगर वारियर्स
पारस खड्का, करण केसी, बसन्त रेग्मी, आसिफ शेख, अनिल कुमार साह, सुमित महर्जन, राम नरेश गिरी, हरि बहादुर चौहान, अनिल खरेल, बिक्रम कुमार भुसाल, सौरभ खनाल
चितवन टाइगर्स
सोमपाल कामी, सन्दीप सुनार, शाहब आलम, दिलीप नाथ, ललित भण्डारी, कमल सिंह ऐरी, भीम सार्की, सागर ढकाल, अदिल खान, इशान पाण्डे, खडक बोहरा
काठमाडौं किंग्स इलाभेन
दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, जितेन्द्र कुमार मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, सम्सद शेख, अमर सिंह रौटेला, सुवास खकुरेल, आकाश चन्द, अमृत भट्टराई, शेर मल्ल, दिपेन्द्र रावत
ललितपुर प्याट्रियोट्स
ज्ञानेन्द्र मल्ल, शंकर राना, उपुल थारङ्गा, ललित नारायण राजबंशी, कुशल भुर्तेल, पवन सर्राफ, सोनु तामाङ, रसिद खान, सन्दीप जोरा, नारायण जोशी, योगेन्द्र सिंह कार्की, सूर्य तामाङ
पोखरा राइनोज
बिनोद भण्डारी, सुनिल धमला, किशोर महतो, सुशन भारी, बिक्रम शोब, विपिन कार्की, नन्दन यादव, लोकेश बहादुर बम, देव शाह, ऋत गौतम, विपिन रावल, पृथु बास्कोटा, विवेक कुमार यादव।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।